स्याङ्जा। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लागेसँगै स्याङ्जामा चुनावी सरगर्मी बढेको छ। दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ११ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित दुवै क्षेत्रमा १२–१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाले “कांग्रेस खोज्न स्याङ्जा जानुपर्छ” भनेको जिल्ला स्याङ्जा नै हो। २०४८ सालमा चार निर्वाचन क्षेत्र रहेको स्याङ्जामा त्यसपछि २०६४ सम्म तीन र त्यसयता दुई निर्वाचन क्षेत्र कायम छन्। यहाँ कांग्रेस र एमाले बाहेक अन्य दलले सङ्घीय सांसद जित्न नसकेको इतिहास छ।
२०४८ सालको आम निर्वाचनमा कांग्रेसबाट चारै क्षेत्रमा गोपालमान श्रेष्ठ (क्षेत्र नं. १०, रुद्रमान गुरुङ (२), दिनबन्धु अर्याल (३) र शङ्कर पाण्डे (४) निर्वाचित भएको थिए। मध्यावधि निर्वाचन २०५१ मा भने तीनै क्षेत्रमा नेकपा एमालेका त्रिलोचन ढकाल (१), धुव्रराज लम्साल 9२) र महेन्द्र थापा (३) विजयी भएको थिए।
२०५६ सालको आम निर्वाचनमा क्षेत्र नं. १ मा एमालेका हितकाजी गुरुङ विजयी हुँदा क्षेत्र नं। २ मा कांग्रेसका गोपालमान श्रेष्ठ र क्षेत्र नं. ३ मा कांग्रेसकै शङ्कर पाण्डे विजयी भएको थिए। संविधानसभा निर्वाचन २०६४ मा एमालेका हितकाजी गुरुङ (१), गोपालमान श्रेष्ठ (२) र मोहन पाण्डे (३) निर्वाचित भएको थियो। त्यसैगरी २०७० सालमा क्षेत्र नं. १ मा कांग्रेसका राजु थापा, क्षेत्र नं. २ मा कांग्रेसका कमल पङ्गेनी र क्षेत्र नं. ३ मा एमालेका मुक्ति पाठक विजयी भएको थिए।
सङ्घीय निर्वाचन २०७४ मा क्षेत्र नं. १ मा एमालेका नारायण मरासिनी र क्षेत्र नं. २ मा एमालेकै पद्माकुमारी अर्याल विजयी भएको थिए। २०७९ को निर्वाचनमा भने क्षेत्र नं.१ मा कांग्रेसका राजु थापा र क्षेत्र नं. २ मा कांग्रेसका धनराज गुरुङ निर्वाचित भएको थिए।
संघ मात्र होइन, प्रदेश र स्थानीय तहका निर्वाचनमा समेत कांग्रेस र एमालेकै प्रभाव रहेको स्याङ्जामा यस पटक भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कडा चुनौती प्रस्तुत गरेका छन्।
क्षेत्र नं. १ मा नेपाली कांग्रेसका भरतराज ढकाल र नेकपा एमालेका मीनप्रसाद गुरुङलाई रास्वपाका डा. धनञ्जय रेग्मी र नेकपाका शैलेन्द्र रेग्मीले चुनौती दिएका छन्। त्यस्तै, क्षेत्र नं. २ मा नेपाली कांग्रेसका भगवतप्रकाश मल्ल र एमालेका खिमबहादुर थापाविरुद्ध रास्वपाका झविलाल डुम्रे र नेकपाका पदम विक प्रतिस्पर्धामा छन्।
निर्वाचनमा दुवै क्षेत्रमा प्रमुख चार दलले आफ्ना उम्मेदवार विजयी हुने दाबी गरेका छन्। कांग्रेस र एमालेका नेताहरूले विगतझैँ यस पटक पनि जित कायम रहने बताएका छन् भने नेकपा र रास्वपाका नेताहरूले दुई दलको एकछत्र प्रभाव तोडिने दाबी गरेका छन्।
रास्वपाका अध्यक्ष विश्वास भण्डारीले विगत ३० वर्षमा जनताले चाहेको परिवर्तन नपाएकाले यस पटक वास्तविक परिवर्तनका लागि आफ्नो पार्टीले जित्ने दाबी गरे। पछिल्लो जनलहर नै त्यसको आधार भएको र कसैले जित रोक्न नसक्ने उनको भनाइ छ।
त्यस्तै, नेकपाका अध्यक्ष लोकेन्द्र थापाले पनि आफ्ना उम्मेदवार विजयी हुने दाबी गर्नुभयो। जिल्लामा सङ्गठन कमजोर भए पनि सरकारमा रहँदा राम्रो काम गरेको र पछिल्लो समय विभिन्न दलसँग एकता भएकाले आफूहरू विजयी हुने उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: