काठमाडौं । बिहीवार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरे । शर्माले बडो गर्वका साथ नेपाली कांग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ राष्ट्रव्यापी रुपमा प्रारम्भ भएको बताए ।
उनले यसो बताइरहँदा उपस्थित पत्रकारहरू भने मुसुमुसु हाँसिरहेका थिए । किनभने जागरण अभियान उद्घाटनकै दिन सिन्धुपाल्चोकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच सिन्धुपाल्चोकको कार्यक्रमस्थलमै कुटाकुट भएको समाचार पनि तिनै पत्रकारले लेखेका थिए ।
कुटाकुटबाट केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भए । पार्टीभित्र आन्तरिक बेमेल तीव्र रहेको बेला शुरू गरिएको जागरण अभियानको उद्घाटन नै कुटपीटबाट भएपछि ‘कमजोर’ कांग्रेसले आफूलाई बलियो देखाउन ओढेको जागरणको ‘घुम्टो’ उध्रिएको छ ।
‘पत्रकार सम्मेलनमैत्री’ कांग्रेस प्रवक्ता
कांग्रेसका प्रवक्ता शर्मालाई पत्रकार सम्मेलन गर्ने रहर तीव्र छ । सामान्य भन्दा सामान्य कुराका लागि पनि उनले पत्रकारहरूको फोनमा म्यासेज गर्छन् । ‘पत्रकार सम्मेलनमा निम्तो, अपरान्ह ठीक ३र३स्१५र३स्३० केन्द्रीय कार्यालय सानेपामा, जय नेपाल,’ यो शर्माले पत्रकारहरूलाई पठाउने सन्देशको नमूना हो । पत्रकारहरूको फोनमा हरेक दिनजसो यही समाचार आउँछन्, शर्माको नम्बरबाट ।
बिहीवारको पत्रकार सम्मेलन सकिएपछि एक पत्रकार भन्दै थिए, ‘काम साम केही गर्ने होइन, जतिबेला पनि पत्रकार सम्मेलन १ हैन यिनले पत्रकारलाई आफ्नो जागिरे नै मान्छन् क्या हो रु’ ३ बजे गरिने पत्रकार सम्मेलनको निम्तो डेढरदुई बजे गर्ने शर्माको पुरानो आदत हो ।
शर्माको हरेक पटकको पत्रकार सम्मेलन सरकारविरुद्ध लक्षित हुने गर्दछ । उनले कांग्रेस आन्तरिक रूपमा कमजोर रहेको, पार्टीभित्र ठूलो विवाद रहेको जस्ता कुराहरू चलाखीपूर्वक लुकाउने गर्दछन् । केही साता अघि पार्टी कार्यालयको ढोकामै आमरण अनसन बसेका कास्की कांग्रेसका स्थानीय नेताका बारेमा शर्मा केही बोल्न चाहेनन् । उनी नेतृत्वको विरुद्धमा अनसन बसेका थिए । सम्भवतः शर्माले पटक पटक पत्रकार सम्मेलन गरेर गिरेको कांग्रेसको ‘नूर’ माथि उठाउन खोजेका होलान् ।
तर राजनीतिमा पार्टीको आन्तरिक एकता सुदृढ भएको हुनुपर्छ र नेता कार्यकर्तालाई पार्टीले गरेको राजनीतिको उद्देश्य स्पष्ट पार्नुपर्छ । दुईतिहाइ मतका साथ सत्तासीन रहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सरकार जनताकाबीचमा त्यति प्रभावकारी रूपमा प्रस्तुत हुन नसकिरहेको बेलामा जनताले स्वतः प्रतिपक्षीको भूमिकाको अपेक्षा गर्ने गर्दछ । तर जनतालाई निर्देश गर्नुपर्ने कांग्रेस आफै कुहिरोको काग बनिरहेको छ ।
लोकतान्त्रिक पार्टीको अलोकतान्त्रिक चरित्र
तयारी र आन्तरिक एकताबिना शुरू गरिएको जागरण अभियान प्रत्युत्पादक हुन सक्ने कांग्रेसकै कतिपय नेताहरूले टिप्पणी गरेका छन् । केन्द्रीय समिति सदस्य चन्द्र भण्डारीले यो जागरण अभियान बिना कुनै तयारी शुरू गरिएकाले अपेक्षा गरेअनुरुप प्रतिफल नपाइने बताए ।
‘पार्टीभित्र आन्तरिक एकता नभएको अवस्थामा कांग्रेसले चलाउने भनिएको यो अभियान पार्टीकै लागि प्रत्युत्पादक हुन सक्छ,’ भण्डारीले भने, ‘जिल्ला जिल्ला जानुपर्यो, गाउँ गाउँ जानुपर्यो । पार्टीका कार्यकर्ताहरूलाई अहिलेको नेतृत्व मन परिरहेको छैन । यस्तो अवस्थामा कसले साथ र सहयोग गर्ने ?’
तर लामो कसरतपछि बनेको कांग्रेसको अनुशासन समितिले जागरण अभियानभरि कार्यकर्ताहरूलाई नेतृत्वको आलोचना गर्न बन्देज लगाएको छ । अब कांग्रेसका कार्यकर्ताहरूले नेतृत्वको आलोचना गर्न पाउनेछैनन् । अनुशासन समितिले अभियानका क्रममा पार्टी हित विपरित काम कारवाही एवं अभिव्यक्ति दिएमा अनुशासनको कारबाही गर्ने जनाएको छ । अनुगमन गर्ने जिम्मा नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघलाई दिइएको छ ।
बैठकपछि अनुशासन समितिका सभापति भीष्मराज आङदाम्बेले भने, ‘जागरण अभियान पार्टीलाई मजबुत बनाउन हो । त्यसमा फेरि आरोप प्रत्यारोपको अवस्था देखा नपरोस् भनेर यो निर्णय गरिएको हो ।’ यसले नेपालको सबभन्दा ठूलो लोकतान्त्रिक पार्टी भनेर दाबी गर्ने कांग्रेसको आन्तरिक लोकतन्त्र कति रहेछ भन्ने प्रष्ट हुन्छ ।
असन्तुष्ट जिल्ला सभापतिहरू
महासमिति बैठकले गरेको निर्णय केन्द्रीय समितिले उल्ट्याएको आरोप लगाउँदै कांग्रेसका बहुमत जिल्ला सभापतिहरू नेतृत्वसँग रुष्ट छन् । ५५ जिल्ला सभापतिहरूले नेतृत्व नसच्चिए विशेष महाधिवेशन बोलाएर बढार्ने चेतावनी दिइरहेका छन् । यस्तो अवस्थामा कांग्रेसले जिल्लामा कसरी अभियान संचालन गर्ला ?
गत पुसमा भएको महासमिति बैठकमा केन्द्रीय सदस्य तल्लो निकायबाट निर्वाचित भएरमात्र महाधिवेशन प्रतिनिधि हुन पाउने र समानुपातिक सुविधा लिएका पार्टीका पदाधिकारीहरूले एकपटक मात्र त्यस्तो सुविधा लिन पाउने व्यवस्था विधानमा राख्न सहमति भएको थियो । त्यसको विपरित चैत्रमा कांग्रेस केन्द्रीय समितिको बहुमतले महासमिति बैठकमा भएका सहमतिहरू उल्ट्यायो ।
‘अहिलेको नेतृत्वले पार्टीलाई दिशाहीन बनाएको छ,’ नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले भने, ‘महाधिवेशन पछिको दोस्रो ठूलो मंच हो महासमिति बैठक । महासमिति बैठकले गरेको निर्णय पार्टीको केन्द्रीय समितिले उल्ट्याउन सक्दैन । तर केन्द्रीय समितिले पार्टीलाई कमजोर हुने गरेर निर्णय गर्यो । हामी त्यसको विरुद्ध निरन्तर खबरदारी गरिरहेका छौं ।’
अहिलेको जागरण अभियानमा जिल्ला जिल्लामा आएका केन्द्रीय तहका नेताहरूलाई आफ्ना कुरा राखेर पठाउने केसीको भनाइ थियो । अझै पनि नेतृत्वले आफ्ना कुराहरू नसुने विशेष महाधिवेशन बोलाएर नेतृत्व बढार्ने केसीले चेतावनी दिए ।
अभियानका कार्यक्रमहरू केके छन् ?
सबै जिल्ला, क्षेत्र, गाउँरनगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ । तीन चरणमा हुने अभियानको प्रथम चरण यही वैशाख २५ गते प्रारम्भ भई आगामी जेठ २५ गते समापन हुनेछ ।
दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती)का दिन प्रारम्भ भई असोज ७ गते समापन हुनेछ भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भइ पुस १६ गते (मेलमिलाप दिवस) समापन हुने उनले बताए । कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुने कार्यक्रम तालिका रहेको बताए ।
अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्नेलगायत उद्देश्य राखेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले अभियानलाई अनुशासित र व्यवस्थित बनाउन ‘डेमोक्र्याटिक लयर्स एशोसियसन’ को राष्ट्रव्यापी संरचनालाई पर्यवेक्षण अभिभारा सुम्पिइएको काङ्ग्रेसले जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: