अछाम । मेल्लेख गाउँपालिका–३ ठाँटीका बासिन्दा लालपुर्जाविहीन छन्। तीन दशकमा तीनपटक जग्गाको नापजाँच हुँदा पनि स्थानीयले धनीपुर्जा पाउन सकेका छैनन्। ४ सय घरधुरीले कानुनी रूपमा जग्गा कारोबार गर्न पाएका छैनन्।
तत्कालीन ठाँटी गाविसमा २०४५र४६ मा पूरै जग्गा नापनक्सा कार्य सम्पन्न भएको थियो। तर, छिमेकी कुस्कोट गाविस–३ सँग सीमा विवाद हुँदा जग्गा दर्ता रोकिएको थियो। तत्कालीन दुई गाविसबीचको भेलाबाट ०५५ मा आधा–आधा जग्गा लिने सहमति भएको थियो। ०५५ मा सबै जग्गाको नाप, नक्साको काम सम्पन्न भएको ठाँटीका नरेन्द्र नेपालीले बताए।
मालपोत कार्यालयले जग्गा दर्ताका लागि सातदिने सूचना निकालेको थियो। मालपोत जाँदा कार्यालय प्रमुख नहुँदा दर्ता हुन नसकेको स्थानीय शंकर शाहले बताए। ‘देशमा सशस्त्र द्वन्द्व चल्यो। ०५८ मा सदरमुकाम ध्वस्त हुँदा भएभरका सबै प्रमाण नष्ट भए’, उनले भने, ‘लालपुर्जा नहँुदा समस्या भएको छ।’
माओवादीले आक्रमण गर्दा जिल्ला सदरमुकाममा रहेको नापी, मालपोत कार्यालय ध्वस्त भएको थियो। जग्गासम्बन्धी अभिलेख नष्ट हुँदा दर्ता प्रक्रिया अवरुद्ध बनेको थियो।
नापी टोलीले ०७२ मा जग्गाको पुनः नापजाँच गरी आफूसँग भएका प्रमाण ल्याएर जग्गा दर्ता गर्न आउन सूचना निकाल्यो। तर, प्रमाण नहुँदा जग्गाको पुर्जा लिन नसकिएको वडाध्यक्ष केशबहादुर शाहको भनाइ छ।
विभिन्न ठाउँमा पहल गर्दा पनि कुनै निर्णय हुन नसकेको स्थानीय हेमराज शाहले बताए। पछिल्लो समय जिल्लाभर नापी भए पनि कागज नभेटिएपछि लालपुर्जा वितरण गर्न नसकिएको नापी कार्यालयले जनाएको छ। जग्गा भोगचलन गर्दै आए पनि स्वामित्व आफूहरूसँग नहुँदा बेचबिखन गर्न र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाएको स्थानीय रामबहादुर शाहले बताएको खबर आजको अन्नपूर्णमा छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: