Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

सञ्चारमन्त्री बास्कोटाले हस्तक्षेप गरेपछि एकताप्रक्रिया अन्यौलमा

काठमाडौं । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले हस्तक्षेप गरेपछि काभ्रेमा नेकपाको एकता प्रक्रिया अन्यौलमा परेको छ । काभ्रेमा एकता प्रक्रिया हुँदै गर्दा तत्कालिन एमालेले पाएको संख्या र जिल्ला नेतृत्वमा बास्कोटाले चित्त नबुझाएपछि प्रक्रिया नै अन्यौलमा परेको हो । बास्कोटाको गृहजिल्लासमेत रहेकाे काभ्रेमा एकता गर्दा आफुँ निकटका थोरै रहेको पाएपछि बास्कोटाले प्रक्रियालाई टुंग्याउन नदिएका हुन् ।

काभ्रेमा बन्ने १ सय ४५ सदस्यीय जिल्ला कमिटीमा तत्कालीन एमालेका ७८ र माओवादीका ६७ जना रहने छन्। पार्टी सचिवालयले जिल्ला अध्यक्ष तत्कालीन माओवादीका रुकु चौलागाई र सचिवमा टोकबहादुर वाइबा चयन गरेको थियो। वाइबा वरिष्ठ नेता माधव नेपाल पक्षका हुन्।

आफ्नो पक्षका नेताको उपस्थिति न्यून हुने देखिएपछि मन्त्री बाँस्कोटाले असन्तुष्टि जनाउँदै एकता नटुंग्याउन प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई टेलिफोन गरेका थिए। आइतबार नै उनले सिद्धार्थ कटेजमा आफूनिकट जिल्ला नेताको गुट बैठक राखी प्रदेश बैठक बहिष्कार गर्ने र एकता टुंगो लगाउन नदिने निर्णय लिएको थियो। बाँस्कोटा नेकपाका केन्द्रीय सदस्य पनि हुन्। उनी ओलीनिकट नेता हुन्।

उनको नेतृत्वमा काभ्रे १ का सांसद गंगाबहादुर दोङ, चौरी देउराली गाउँपालिका अध्यक्ष दिनानाथ गौतमलगायत एक दर्जनभन्दा बढी नेता सिद्धार्थ कटेजमा जम्मा भएका थिए।


यसैबीच, नेकपाले प्रदेश नं. ३ का १० वटा जिल्लामा एकता प्रक्रिया टुंग्याएको छ । काभ्रे, चितवन र ललितपूरमा भने आन्तरिक विवादका कारण एकता प्रक्रिया अन्यौलमा परेको छ । चितवन र ललितपुरमा तत्कालीन माओवादीतर्फको विवाद कायमै छ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies