Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

नारुहितो बने जापानका नयाँ सम्राट, गरे विश्वशान्तिको कामना

जापानका नयाँ सम्राट नारुहितोले बुधवार विधिपूर्वक राज्यारोहण गरेका छन्। राज्यारोहणको औपचारिक र परम्परागत विधि सम्पन्न भएपछि पहिलो पटक भाषण गर्दै उनले विश्वको जनताको सुख, देशको प्रगति र विश्वशान्तिको कामना गरेका छन्।

उनका बुवा आकिहितोले राजगद्दी परित्याग गरेको दिनको मध्यरातपछि जापानी राजसंस्थाका उत्तराधिकारी नारुहितो औपचारिक रूपमा सम्राट बनेका हुन्।

बिहान आयोजित प्रतीकात्मक समारोहमा सम्राट नारुहितोलाई उनका पूर्वजको नासो हस्तान्तरण गरिएको थियो।

नारुहितो नयाँ सम्राट बनेपछि रेवा नाम दिइएको नयाँ युग आरम्भ भएको छ। जापानी भाषामा रेवाको अर्थ सुव्यवस्था र सामन्जस्य हो। जापानमा सम्राट फेरिएपछि नयाँ युग सुरु गर्ने प्रचलन छ।

छोटो मन्तव्यमा ५९ वर्षीय नारुहितोले भावुक हुँदै आफ्ना बुवा आकिहितोप्रति कृतज्ञता व्यक्त गरे।आकिहितोले देशका सेवा गरेको उल्लेख गर्दै सम्राट नारुहितोले भने, उहाँले आफ्नो कर्तव्य गम्भीरतापूर्वक ३० वर्षदेखि निर्वाह गरे।

उहाँले आफ्नो आचारबाटै ठूलो दयाभाव देखाए। म उहाँप्रति हार्दिक सम्मान र प्रशंसा प्रकट गर्न चाहन्छु। जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन। तर उनी राष्ट्रिय प्रतीकका रूपमा चिनिन्छन्।

उमेर र स्वास्थ्यका कारण देखाउँदै ८५ वर्षीय आकिहितोले पदत्याग गरेका थिए।दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले पदत्याग गरेका हुन्।

समारोहमा के भयो ?

शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोह स्थानीय समयानुसार बिहान १०स्१५ बजे सुरु भएको थियो। सामान्य तर गहन साङ्केतिक अर्थ राख्ने सो समारोहमा नारुहितोलाई एउटा तरबार, एउटा बहुमूल्य जुहारात तथा ऐना दिइएको थियो।

सम्राट नारुहितोलाई उनका पूर्वजको नासो हस्तान्तरण गरिएको थियो ।केन्जी-टो-शोके-नो-गी भनिने सो समारोहमा राजपरिवारका पुरुष सदस्य मात्रै उपस्थिति थिए। त्यसमा महिला सहभागी हुने चलन नभएकाले नयाँ साम्राज्ञी मासाको उपस्थित भइनन्।

उनन्साठी वर्षीय नारुहितोलाई एउटा तरबारको प्रति र एउटा बहुमूल्य रत्न दिइएको थियो।ती वस्तुलाई जापानी साम्राज्यको शक्तिको प्रतीक मानिन्छ र जापानको राजपरिवारमा पुस्तौँदेखि त्यसरी नै नयाँ सम्राटलाई दिइँदै आएको छ।

उनलाई हस्तान्तरण गरिएको शाही खजानामा एउटा ऐना पनि छ। त्यसलाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ र सधैँ एउटा मन्दिरमा राख्ने गरिएको छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending