तपाईको कुण्डलीमा कालसर्प योग छ या छैन भन्ने थाहा कुण्डलीमा ग्रहको स्थिति हेरेर पत्ता लाग्दछ तर कहिँलेकाँही जन्म, समय र तिथीको सही ज्ञान नभएर कुण्डली गलत हुन सक्छ यस्तो अवस्थामा कालसर्प योग छ या छैन भन्ने थाहा पाउँनको लागि केही विशेष लक्षणबाट पत्ता लगाउन सकिन्छ ।
कालसर्पको लक्षण
कालसर्प योगबाट पीडित व्यक्तिको सपनामा मृत्यु भएका मानिसहरु देख्ने गर्दछन् र प्रायस् सपनामा देखिने व्यक्तिहरु आफ्नै परिवारका हुने गर्दछन् । यस योगबाट प्रभावित व्यक्तिको सपनामा आफ्नो घरको छायाँ देखिने र व्यक्तिलाई कसैले उसको शरिर र घाटीमा थिचिरहेको जस्तो आभाष हुन्छ त्यस्तै सपनामा नदी, ताल, पोखरी, समुन्द्र आदि देखिनु पनि कालसर्पको लक्षण हुन ।
ज्योतिषशास्त्रका अनुसार कालसर्पको योगबाट प्रभावित व्यक्ति समाज एवं परिवार प्रति समर्पित हुन्छन् तर आफ्नो निजी इच्छा प्रकट नगर्ने र आफ्नो सुखको पनि मतलव गर्दैनन् । उनीहरुको जीवन संघर्षले भरिपुर्ण हुने गर्दछ । विरामी भएको र अप्ठ्यारो परेको अवस्थामा एक्लोपन महशुस हुने र जीवन बेकार लाग्ने पनि कालसर्प योगको लक्षण हो ।
यदि तपाईको जीवनमा यस्तो अवस्था आएमा कालसर्पयोगबाट पीडित भएको हुनसक्छ । यस योगको पीडालाई कम गर्नको लागि यी उपाय गर्न सकिन्छ:
कालसर्प योगको कारण
कर्म र फलको कुरा सबै शास्त्र र धर्ममा बताइएको पाईन्छ । हामी जस्तो कर्म गर्दछौ त्यसै अनुरुपको फल मिल्ने गर्दछ । कालसर्प योगको पछाडी पनि यही मान्यता र धारणा छ ।
कालसर्प योग यस्तो व्यक्तिको कुण्डलीमा बन्दछ जसले पूर्व जन्ममा सर्प मारेको या कुनै असाहय जीवलाई धेरै पिडा दिएर त्यसको मृत्यु भएको हुन्छ ।
यस बाहेक यो पनि मानिन्छ कि जव व्यक्तिको प्रवल इच्छा अधुरो रहन्छ र आफ्नो इच्छालाई पुरा गर्नको लागी पुनर्जन्म लिन्छ भने त्यस्तो व्यक्तिको पनि कालसर्प योगको सामना गर्नु पर्दछ ।
कालसर्प योग शान्ति
कालसर्प योगको अनिष्टकारी प्रभावबाट बच्नको लागि शास्त्रमा बताईएको उपाय अनुसार प्रतिदिन पंचाक्षरी मन्त्र “ॐ नम शिवाय ” अथवा महामृत्युञ्जय मन्त्र १०८ जप गर्नु पर्दछ ।
कालो अकिकको मालाले राहु ग्रहको बीज मन्त्र १०८ पटक जप गर्नु पर्दछ, शनिवारको दिन पिपललाई पानी चढाउनु पर्दछ, नागपञ्चमीको दिन व्रत राखी नागदेवको पुजा गर्नु पर्दछ, मयूर पंखधारी भगवान कृष्णको पुजा गर्नु पर्दछ, शनिवार या पञ्चमी तिथीको दिन ११ नरिवल बगेको पानीमा प्रवाहित गर्नु पर्दछ ।
धातुबाट बनेको १०८ नागरनागीनको जोडी बगेको पानीमा प्रवाहित गर्नुपर्दछ र सोमवारको दिन विद्वान पंण्डीतबाट रुद्राभिषेक गर्नु पर्दछ, कालसर्प गायत्री मन्त्रको जप गर्नु पर्दछ यि उपाय गर्नाले कालसर्प योगको अनिष्टकारी प्रभावमा कमी हुनेछ र यसको कारणबाट भविष्यमा आउने अवरोधको सामना गर्नु पर्दैन ।
कालसर्पको योगमा परेका व्यक्तिहरु सर्पदेखि डराउने हुन्छन् । उनीहरुलाई सर्पले डस्ने (टोक्ने) डर लाग्दछ। सपनामा शरिरमा सर्पले बेरिएको या सर्पको सपना आउनु पनि यस योगको लक्षण हुन । उचाईमा जाँदा डर लाग्ने, मनमा अशान्ति हुने, सुनसान स्थानमा जाँदा डर लाग्ने हुन्छ । अर्काइभबाट
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: