Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

राष्ट्रियसभा बैठकः नीति तथा कार्यक्रमले जनतामा आशा जगायो, कसले के भने ?

काठमाडौं । सत्ता पक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको बताएका छन् भने प्रतिपक्षी दलका सांसदले यो महत्वकांक्षी रहेकाले कार्यान्वयनको चुनौती औँल्याएका छन् ।

राष्ट्रियसभामा सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि छलफलमा भागलिदैँ सांसदहरुले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तुलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।

नेकपाका सांसद कालीबहादुर मल्लले नीति तथा कार्यक्रमको समर्थन गर्दै समेटिएका विषयवस्तुले जनतामा आशा जगाएको उल्लेख गरे । उनले सरकारको पहिलो वर्ष आधार वर्षमा कानून निर्माणको प्रक्रियाले गर्दा कतिपय कार्यक्रमको प्रभावारी कार्यान्वयनमा केही सुस्तता देखिएपनि अबका दिनमा गति लिने विश्वास व्यक्त गरे ।

सांसद दीनानाथ शर्माले नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति प्रतिबद्ध, राष्ट्रिय हितको संरक्षण, सङ्घीयताको कार्यान्वय, मौलिक हक र मानवअधिकारको सुनिश्चिता तथा सन्तुलित विकासजस्ता विषयलाई समेटेको बताउँदै यसले सरकारले अघिसारेका ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यलाई सार्थक बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नेकपाकै सांसद दीलकुमारी थापा (पार्वती) ले सरकारले ल्याएको नीति तथा कार्यक्रम जनमुखी लोककल्याणकारी राज्यको सिद्धान्तमा आधारित छ भन्दै विकास र समृद्धिको आवश्यकतालाई मध्यनजर गर्दै प्रतिपक्षीले यसको कार्यान्वयनका लागि जिम्मेवार भएर सहयोग गर्नुपर्नेमा जोड दिए ।

सांसदहरु सुमनराज प्याकुरेल, जीवन बुढा, बलरामप्रसाद बाँस्कोटा, खगेन्द्रप्रसाद पुरी, कमलाकुमारी ओली, शेरबहादुर कुँवरलगायतले जनताको समग्र आवश्यकतालाई सम्बोधन गर्ने गरी आएको नीति तथा कार्यक्रमको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

यस्तै, सांसद चन्द्रबहादुर खड्का, विमला राई पौडेल र सिंहबहादुर विश्वकर्माले नीति तथा कार्यक्रमले सुशासन, पूँजीगत खर्च बढाउने र योजनाको कार्यान्वयन गराउने प्रतिबद्धता जनाएकाले यसले सन्तुलित विकासलाई अङ्गीकार गरेको उल्लेख गरे ।

बैठकमा नेपाली काङ्ग्रेसका सांसद सरिता प्रसाईंले नीति तथा कार्यक्रमले जनताको अपेक्षित विषयलाई प्रभावकारी रुपमा समेट्न नसकेको धारणा राखे । उनले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तु राम्रा भए पनि त्यस्ता योजना तथा कार्यक्रम विस्तृतरुपमा आउन नसकेको बताए ।

काङ्ग्रेसकै सांसद धनकुमारी खतिवडाले नीति तथा कार्यक्रमले समेटेका विषयवस्तु नारालाई कार्यान्वयन गर्नसके मुलुकले कोल्टे फर्ने भन्दै छुटेका विषयलाई परिस्कृत गरेर समेटिनुपर्नेमा जोडदिए । सांसद विन्दादेवी आलेले नीति तथा कार्यक्रमले नयाँ कार्यक्रम समेट्न नसकेको तथा विकास र समृद्धिका कतिपय विषयलाई हचुवाको भरमा प्रस्तुत गरिएको आरोप लगाए ।

सांसद अनिता देवकोटाले नीति तथा कार्यक्रमले सत्ता र प्रतिपक्ष नभई मुलुकको हितमा काम गर्ने भएकाले वाद प्रतिवाद नगरीकन छुटेका विषयलाई समेटेर अघि बढन्नुपर्नेमा जोड दिए ।

सांसद जीतेन्द्रनारायण देवले राष्ट्रियसभालाई जुहारीको थलो बनाउन नहुने भन्दै नीति तथा कार्यक्रमका अपुग भएका विषयलाई समेटेर कार्यान्वयनमा लैजानुपर्ने धारणा राखे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending