काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले लोकतन्त्र र शान्तिसँगै समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने गरी काम गरिरहेको बताएका छन् ।
‘गोरखापत्र’ प्रकाशन ११९ औँ वर्षमा प्रवेश, गोरखापत्र संस्थानको ५७ औँ वार्षिकोत्सव तथा चौथो राष्ट्रिय पत्रकारिता दिवसका उपलक्ष्यमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न महत्वपूर्ण भूमिका निर्वाहका लागि आमसञ्चार माध्यमसँग आग्रह गरे ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले विभिन्न चुनौतीका बीच सरकारले जनताको आकाङ्क्षानुसार काम गर्दै आएको र आगामी दिनमा समेत प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री बाँस्कोटाले सरकारले यस वर्ष नेपाली पत्रकारिताको धरोहर ‘गोरखापत्र’लाई नयाँ परिवर्तनको वर्षका रुपमा अगाडि बढाउने योजना बनाएको छ भन्दै जिम्मेवारीका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिए ।
“गोरखापत्रमा पछिल्लो समयमा हिजोका दिनमा भन्दा सुधार आएको छ तर अझै धेरै सुधार गर्नुपर्ने आवश्यकता छ, निरन्तरताको क्रमभङ्गता ‘गोरखापत्र’को आवश्यकता हो, त्यसका लागि कामप्रति जिम्मेवार हुनुहोस्, गलत गर्नेलाई कुनै पनि हालतमा छाडिने छैन”, मन्त्री बाँस्कोटाले भने ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले ‘गोरखापत्र’ बलियो भयो भने राज्य बलियो हुने र राज्य बलियो भयो भने ‘गोरखापत्र’ बलियो हुनेछ भन्दै आफू यसका संस्थानका प्रकाशन स्तरीय बनाउनेतर्फ अभिप्रेरित भएको बताए । ‘गोरखापत्र’का प्रधानसम्पादक श्रीओम श्रेष्ठले गोरखापत्रलाई परिमार्जन गर्दै गुणस्तर र विषयवस्तुमा ध्यान दिई अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
‘गोरखापत्र’ले ‘गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार’ पुण्य पौडेल ९कास्की० लाई प्रदान गरेको छ । पुरस्कारको राशि रु ५५ हजार ५५५ छ । त्यसैगरी ब्रदर बुक्स प्रकाशन, जनज्योति पुस्तक पसल र विपीन जनरल स्टोर्सलाई संस्थानका प्रकाशन बढी बिक्री गर्ने बिक्रेताका रुपमा सम्मान गरेको छ । प्रकाशनमा सबैभन्दा बढी विज्ञापन कारोवार गर्ने विज्ञापन एजेन्सी भेराइटिज कन्सल्टिङ नेटवर्क प्रालि, कलश एडभरटाइजिङ सर्भिस प्रालि र जोइन मिडिया हाउस प्रालिलाई समेत सम्मान गरिएको छ ।
नेपाली भाषाको पहिलो अखबारका रुपमा परिचित ‘गोरखापत्र’ विसं १९५८ वैशाख २४ गतेदेखि निरन्तर प्रकाशनमा छ । गोरखापत्र प्रकाशनको दिनलाई स्मरण गर्दै सरकारले चार वर्षदेखि राष्ट्रिय पत्रकारिता दिवस मनाउँदै आएको छ । अहिले गोरखापत्रमा ३८ भाषाका सामग्री प्रकाशन हुने गरेको छ भने अङ्ग्रेजी भाषामा दैनिक ‘द राइजिङ नेपाल’, साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’, बालबालिकाका लागि मासिक ‘मुना’ र युवाहरुका लागि मासिक ‘युवा मञ्च’ पत्रिका तथा सामयिक रुपमा केही बेला बेलामा केही प्रकाशन गर्ने गरेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: