दमक। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई समयअनुसार परिमार्जन गर्दै व्यवस्थित र सुदृढ दलका रूपमा अघि बढाइने बताएको छन् ।
प्रेस युनियन झापाको आयोजनामा बिहीबार झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले पार्टी अहिले नियमित महाधिवेशनतर्फ अग्रसर भइसकेको जानकारी दिए । विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले वैधानिकता दिइसकेको उल्लेख गर्दै उनले पार्टीभित्र अब कुनै विवाद नरहेको स्पष्ट पारे।
उनले कांग्रेसभित्र लामो समयदेखि राजनीति गर्दै आएका अग्रज तथा अभिभावकहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनीहरूलाई सम्मानपूर्वक समेट्दै अघि बढ्ने बताएको छन् । “हाम्रो उमेर बराबर राजनीति गरेका अभिभावकहरू पार्टीमा हुनुहुन्छ, उहाँहरूलाई साथमै लिएर अघि बढ्छौँ,” उनले भने।
उपसभापति शर्माले संसद्मा पनि कांग्रेसको भूमिका सशक्त र जिम्मेवार हुने बताए। प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेस संयमित, परिपक्व र खबरदारीपूर्ण ढङ्गले प्रस्तुत हुने उहाँको भनाइ थियो । शर्माले बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीलाई रूपान्तरण गर्दै जनताको अपेक्षाअनुसारको कार्यशैली अपनाइने समेत जानकारी दिए।
उनले वर्तमान सरकार पाँच वर्ष निरन्तर चलोस् र जनताको अपेक्षा पूरा गरोस् भन्ने पक्षमा आफूहरू रहेको स्पष्ट पारे । संविधान संशोधन लगायतका विषय वा जनहितमा हुने जुनसुकै कार्यमा सरकारलाई आफ्नो सधैँ साथ र सहयोग रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०८३ - १३:२५
कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...
आषाढ़ १३ गते, २०८३ - १३:१२
काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...
आषाढ़ १३ गते, २०८३ - १२:५५
ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...
आषाढ़ १३ गते, २०८३ - १२:२७
काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...
आषाढ़ १३ गते, २०८३ - ११:४७
विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...
आषाढ़ १३ गते, २०८३ - ११:३१
म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ राताखोला स्थित ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा टिप्परको ठक्करबाट एक मजदुरको मृत्यु भए...
आषाढ़ १३ गते, २०८३ - ११:२०
काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट क...
आषाढ़ १३ गते, २०८३ - ११:०७
काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९...
आषाढ़ १३ गते, २०८३ - १०:३५
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध ३–० को सहज अग्रता बनाएको छ। बेल्जियमका लागि पहि...
आषाढ़ १३ गते, २०८३ - १०:१७
पर्वत । आर्थिक वर्षको अन्त्यमा बजेट तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले सार्वजनिक बिदाको दिन पनि गाउँपालि...



प्रतिकृया लेख्नुहोस्: