Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

ढुक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर पुँजी परिचालन गर्न आग्रह गरेका छन् ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)उद्योग वाणिज्य सङ्घको ७७ औँ बैठकमा भाग लिने सिलसिलामा राजधानीमा रहेको सङ्घका पदाधिकारीहरूसँग आज प्रधानमन्त्री निवासमा भएको अन्तरक्रियामा उनले प्रत्यक्ष वैदेशिक लगानीका निम्ति सरकारले अनुकूल वातावरण बनाएको बताए ।

वैदेशिक लगानीको सुरक्षा, प्रतिफल स्वदेश लैजाने सुनिश्चिततासमेत गरिएको जानकारी दिँदै उनले निजी क्षेत्रलाई देशको औद्योगिक उन्नयनमा लाग्न सदैव प्रेरित गरिएको बताए । प्रधानमन्त्रीले भने, “निजी क्षेत्रलाई हरतरहले सघाइरहेका छौँ, सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्दै उद्यमी व्यवसायीका समस्या समाधान गरिरहेको छ”

नेपालले मात्र नभई दक्षिण एशियाली देशले नै आिर्थक विकास र उन्नतिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली आफ्नो चाहना भएको उनले बताए ।

समग्र दक्षिण एशियाको समृद्धिका निम्ति अहिले उपयुक्त समय भएको तथा यहाँको उर्वर भूमि, खनिज र खानीयुक्त क्षेत्र तथा ऊर्जाशील युवा जनसङ्ख्याले समृद्धितर्फको यात्रामा फड्को मार्न सहज हुने धारणा व्यक्त ग।रे । साझा लक्ष्य र उद्देश्य प्राप्तिका लागि दक्षिण एशियाली देशबीच सहकार्य र साझेदारी हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

वर्तमान सरकारले सुशासन र विकासलाई उच्च महत्व दिएको जानकारी दिँदै उनले राजनीतिक अस्थिरता र अशान्ति समृद्धिको बाधक भएकाले त्यस्ता बाधा व्यवधान चिर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।

हालै श्रीलङ्कामा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै प्रधानमन्त्री ओलीले मानवताविरुद्धका त्यस्ता आततायी कृत्यको जति भत्र्सना गरे पनि कम हुन्छ भने ।

सङ्घका अध्यक्ष रुवान इदरिसंघेले दक्षिण एशियाली राष्ट्रहरूबीच आर्थिक एवम् व्यावसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी आकर्षणका माध्यमबाट यस क्षेत्रको समृद्धिका लागि सङ्घ क्रियाशील रहेको बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending