Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

बिहेको तयारीमा रहेका सर्लाहीको अनिल पोखरीमा मृत भेटिए

खबरडबली संवाददाता

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ पोखरी टोलका २० वर्षीय युवक अनिल महतो मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै घरबाट करिब एक किलोमिटर टाढा रहेको पोखरीमा मृत भेटिएका हुन् ।

सोमबार रातिदेखि बेपत्ता भएका अनिल बुधबार बिहान पोखरीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार सोमबार राति घरबाट निस्किएका अनिल मंगलबारसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजतलास सुरु गरेको थियो । खोजी गर्दा फेला नपरेपछि मंगलबार प्रहरीमा निवेदन दिइएको थियो ।

बुधबार दिउँसो स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलबाट मृतकको मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

मृतक अनिल लेबरको रूपमा राजमिस्त्रीको काम गर्दै आएको परिवारले जनाएको छ । मृतकका बुवा रामप्रताप महतोले अनलाइनखबरसँग कुरा गर्दै सोमबार राति छोरा अनिलसँगै खाना खाएर सुत्न गएको बताए ।

‘मंगलबार बिहान उठ्दा उसको कोठाको ढोका खुल्लै थियो,’ उनले भने, ‘धेरै समयसम्म पनि घर नफर्किएपछि खोजी गर्यौं र अन्तत: प्रहरीमा निवेदन दिएका थियौं ।’

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको थियो । पोस्टमार्टम सम्पन्न भए पनि निष्पक्ष र न्यायिक छानबिनको माग गर्दै परिवारले शव बुझ्न अस्वीकार गरेको छ ।

अनिलको बुधबार नै विवाहको छेका तय हुने कार्यक्रम रहेको थियो । विवाहको तयारी भइरहेका बेला अचानक घटेको यस घटनाले परिवारसहित सम्पूर्ण गाउँ शोकमा डुबेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जानकी मन्दिरबाट किन लखेटिए हर्क सम्पाङका कार्यकर्ता ?

जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न जानकी मन्दिर पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार...

कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव फेला, अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आगलागी भएको गाडीबाट एक जना पुरुषको शव फेला परेको छ। बा५च ३०३८ नम्बरको गाडीमा लागेको आगो निभाएपछि प्...

ईपीएस–टोपिक २०२६ का लागि आवेदन खुला

ललितपुर। वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सन् २०२६ को प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टमअन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुल...

ताप्लेजुङमा भीरबाट लडेर महिलाको मृत्यु

ताप्लेजुङ। ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार यहाँको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुकी ५० वर्षीया सीता बर्देवाको भीरबाट...

मुख्य र सहायक सडक अवरुद्ध, वर्षाले पाँचथरको जनजीवन प्रभावित

फिदिम। तीन दिनदेखि जारी निरन्तरको झरीका कारण आएको बाढी र पहिरोले पाँचथर जिल्लालाई विभिन्न स्थानसम्म जोड्ने मुख्य र सहायक सडकहरु अवरुद्ध भएका छन् । ...

प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्...

पर्यटक बोकेर ढोरपाटन जाँदै गरेको स्कर्पियो पहिरोमा पुरियो

गलकोट। बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा सडक माथिबाट खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो पुरिएको छ। सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बुर्...

करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि–२०८३, सक्कली बिलमा लखपति योजना

काठमाडौँ। सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध नागरिकलाई लक्षित गर्दै सक्कली बिल लिने ग्राहकलाई लखपति बनाउने योजना ...

कुशहा–कमला चार लेन सडकको प्रगति ७३ प्रतिशत

लहान। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको कुशहादेखि सिरहाको कमलासम्मको चार लेन सडक निर्माणको काम ७३ प्रतिशत सम्पन्न भएको छ। तेस्रो पटक म्याद थप ...

पहिरोले गलकोटको गैराखर्क बस्ती जोखिममा

बागलुङ। निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि पश्चिम बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित गैराखर्क बस्ती जोखिममा परेको छ। हरिचौर–मल्म–पाण्डवख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending