Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

फाइल फोटो
खबरडबली संवाददाता

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ज्याला गरेर निर्वाह गर्ने वर्ग सकसमा छन् । जाडोमा काममा निस्कन नसकेपछि उनीहरूको दैनिकी नै चलाउन कठिन भएको हो ।

“अहिले त कसैले काममा बोलाउन पनि आउँदैनन्, आफैँ कतै निस्कन पनि आँट आउँदैन”, भङ्गाहा–३ मुसहरीटोलका पराउ सदा भन्छन्, “अब घरमा खाने अन्न छैन, के गरी बाँच्ने हो ?”

जिल्लाका सबैजसो स्थानीय तहमा धेरथोर बसोबास रहेका मुसहर जाति समुदायको जीवन गुजाराको मुख्य माध्यम कृषि मजदुरी हो । दैनिक गिरहतकहाँ काम गरेर पाउने पारिश्रमिकले खाने मेलो गर्दै आएका बनिहारा करिब दुई सातादेखि काममा जान नपाएपछि गुजाराको सङ्कटमा परेका हुन् ।

“धान कटनीका बेला एकाध मन धान भएको थियो, कुट्दै खाँदा अब सकियो”, औरही–७ भोइलटिम्कियाका पल्टा सदा भन्छन्, “अब झुप्रामा न अन्न छ, न काममा निस्कन पाइएको छ, बौवाबुची भोकभोकै पर्ने भए ।”

करिब समान संस्कृति परम्पराका मुसहर र बाँतरको मुख्य गुजाराको माध्यम कृषि मजदुरी हो । जिल्लामा मुसहरको १५ वटै स्थानीय तहमा बसोबास भेटिए पनि बाँतर भने भङ्गाहा नगर क्षेत्रमा मात्रै छन् । भङ्गाहा नगर क्षेत्रमा छुट्टाछुट्टै गणना गरिदा मुसहर र बाँतर दुबैगरी बहुसङ्ख्यक समुदाय हो ।

जाडो र भोको पेटले राति निद्रा नलाग्दा सडक छेछाउबाट बटुलिएका प्लाष्टिकका झुत्रा र खरपात बालिएको ‘घूर’ यिनको जाडोको सहारा देखिन्छ । “के गर्नु हजुर ! हामी गरिबको जुनी यस्तै हो”, आफ्नो अवस्थामा चित्त बुझाउँदै भङ्गाहा–४ की हेमनी सदा भन्छिन्, “खाने बस्ने केही छैन, भगवानले यस्तो जुनी किन दियो होला ?”

मुसहर धन सञ्चय नगर्ने समुदाय मानिन्छन् । बिहान बनी गरेर ल्याएको अन्न आधा खान र आधा बेचेर नुन तेलको जोहो गरेपछि दिउँसो मुसा र माछा मार्न निस्कने मुसहर रातको खानामा यिनै परिकार सबै परिवार एकसाथ वरिपरि बसेर खान्छन् ।

पछिल्ला आठ–नौ दिनदेखि भने यिनीहरूको तालिका मौसमले बिग्रेको छ । “न बनी गर्न जान पाइएको छ, न माछा मार्न”, भङ्गाहा–४ कै पलार बस्तीकी सियानकीदेवी बाँतर भन्छिन्, “यतिखेर भोट लिएर जितेकाको आस लाग्छ, तर अहिलेसम्म कोही हेर्न आएनन् ।”

जिल्लामा २०७८ को राष्ट्रिय जनगणनाअनुसार मुसहरको जनसङ्ख्या २७ हजार ३५२ रहेको छ । बाँतर भङ्गाहा नगर क्षेत्रमा मात्र हुँदा दुई हजार जति छन् । माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्ने मुसहर अझै जिल्लामा ५० पुगेका छैनन् भने उच्च शिक्षामा त २० प्रतिशत पनि नपुगेका जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्ण बताउँछन् । यिनको उत्थानका लागि पहिलो कुरा शिक्षा भएको हुँदा यिनीहरूलाई आर्थिक क्रियाकलापमा जोड्दै शिक्षामा पहुँच बढाउन तीनै तहका सरकारको समन्वयात्मक प्रयत्न आवश्यक रहेको कर्णको ठम्याइ छ ।

अहिले चिसोले बढेको बनिहारा बस्तीको राहतका लागि सम्बन्धित स्थानीय तह र जिल्लास्थित विपद् व्यवस्थापन समितिले तत्काल पहलकदमी लिनुपर्ने सामाजिक अभियान्ता बताउँछन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending