Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सिसी टिभी जडानले ९० प्रतिशत आपराधिक घटना कम

तनहुँ । तनहुँको डुम्रे बजारमा आपराधिक घटनामा कमी आएको छ । डुम्रे बजार क्षेत्र र आसपासमा सिसी टिभी जडान पश्चात आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ पर्न थालेपछि अपराध कम हुँदै गएको हो ।
सवारी साधनको अत्यधिक चाप हुने यस बजारमा चालकहरु पनि दुर्घटना पछि भाग्न सकेका छैनन् । डुम्रेमा यस्ता घटना न्यून मात्रै भएको छैन धेरै जसो दोषी प्रहरीको फन्दामा परेका छन् ।

आपराधिक घटनामा कमि आउने तथा दोषीको उम्कने प्रयास विफल हुन थाले पछि डुम्रे बजारवासीमा खुशी छाएको छ । करिब तीन महिना अघि तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाई र इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेको सक्रियतामा बजार क्यामेराको निगरानी राखिएको हो ।

सिसी टिभी फुटेजको आधारमा फागुन १९ गते पिक्तललाई सुन भनेर तनहुँको सदरमुकाम दमौली र गण्डकी प्रदेशको राजधानी पोखरामा ठग्ने एक जना महिलालाई प्रहरीले पक्रन सफल भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रमुखप्रहरी निरीक्षक निरज डाँगीले बताए ।

डुम्रे बजारबाट शङ्कास्पद महिलाको फुटेज पोखरा पठायौं त्यसकै आधारमा पोखरामा प्रहरीले महिलालाई नियन्त्रणमा लिन सफल भयो’ प्रहरी निरीक्षक डाँगीले भने–क्यामेरा राखेपछि चोरी, डकैती लागु औषध जस्ता आपराधिक घटना ९० प्रतिशत कम भएको छ ।

चैत्र ९ गते आँबुखैरेनी गाउँपालिका–२ बराँदीमा यात्रुवसबाट ल्यापटप चोरी गरी भाग्ने एक जना पुरुषलाई पनि क्यामेराकै आधारमा पक्रन सफल भएको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए ।
डाँगीका अनुसार विभिन्न दुर्घटनाको तीन जना चालकले क्यामेराको प्रमाण पेस गरेपछि दोष स्वीकार गरेका छन् । क्यामेराको निगरानीमा छ भन्ने कुरा चाल पाएकोले दुर्घटना पछि एक जना चालक पनि नभागेको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ ।

चोरी लगायतका घटनामा पनि धेरै कमी आएकोले व्यापारीले सुरक्षित महशुस गरी खुशी भएको तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाईका अध्यक्ष नेक महम्मद मियाले बताए।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending