Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

प्रधानमन्त्री नयाँ सरकार गठनको तयारीमा

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार दक्षिणपन्थी दलहरुसँग मिलेर नयाँ सरकार गठन गर्ने तयारी थालेका छन् । गत मङ्गलबार सम्पन्न संसद (नेसेट)को चुनावमा नेतान्याहुको लिकुड पार्टी सबैभन्दा बढी स्थान जितेर पुनः ठूलो पार्टी बनेको थियो ।

प्रधानमन्त्री नेतान्याहु अब मुलुकको इतिहासमै पहिलो पटक पाँचौं कार्यकालका रुपमा प्रधानमन्त्री बन्न लागेको हो । भ्रष्टाचारको आरोपका कारण उदारबादी दलबाट कडा चुनौती दिइए पनि अन्ततः ६९ वर्षीय नेतान्याहुको लिकुड पार्टी संसदमा सबैभन्दा ठूलो दल बन्न सफल भएको थियो ।

प्रधानमन्त्री नेतान्याहुका निकट सहयोगी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतान्याहुको विजयबाट आफू अत्यन्त प्रसन्न रहेको बताउँदै ह्वाइट हाउसले लामो समयदेखि प्रतिक्षा गरिरहेको मध्यपूर्वको “शान्ति योजना” मा रचनात्मक सहयोग प्राप्त हुने विश्वास गरेको बताए ।

प्रधानमन्त्री नेतान्याहुलाई पूर्व सैनिक बेन्नी गान्जको ब्यू एन्ड ह्वाइट पार्टीले कडा चुनौती दिएको थियो । दुबै पार्टीले समान स्थानमा जित दर्ज गरेपनि नेतान्याहुलाई कट्टरपन्थी, राष्ट्रवादीहरुले समर्थन जनाएका छन् । नेतान्याहुको गठबन्धनले १२० सदस्यीय संसदमा ६५ स्थान जितेका छन् ।

गान्जले चुनावको नतिजालाई स्वीकार गरेका छन् । तर अन्तिम नतिजा शुक्रबार मात्र सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति रुभेन रिभलिन समक्ष दुबै नेतामध्ये एकलाई प्रधानमन्त्रीमा नियुक्त गरी सरकार गठन गर्न निमन्त्रणा दिनुपर्ने अवस्था छ । तर पछिल्लो राजनीतिक गठबन्धन र जोडघटाउका आधारमा राष्ट्रपतिका अघिल्तिर नेतान्याहुलाई आमन्त्रण गर्नुको विकल्प छैन ।

गठबन्धनका नेताहरुबीच विभिन्न पक्षमा गम्भीर विचार विमर्श पनि हुनसक्ने देखिएकाले सरकारले पूर्णता पाउन केही दिन लाग्ने देखिएको छ ।

राष्ट्रपति रिभलिनले अर्को साताबाट सरकार गठनका बारेमा पार्टीका नेताहरुसँग छलफल गर्ने बताएका छन् । राष्ट्रपतिको कार्यालयले यस्तो विचारविमर्शलाई इजरायलको इतिहासमा पहिलोपटक प्रत्यक्ष प्रसारण गरिने जनाएको छ । एएफपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending