काठमाडौँ। नेपाली काङ्ग्रेसले जागरण अभियान अन्तर्गत आसन र भाषणमा महिलाको सहभागिता प्राय शून्य रहनेगरी गरेको यसअघिको परिपत्र सच्याएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले जारी गरेको पछिल्लो परिपत्रमा जागरण अभियान अन्तर्गतका हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिइएको छ । काङ्ग्रेस महासमिति सदस्य निमा गिरी नेतृत्वको महिलाको टोलीले पार्टीका शीर्ष नेता तथा पदाधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै परिपत्र सच्याउन माग गरेको थियो ।
कार्यक्रमलाई छोटो र छरितो बनाउने नाममा आसन र भाषणमा देशभरी महिलाले मौका नै नपाउने अवस्था देखिएपछि उनीहरुले सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रवक्ता विश्वप्रकाश शर्मा, नेत्री डिला सङ्ग्रौला, पुष्पा भुसाललगायतलाई एकहप्ता अगाडि ध्यानाकर्षणपत्र बुझाएका थिए ।
महिला टोलीसँगको भेटका क्रममा सभापति देउवाले आफूले महिलाले मौका नै नपाउने अवस्था आउने बारेमा ख्याल नगरेको भन्दै सच्याउने आश्वासन दिएका थिए । उनको आश्वासन अनुसार पार्टी कार्यालयले सभापति देउवाकै हस्ताक्षर रहेको परिपत्र शुक्रबार जारी गर्दै हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिएको छ ।
जागरण अभियानका कार्यक्रममा स्वागत, विषय प्रवेश, प्रमुख वक्ता र सभापतिको मात्र आसन ग्रहण र उनीहरूकै मात्र भाषण हुने तालिका रहेकोमा अव महिलावक्ता पनि थपिएका छन् । मञ्चमा आसन र भाषणमा महिला नभए कार्यक्रम बहिष्कार गर्नेसम्मका चेतावनी नेतृहरुले दिएपछि पार्टीले परिपत्र सच्याउन बाध्य भएको महासमिति सदस्य निमा गिरीले बताए ।
“देशको संविधान र पार्टीको विधानमा उल्लेख गरिएको समावेशीतालाई ख्याल गर्न माग गर्दै हामीले नेतृत्वको ध्यानाकर्षण गराएका थियौँ, उनीहरुले गल्ती महसुस गरी सच्याउनु भयो, यसले समावेशीतालाई नेतृत्वले अस्वीकार गर्न सक्दैन भन्ने पुष्टी भएको छ,” गिरीले भने ।
काङ्ग्रेसले एक महीने जागरण अभियान यही वैशाख २५ गतेदेखि देशव्यापी रुपमा शुरु गर्न लागेको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: