Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

४९ महिनापछि तातोपानी नाका खुल्दा जब रातो कार्पेटमा कण्टेनरको स्वागत गरियो...

काठमाडौँ । पुलमा रातो कार्पेट बिच्छ्याइएको छ । पंक्तिवद्ध रुपमा नेपाली र चिनियाँ अधिकारी उपस्थित छन् । लाग्छ आज नयाँ बेहुली भित्र्याइँदैछ । नेपाली र चिनियाँ झण्डा फहराइएको छ । फूलका बुकी बोकेका नेपाली र चिनियाँ नागरिक लामवद्ध भएर बसेका छन् । यो दृश्य हो तातोपानीमा अवस्थित नेपाल र चीन जोड्ने मितेरी पुलको ।

जब ना ६ ख ४७५१ नम्बरको कन्टेनर चिनियाँ भूमि हुँदै मितेरी पुलमा ओच्छ्याइएको रातो कार्पेटमा प्रवेश ग¥यो, तब भव्यताका साथ स्वागत गरियो । नेपाली समुदायले ताली बजाए भने चिनियाँ पक्षले भने ताली बजाएर कन्टेनरलाई नेपालतर्फ अगाडि बढ्न आग्रह गरे । खासाबाट ऊन बोकेर आएको कन्टेनर नेपाल प्रवेश गरेसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलगायत नेपाली पक्ष र चिनियाँ उच्च प्रतिनिधिले नाका औपचारिक रुपमा खुला भएको घोषणा गरे ।

एउटा उत्सव जस्तो लाग्ने कार्यक्रम मितेरी पुलमा आज आयोजना गरिएको हो । उक्त महत्वपूर्ण अवसरको समाचार सङ्कलनका लागि नेपाली र चिनियाँ सञ्चारकर्मी समेत बाक्लो रुपमा नाकामा उपस्थित भएका थिए । आज गणतन्त्र दिवस जस्तो महत्वपूर्ण अवसर पारेर नाका सञ्चालनमा ल्याइएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले भव्यताका साथ नाका सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँले नाका सञ्चालनमा आएपछि त्यसले दुई देशको सम्बन्ध समेत नयाँ उचाइमा पुगेको र व्यापार व्यवसायको उन्नयनका लागि समेत महत्वपूर्ण योगदान दिने बताए ।

एक हजार ४९५ दिनपछि सञ्चालनमा आएकोे तातोपानी नाकालाई औपचारिकता दिन आयोजित समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, प्रतिनिधिसभा सदस्यद्वय अग्निप्रसाद सापकोटा, शेरबहादुर तामाङलगायत नेपाली व्यापारी व्यवसायी, अध्यागमन र भन्सार कार्यालयका प्रमुख तथा पदाधिकारी सहभागी थिए ।

पुलमा उभिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादवले भूकम्पपछि बन्द भएको नाका सञ्चालनमा ल्याउन चीनले गरेको प्रयासको मुक्तकण्ठले प्रसंशा गर्दै धन्यवाद दिए । नेपाल र चीनबीचको सम्बन्ध सयौं वर्ष पुरानो रहेको औंल्याउँदै मन्त्री यादवले सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । मन्त्री यादवले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको भन्दै नाकालाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने उल्लेख गरे ।

कार्यक्रममा चीनका भन्सार प्रशासनसम्बन्धी उपमन्त्री, तिब्बत सरकारका उच्च अधिकारीसँगै नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले तातोपानी नाका सञ्चालनमा आएसँगै दुई देशको व्यापारमा थप सहजता थपिने बताए । गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको मितेरी पुलको मङ्गलबार राति मात्रै निर्माण सम्पन्न भएको हो ।

तातोपानी नाकामा आज बिहानैदेखि ठूलो भीडभाड थियो । लामो समयपछि खुल्न लागेको नाकामा आयोजित कार्यक्रमलाई विशेष बनाउन स्थानीय भोटेकोशी गाउँपालिकाले पनि स्थानीयवासीलाई परिचालन गरेको थियो । खासाबाट ऊन ल्याउनका लागि मङ्गलबार बिहानै मात्रै चार कन्टेनर त्यसतर्फ लागेका थिए । सोमबार मात्रै दश नेपाली कामदारसमेत खासा गएका थिए ।

नाका खुलाउने अन्तिम तयारीका लागि गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालगायतको टोलीले यही शनिबार स्थलगत निरीक्षण गरेको थियो ।

नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यवसायीको समेत चहलपहल बढेको छ । वार्षिक रु २० अर्बको आयात र रु तीन अर्ब बढीको निर्यात हुने सो नाका सञ्चालनमा आउने खबरपछि स्थानीय व्यवसायीसमेत उत्साहित भएका छन् । भूइँचालोपछि खाली रहेको अध्यागमन र भन्सार कार्यालय सफासुग्घर बनाई सञ्चालनमा ल्याइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हालै गरेको चीन भ्रमणको क्रममा नाका खोल्ने विषयमा औपचारिक सहमति भएको थियो । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष गरेको चीन भ्रमणको क्रममा नाका खोल्ने विषयमा द्विपक्षीय समझदारी भएको थियो । सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य सापकोटाका अनुसार लामो प्रयास र मिहेनतपछि नाका सञ्चालमा आएको हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending