Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सवारी दुर्घटनामा परि नौ जनाको मृत्यु

काठमाडौं । काठमाडौं, सर्लाही, रुपन्देही, कपिलबस्तु, सिन्धुपाल्चोक, सिराहा, रुपन्देही, पाचँथर र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

काठमाडौं, काठमाडौं महानगरपालिका-१५ ठाडो भर्याभङस्थित सडकमा प्रदेश ३-००४ प ००११ नम्बरको मोटरसाइकलले मंगलबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री रामेछाप घर भएका २२ वर्षीय रोहित कार्कीको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, कबिलासी नगरपालिका-८ कबिलासीस्थित सडकमा बीआर-३० डब्लु १७७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २० वर्षीय सुनिल बैठालाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, सिद्धार्थनगर नगरपालिका-१ स्थित सडकमा ना.१ ह ८८१० नम्बरको अटोले रिक्सालाई मंगलबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका रिक्सा चालक रानीगंज बस्ने ६५ वर्षीय बिसै हरीजनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । अटो चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-५ दलदलास्थित सडकमा लु.१ ख ९५५२ नम्बरको ट्रकले लु.३ प ५००१ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुका ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-१ जमवारपुल बस्ने २९ वर्षीय बिजेन्द्र धोबीको जिल्ला अस्पताल तौलिहवा कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१० स्थित सडकमा बा.४ ख ७०१८ नम्बरको मिनी ट्रकबाट खसेर मंगलबार बेलुका टायरले किच्दा सोही ट्रकमा सवार ईन्द्रवती गाउँपालिका-४ टाकुरे बस्ने ६४ वर्षीय सुर बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ । चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

सिराहा, मिर्चैया नगरपालिका-२ मल्हनियाँ चोकस्थित सडकमा स.६ प ८०१३ नम्बरको मोटरसाइकल रोकी राखेको बा।१ ग २४६२ नम्बरको ट्रकमा मंगलबार बेलुका ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-५ बस्ने २७ वर्षीय सागर जैसवालको प्राथामिक स्वास्य केन्द्र मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको छ । दुबै सवारी साधनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका-१२ बरमेलीटोलस्थित सडकमा लु.१८ प ३९५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका ४० वर्षीय पुरुषको उपचारको लागि क्रिमसन अस्पताल मणिग्रामतर्फ लैजाने क्रममा मृत्यु भएको छ ।

पाँचथर, कुम्मायक गाउँपालिका-२ सुब्बाटोल गैरीस्थित सडकमा लु.४ त ६२४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ३० फिट तल खसेर मंगलबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका फालेलुङ गाउँपालिका-५ प्राङबुङ बस्ने २० वर्षीय रोसन थाम्सुहाङको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

धनुषा, जनकपुर उपमहानगरपालिका-१४ मुजेलियास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलले मंगलबार बेलुका ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय श्याम सुन्दर ठाकुरलाई जनकपुर अंचल अस्पताल हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । मोटरसाइकल सहित चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनास्थलमा स्थानीय प्रहरीले उद्धार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending