Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

१० हजार कर्मचारीको माग, वैशाख अन्त्यसम्ममा भर्ना खुल्ने

काठमाडौं। देशभरका ७५३ स्थानीय तहमध्ये ५ सय स्थानीय तहले झन्डै १० हजारको संख्यामा कर्मचारी माग गरेका छन् । देशभरका स्थानीय तहमा विभिन्न पदमा झन्डै १६ हजार कर्मचारी दरबन्दी रिक्त छ ।

ती स्थानीय तहले केन्द्रीय लोकसेवा आयोगमार्फत पदपूर्ति गरिदिन आग्रह गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा माग आकृति फाराममार्फत रिक्त कर्मचारीको विवरण पठाएका हुन् । माग भई आएका पदमा विभिन्न सेवा समूहका बढी छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम सम्पन्न भएलगत्तै स्थानीय तहमा अपुग रहेका कर्मचारीको विवरण माग गरेको थियो । केन्द्रीय लोकसेवा आयोगमार्फत स्थानीय तहको रिक्त दरबन्दीमा पदपूर्ति गर्ने उद्देश्यसहित सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहसँग रिक्त दरबन्दी विवरण माग गरेको हो ।

मन्त्रालयले प्रदेश तथा स्थानीय तहलाई शुक्रबार (२० वैशाख)सम्म रिक्त कर्मचारी माग गर्ने समयसीमा दिएको थियो । यस अवधिमा ५ सय स्थानीय तहले झन्डै १० हजारको संख्यामा कर्मचारी पदपूर्तिको माग गर्दै माग आकृति फाराम पठाएको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए ।

मन्त्रालयले स्थानीय तहबाट माग भई आएका १० हजार रिक्त दरबन्दीको सूचीकृत गरी लोकसेवा आयोग पठाउने तयारी गरेको छ । हाल मन्त्रालयले लोकसेवासँग माग गरिने पदहरूको प्रतिशत निर्धारण गर्ने कार्य थालेको छ ।

मन्त्रालयले गत ८ वैशाखमा पहिलोपटक पत्र लेख्दै सबै स्थानीय तहसँग रिक्त दरबन्दीको विवरण माग गरेको थियो । त्यसयता दुईपटक पत्र लेख्दै मन्त्रालयले सबै स्थानीय तहलाई २० वैशाखसम्म रिक्त कर्मचारीको दरबन्दी विवरण पठाउन ताकेता गरेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending