Khabar Dabali २५ फाल्गुन २०८२ सोमबार | 9th March, 2026 Mon
Investment bank

नयाँ चिनियाँ राजदूत फागुनको पहिलो हप्ता नेपाल आउँदै

खबरडबली संवाददाता

काठमाडौँ। चीन सरकारले नेपालका लागि नयाँ चिनियाँ राजदूतको रूपमा चाङ माओमिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। चीनको विदेश मन्त्रालयको एसियाली मामिला विभागमा उप–महानिर्देशक पदमा कार्यरत चाङ फागुनको पहिलो हप्तातिर नेपाल आइपुग्ने तयारीमा छन्।

परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार चीनले चाङको नियुक्तिका लागि नेपाल सरकारसँग बुझाएको एग्रिमो स्वीकृत भइसकेको छ। हालको चुनावी अवस्था र भूराजनीतिक परिवर्तक परिस्थितिका कारण उनी चाँडै नेपाल आउने तयारीमा रहेका स्रोतले जनाएका छन्।

तीन वर्षको कार्यकाल पूरा गरी चिनियाँ राजदूत चेन सोङ चीन फर्किसकेपछि चाङको नियुक्ति भएको हो। नयाँ राजदूत चाङलाई नेपाल मामिलामा पर्याप्त अनुभव रहेको बताइएको छ। उनी विभिन्न समयमा नेपाल भ्रमण गरिसकेका छन् र नेपाली उच्चस्तरीय भेटघाटमा पटक–पटक संलग्न भइसकेका छन्।

हालै, तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिन्पोछेको नेपाल आगमनले पनि नेपाली राजनीतिमा व्यापक चर्चा पाएको थियो। चीनले त्यस घटनाप्रति सरकारसमक्ष असन्तुष्टि जनाएको कुरा बाहिर आएको थियो। यस्तो अवस्थामा नयाँ राजदूत चाङलाई छिट्टै नेपाल पठाइएको बताइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौँ। देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठम...

रामेछापमा रास्वपाका कृष्णहरि बुढाथोकी विजयी, एमालेका ढुंगेल ७ हजार १९९ मतान्तरले पराजित

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रामेछाप निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णहरि बुढाथोकी विजयी...

मध्यपूर्व युद्ध: तनाव र आक्रमण बढ्दै

पेरिस। मध्यपूर्वमा जारी युद्ध दोस्रो सातामा प्रवेश गर्दा आक्रमण, विस्फोट र प्रतिकारात्मक कारबाही तीव्र हुँदै गएका छन् । इरान, इजरायल र खाडी क्षेत्रका ...

झापामा ९० मध्ये ७८ जना उम्मेदवारको जमानत जफत

दमक। झापामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार ...

शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका राई निर्वाचित

भोजपुर। भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित हुनुभएको छ। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का शेरधन राई...

सिन्धुपाल्चोक-२ मा नेकपाका युवराज दुलाल विजयी

सिन्धुपाल्चोक। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाल कम्युनिस्ट पार्टीका युवराज दुलाल निर्वाचित भएको छन्।...

एमाले उपमहासचिव भट्टको लगातार दोस्रो हार

धनगढी। नेकपा (एमाले) का उपमहासचिव एवम् पूर्वमन्त्री लेखराज भट्ट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा लगातार दोस्रो पटक पराजित भएको छन्।  गृह नगरसमेत रह...

महोत्तरी–२ मा रास्वपाका झा निर्वाचित, शरदसिंह भण्डारी भारी मतान्तरले पराजित

बर्दीबास। महोत्तरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपककुमार साहले 'ह्याभी वेट' नेता शरदसिंह भण्डारीलाई भारी मतान्तरल...

अझै तीन दिन बादल लाग्ने, हल्का वर्षाको सम्भावना

काठमाडौँ। देशको विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको स...

कैलाली–४ मा नेकपाका उम्मेदवारसहित १३ जनाको धरौटी जफत

कैलाली। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं.४ मा १३ जना उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ क...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE