ललितपुर । चक्रपथ सरसफाई तथा सुन्दरता अभियान २०७५ माघ १२ गते बल्खु चोकबाट सुरु भएको कार्यक्रम २०७६ जेष्ठ ११ गते पहिलो चरणको १८ औ हप्तामा ललितपुर महानगरपालिका स्थित बालकुमारी पुलमा पुगेर समापन भएको छ।
ललितपुर-३ का प्रतिनिधिसभा सांसद माननीय पम्फा भुषालको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी श्री प्रेम राज जोशी र प्रदेश सभा सासद माननीय राजकाजी महर्जन, प्रतिनिधि सभा सांसद कृष्णलाल महर्जन, राष्ट्रिय सरसफाई अभियन्ता धिरेन्द्र शाह, ग्रामीण विकास अभियानका अध्यक्ष एकराज भुजेल, फोहरमैला व्यवस्थापन संघ नेपाल (स्वमान) का नवनिर्वाचित अध्यक्ष श्री धन प्रसाद आचार्य (ध्रुव) लगायत सम्पूर्ण टिम, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न संघ संस्थाको उल्लेखिय रुपमा जनसभागिता रहेको थियो ।
चक्रपथ सरसफाई तथा सुन्दरता अभियानको पहिलो चरणको अभियानको समापनको क्रममा “सरसफाई अभियानमा सबै स्थानीयबासी लागेको खण्डमा मात्र चक्रपथ सफा हुने, अहिले सडकमा केही अभियन्ता र सेना, प्रहरी मात्र उपस्थित भएका छन् एकाध व्यक्ति सडकमा आउँदैमा सफा नहुने भएकाले सबै स्थानीय बासीको उपस्थितिको खाचो रहेको छ, सबैलाई चेतना फैलाउनु पर्छ” भन्ने कुरा प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले राखे ।त्यसैगरी यो अभियानमा १८ औं हप्तामा आइपुग्न सफल भएकोमा सबैप्रति आभार प्रकट गर्दै एक हातले तालि नबज्ने भन्दै यस्ता किसिमका अभियानमा सबैको साथ सहयोगको खाचो रहेको, हामी अघि अघि सफा गर्दै जाने पछि फोहर पार्दै आउने हो भने कहिल्यै पनि सफा हुन सक्दैन त्यसैले ती व्यक्तिहरुलाई समेत सामेल गराउनु पर्छ भन्ने प्रतिनिधि सभा सांसद कृष्णलाल महर्जनले बताए ।
कार्यक्रमलाई अझै प्रभावकारी बनाउन विभिन्न क्षेत्रसँग समन्वयका लागि निरन्तर लागि रहने तथा नाम परिवर्तन ललितपुर चक्रपथ र ललितपुरको मुख्य सडक सरसफाईको लागि ललितपुरका विभिन्न सडक सफाई अभियानको दोस्रो चरणको प्रारम्भ गर्ने तर सुन्दरता अभियानलाई पनि निरन्तरता दिने साथै वृक्षारोपण गरी ललितपुर चक्रपथलाई हराबरा बनाउन सधै तल्लिन रहने कुरा कार्यक्रमका संयोजक लक्ष्मी प्रसाद गेलाल अभियानका सदस्य सचिव श्याम राउत अभियानका फोकल पर्सन लक्ष्मी प्रसाद घिमिरे र अभियानकै कान्छा अभियान्ता एकराज आचार्यले प्रतिवद्धता सहित ललितपुर चक्रपथ सरसफाई तथा सुन्दरता अभियानको १८ औं हप्ताको विशेष सफाई कार्यक्रममा प्रगति प्रतिवेदन समेत पेश गरेका थिए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: