Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

स्वास्थ्य केन्द्रको चरम लापरवाही, सुत्केरीको सालनाल काटेर बिरामीकै झोलामा

कनकाई। प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन् ।

एक महीनामा १० सम्म सुत्केरी गराउँदै आएको यस स्वास्थ्य केन्द्रमा प्लासेन्टा ९सालनाल० को व्यवस्थापन गर्ने कन्टेनर नहुँदा प्लासेन्टा सुत्केरीलाई नै झोलामा हालेर घर पठाउने गरेको केन्द्रकी प्रसूति सेवातर्फकी स्वास्थ्यकर्मी खुश्बु शिवाले बताउनुभयो । फोहरजन्य पदार्थ नष्ट गर्ने कन्टेनरको व्यवस्था स्वास्थ्य केन्द्रको आसपासमा केही पनि नभएकाले प्लासेन्टा नष्ट गर्न सुत्केरीलाई नै दिनुपर्ने बाध्यता भएको उनको भनाइ छ ।

अस्पतालबाट सालनाल झोलामा बोकेर घरतर्फ लैजान अनुरोध गर्दा धेरैजसो सुत्केरीका अभिभावक रिसाउने गरेको भए पनि स्वास्थ्य केन्द्रमा यसको उचित व्यवस्थापनको विकल्प नहुँदा स्वास्थ्यकर्मी नै चुपचाप बस्नुपर्ने बाध्यता भएको प्रसूति सेवातर्फकै स्वास्थ्यकर्मी उषा सुवेदीले बताए । प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको नर्सिङ फाँटतर्फको इञ्चार्जका रूपमा स्टाफ नर्स सरस्वती मास्केको नेतृत्वमा अन्य पाँच अनमी सङ्गीता अधिकारी, अम्बिका मैनाली, यशोदा कटुवाल, खुश्बु शिवा र उषा सुवेदी कार्यरत छन् । केन्द्रको नर्सिङ फाँटमार्फत हाल प्रसूति सेवा, गर्भवती जाँच, परिवार नियोजन सेवा, गर्भपतनलगायतका सेवा दिइँदै आएको बताइएको छ ।

सुविधासम्पन्न शहरी अस्पतालको रूपमा सञ्चालनको तयारीमा पुगेको यस स्वास्थ्य केन्द्रमा दुई वर्ष अघिदेखि नै स्वास्थ्य सेवा कमजोर बन्दै गएको स्थानीयवासी बताउँछन् । जनप्रतिनिधिले स्थानीय सरकारको नेतृत्व सम्हालेसँगै प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको सेवा अव्यवस्थित बन्दै गएको केन्द्रकै जिम्मेवार स्वास्थ्यकर्मी बताउँछन् । चार महीनाअघि मात्र स्वास्थ्य केन्द्रको जिम्मेवारी सम्हाल्न आएकी डा सच्चु थापाले अस्तव्यस्त रूपमा सञ्चालन भइरहेको स्वास्थ्य केन्द्रमा धेरै कुराको व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

दुई वर्षयता केन्द्रमा सिरिन्ज डडाउने इन्टिनेटर साथै सालनाल (प्लासेन्टा) नष्ट गर्ने कन्टेनरको अभाव हुँदा स्वास्थ्य केन्द्र आसपासमा नै वातावरण दुषित बन्दै गएको स्थानीयवासी प्रेम आचार्यले बताए । स्वास्थ्य केन्द्रकै सामुन्ने सालनालसहितको फोहर थुपारेर आगो लगाउने गर्दा वातावरण दुषित भई स्थानीयवासीलाई समेत ठूलो असर परेकाले सरकारी अस्पातालबाट भएको यस किसिमको लापरवाही तत्काल रोक्नुपर्ने भन्दै स्थानीयवासीले आक्रोश पोखेका छन् ।

स्वास्थ्य केन्द्रको जिम्मेवारी सम्हाल्नुभएका कनकाई नगरका स्वास्थ्य संयोजक पोषराज त्रितालले स्वास्थ्य अस्पतालमा दुई वर्षअघिदेखि सिरिन्ज डडाउने इन्टिनेटर र सालनाल नष्ट गर्ने कन्टेनरका विषयमा आफूलाई केही पनि पत्तो नभएको जानकारी दिए । नगरपालिकाको कार्यालयमा नै नगर स्वास्थ्यको कार्यालय रहेकाले स्वास्थ्य संयोजक त्रिताल प्राथमिक स्वास्थ्य केन्द्रमा ज्यादै कम्ती आउने गरेको बताइएको छ ।

महीनामा एक पटक बस्ने सञ्चालक समितिको बैठकमा स्वास्थ्य केन्द्रका समस्याका विषयमा केन्द्रका चिकित्सक साथै स्वास्थ्यकर्मीले राखेका विषयमा समितिबाट सुनुवाइ भए पनि कार्यान्वयन नभएको बताइएको छ । समस्याको समाधान खोज्नुभन्दा पनि दुई वर्षअघिदेखि नै अब चाँडै नयाँ भवनमा गएपछि सबै समस्याको समाधान हुने कुरा मात्र समिति साथै स्थानीय सरकार प्रमुखबाट आउने गरेको केन्द्रकै स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । स्वास्थ्य केन्द्रको समस्या समाधानका विषयमा सञ्चालक समितिका अध्यक्ष रुद्रप्रसाद चिमरियाले समेत नयाँ भवनमा सरेपछि मात्र सबै कुराको व्यवस्थापन मिल्ने बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending