Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

झापा–५ मा बालेन्द्र शाहको सम्भावित उम्मेदवारीबारे स्थानीय युवा नेताहरू के भन्छन् ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने संकेत गरेपछि पुसको चिसोमा झापाको राजनीतिक माहोल एकाएक गर्माएको छ ।

विशेष गरी विभिन्न दलसँग आबद्ध झापा-५ का युवा नेताले यसपटकको चुनावलाई पुस्तान्तरणको अवसरका रूपमा हेर्न थालेका छन्। वर्षौंदेखि उही अनुहार र उही शक्ति केन्द्र वरिपरि घुम्दै आएको यो निर्वाचन क्षेत्रमा अचानक नयाँ बहस पनि सुरु भएको छ।

झापा–५ निर्वाचन क्षेत्र मात्र होइन, यो एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक पहिचानसँग जोडिएको ‘गढ’ पनि हो । त्यसैले बालेन्द्रको सम्भावित उम्मेदवारीलाई धेरैले स्थापित राजनीतिमाथिको प्रत्यक्ष चुनौतीका रूपमा हेर्न थालेका छन्।

युवामा बदलिँदो मनोविज्ञान

यसपटकको बहसको केन्द्रमा छन्, विभिन्न दल आबद्ध युवा नेताहरू । उनीहरू खुलेरै भन्न थालेका छन्, ‘अब पुस्तान्तरणको विकल्प छैन ।’ ओलीकै पार्टीमा आबद्ध एक युवा नेता भन्छन्, ‘अब पुस्तान्तरण जरुरी छ । जब्बर र दोहनकारीलाई बदल्नुको विकल्प छैन ।’

कांग्रेससँग आबद्ध युवाहरू भने पुस्तान्तरणको माग स्वीकार गर्दै बाहिरबाट आउने उम्मेदवारप्रति केही सचेत देखिन्छन्। कांग्रेस निकट एक युवा नेताले भने, ‘पुस्तान्तरण जरुरी छ, तर त्यो स्थानीय संघर्षबाट आएको नेतृत्वमार्फत हुनुपर्छ । लोकप्रियताले मात्रै दीर्घकालीन राजनीतिक जिम्मेवारी धान्न सकिँदैन ।’ उनका अनुसार युवाको नाममा भावनात्मक लहरभन्दा नीति, कार्यक्रम र स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर निर्णय हुनुपर्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता देवीप्रसाद पाठकले झापा–५ पूरै भ्रमणपश्चात् मतदाताको मनसाय बुझेरै बालेन्द्रलाई उम्मेदवार बनाउन लागिएको दाबी गरे । पाठकले भने, ‘बालेन हचुवाका भरमा उड्न लाग्नु भएको छैन, सबै नापतौल गरेपछि उम्मेदवार बन्न लाग्नु भएको हो ।’ उनका अनुसार मतदाताको यसपटकको मनोविज्ञान पहिला ओलीलाई जिताएर प्रधानमन्त्री बनायौं, यसपटक बालेन्द्रलाई जिताएर प्रधानमन्त्री बनाउने देखिन्छ।

पाठकका अनुसार क्षेत्र नम्बर ५ का जेन–जीहरूसँग समेत बालेन्द्रको सम्भावित उम्मेदवारीबारे संवाद सुरु भइसकेको छ । अन्य दल आबद्ध युवाहरूसमेत नयाँ अनुहारप्रति सकारात्मक देखिएको दाबी पाठकको छ।

गत मंसिर २८ मा झापाको दमकबाटै जेन–जी आन्दोलनको सन्देश बोकेर जेन–जी जागरण अभियान सुरु भएको थियो । नेपाल जेन-जी फ्रन्टमा आबद्ध युवा नेताहरू रक्ष बम, उपार्जुन चाम्लिङ र यतिष ओझाले सम्बोधन गरेका थिए। ‘अब झापा–५ ले युवा उम्मेदवार पाउँछ कि पाउँदैन, देशले नजर राखेर बसेको छ,’ जेन–जी नेता बमले भनेकी थिइन्, ‘यो ठाउँलाई हेरिरहेका छौं, भनिरहेका छौं, भदौ २३ मा बगेको रगत खेर नजाओस् ।’

एमाले निकट युवा नेताहरू बालेन्द्रको सम्भावित उम्मेदवारीलाई अस्वीकारभन्दा पनि चुनौतीका रूपमा हेर्छन्। एमाले युवा नेता सन्तोष दुलालले भने, ‘ओली झापा–५ का लागि नयाँ अनुहार होइनन्। विकास, संगठन र राष्ट्रिय राजनीतिमा उहाँको योगदान छ। तर, युवाले प्रश्न उठाउनु सकारात्मक कुरा हो ।’ उनका अनुसार सामाजिक सञ्जालको प्रभाव बलियो भए पनि अन्तिम निर्णय मतदाताले स्थानीय योगदानका आधारमा गर्ने विश्वास एमाले युवामा छ ।

पुस्तान्तरण: नाम फेरिने कि सोच?

झापा–५ मा उठेको बहस बालेन्द्रको उम्मेदवारीमा मात्रै सीमित छैन, यो बहस नेतृत्व पुस्तान्तरणका नाममा मात्र हुने कि सोच र कार्यशैलीमै परिवर्तन आउने भन्ने गहिरो प्रश्नसँग पनि जोडिएको छ।

बालेन्द्रले झापा–५ को वस्तुस्थिति, विकास अवस्था र स्थानीय आवश्यकताबारे प्रारम्भिक सर्भेक्षण गरिसकेको बताइएपछि यो बहस झन् गम्भीर बनेको छ । सामाजिक सञ्जालमार्फत औपचारिक आह्वानको तयारी भइरहेको खबरले युवाको चासो अझ बढाएको छ ।

यो क्षेत्रमा यसपटकको चुनाव जित–हारको अंकगणित मात्र होइन, पुरानो राजनीतिक निरन्तरता र नयाँ राजनीतिक प्रयोगबीचको टकरावका रूपमा हेरिन थालेको छ । युवाहरूको एउटै स्वर सुनिन्छ, ‘अब प्रश्न को जित्छ भन्ने मात्र होइन, कस्तो राजनीतिले जित्छ भन्ने छ ?’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: