Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

फाइल फोटो
खबरडबली संवाददाता

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ज्याला गरेर निर्वाह गर्ने वर्ग सकसमा छन् । जाडोमा काममा निस्कन नसकेपछि उनीहरूको दैनिकी नै चलाउन कठिन भएको हो ।

“अहिले त कसैले काममा बोलाउन पनि आउँदैनन्, आफैँ कतै निस्कन पनि आँट आउँदैन”, भङ्गाहा–३ मुसहरीटोलका पराउ सदा भन्छन्, “अब घरमा खाने अन्न छैन, के गरी बाँच्ने हो ?”

जिल्लाका सबैजसो स्थानीय तहमा धेरथोर बसोबास रहेका मुसहर जाति समुदायको जीवन गुजाराको मुख्य माध्यम कृषि मजदुरी हो । दैनिक गिरहतकहाँ काम गरेर पाउने पारिश्रमिकले खाने मेलो गर्दै आएका बनिहारा करिब दुई सातादेखि काममा जान नपाएपछि गुजाराको सङ्कटमा परेका हुन् ।

“धान कटनीका बेला एकाध मन धान भएको थियो, कुट्दै खाँदा अब सकियो”, औरही–७ भोइलटिम्कियाका पल्टा सदा भन्छन्, “अब झुप्रामा न अन्न छ, न काममा निस्कन पाइएको छ, बौवाबुची भोकभोकै पर्ने भए ।”

करिब समान संस्कृति परम्पराका मुसहर र बाँतरको मुख्य गुजाराको माध्यम कृषि मजदुरी हो । जिल्लामा मुसहरको १५ वटै स्थानीय तहमा बसोबास भेटिए पनि बाँतर भने भङ्गाहा नगर क्षेत्रमा मात्रै छन् । भङ्गाहा नगर क्षेत्रमा छुट्टाछुट्टै गणना गरिदा मुसहर र बाँतर दुबैगरी बहुसङ्ख्यक समुदाय हो ।

जाडो र भोको पेटले राति निद्रा नलाग्दा सडक छेछाउबाट बटुलिएका प्लाष्टिकका झुत्रा र खरपात बालिएको ‘घूर’ यिनको जाडोको सहारा देखिन्छ । “के गर्नु हजुर ! हामी गरिबको जुनी यस्तै हो”, आफ्नो अवस्थामा चित्त बुझाउँदै भङ्गाहा–४ की हेमनी सदा भन्छिन्, “खाने बस्ने केही छैन, भगवानले यस्तो जुनी किन दियो होला ?”

मुसहर धन सञ्चय नगर्ने समुदाय मानिन्छन् । बिहान बनी गरेर ल्याएको अन्न आधा खान र आधा बेचेर नुन तेलको जोहो गरेपछि दिउँसो मुसा र माछा मार्न निस्कने मुसहर रातको खानामा यिनै परिकार सबै परिवार एकसाथ वरिपरि बसेर खान्छन् ।

पछिल्ला आठ–नौ दिनदेखि भने यिनीहरूको तालिका मौसमले बिग्रेको छ । “न बनी गर्न जान पाइएको छ, न माछा मार्न”, भङ्गाहा–४ कै पलार बस्तीकी सियानकीदेवी बाँतर भन्छिन्, “यतिखेर भोट लिएर जितेकाको आस लाग्छ, तर अहिलेसम्म कोही हेर्न आएनन् ।”

जिल्लामा २०७८ को राष्ट्रिय जनगणनाअनुसार मुसहरको जनसङ्ख्या २७ हजार ३५२ रहेको छ । बाँतर भङ्गाहा नगर क्षेत्रमा मात्र हुँदा दुई हजार जति छन् । माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्ने मुसहर अझै जिल्लामा ५० पुगेका छैनन् भने उच्च शिक्षामा त २० प्रतिशत पनि नपुगेका जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्ण बताउँछन् । यिनको उत्थानका लागि पहिलो कुरा शिक्षा भएको हुँदा यिनीहरूलाई आर्थिक क्रियाकलापमा जोड्दै शिक्षामा पहुँच बढाउन तीनै तहका सरकारको समन्वयात्मक प्रयत्न आवश्यक रहेको कर्णको ठम्याइ छ ।

अहिले चिसोले बढेको बनिहारा बस्तीको राहतका लागि सम्बन्धित स्थानीय तह र जिल्लास्थित विपद् व्यवस्थापन समितिले तत्काल पहलकदमी लिनुपर्ने सामाजिक अभियान्ता बताउँछन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: