किस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर विवादबारे भारतसँग शान्ति हुन सके यो क्षेत्रकै लागि महत्त्वपूर्ण उपलब्धि हुने बीबीसीलाई बताएका छन्।
आठ महिनाअघि प्रधानमन्त्री बनेका क्रिकेटका पूर्वखेलाडी खानले परमाणुशक्तिसम्पन्न दुई छिमेकी मुलुकले संवादमार्फत् मात्रै आपसी मतभेदहरू सुल्झाउन सक्ने बताए।
कश्मीरमा हिंसा चर्केको केही हप्तापछि भारतमा निर्वाचनको तयारी भइरहेको बेला पाकिस्तानी प्रधानमन्त्रीको यो टिप्पणी आएको हो।
भारत(प्रशासित कश्मीरमा भारतीय सुरक्षाकर्मीहरूमाथि आत्मघाती आक्रमण भएपछि भारतले पाकिस्तानी भूमिमा हवाई आक्रमण गरेको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको देशलाई के सन्देश दिन चाहनुहुन्छ भन्ने प्रश्नमा बीबीसीका विश्वमामिला सम्पादक जन सिम्सनलाई खानले कश्मीर मुद्दा सुल्झाइनुपर्ने र अहिलेजस्तै त्यो सधैँ रहिरहन नसक्ने भने।
दुवै देशका सरकारको पहिलो काम हामीले गरिबी कसरी घटाउँछौँ।।। त्यो भनेको हामीले संवादमार्फत् आपसी मतभेदहरू सुल्झाएर गर्ने हो र हामीबीच एउटै मतभेद छकश्मीर। निर्वाचन अभियानका क्रममा भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानविरोधी अभिव्यक्ति दिने गरेका छन् र राष्ट्रिय सुरक्षासम्बन्धी मुद्दामाथि जोड दिएका छन्।
भारतको निर्वाचनलाई धेरैले मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीबारे हुन लागेको जनमतसङ्ग्रहका रूपमा हेरेका छन्।
बिहीवार मतदान आरम्भ हुनेछ र मे महिनासम्म चल्नेछ।
पाकिस्तानी प्रधानमन्त्री खानले दुई छिमेकी मुलुकबीच रहेको मुठभेडको खतराबारे पनि बोले।
ूतपाईँले जबाफी कदम चालेपछि त्यसको नतिजाबारे कसैले पनि अनुमान गर्न सक्दैन।ू
यदि फेरि आएर भारतले पाकिस्तानमाथि आक्रमण गरेको भए त्यसको जबाफ दिनुबाहेक अरू विकल्प पाकिस्तानसँग हुने थिएन,उनले थपे।
अतः त्यस्तो परिस्थितिमा दुई परमाणुशक्तिसम्पन्न थिए। मलाई लाग्यो त्यो धेरै गैरजिम्मेवार थियो।
सत्तामा आएको आठ महिनाको अवधिमा इमरान खानले सञ्चारमाध्यमलाई एकदमै कम अन्तर्वार्ता दिएका छन्।
बीबीसी र केही ब्रिटिश तथा अमेरिकी समाचार संस्थालाई भेटघाटका लागि निम्त्याइनुको कारण उनले भारतको निर्वाचनको पूर्वसन्ध्यामा उसलाई एउटा सन्देश दिन चाहनु हो।
उनले मित्रताका लागि प्रस्ताव गरिरहेका थिए । हाम्रा साझा समस्याको हल गर्न मिलेर काम गरौँ।
वास्तवमा इमरान खान अहिलेको माहोललाई सहज बनाउन चाहन्छन्।
पाकिस्तानको अर्थतन्त्र ठिक अवस्थामा छैन। भारतसँगको तिक्ततापूर्ण सम्बन्धका कारण विदेशी लगानी रोकिएको छ।
पाकिस्तान सरकारले इस्लामवादी लडाकु समूहहरूलाई आफ्नो भूमिबाट सञ्चालित हुन दिएको आरोपलाई खानले जोडदार रूपमा अस्वीकार गरे।
उनले यसअघिका कुनै पनि पाकिस्तानी सरकारले आफ्नो सरकारले जस्तो आतङ्कवादी समूहमाथि कारबाही नगरेको कुरामा जोड दिए।
खानका लागि सबै कुरा कश्मीर समस्याको समाधानमा निर्भर गर्नेछ।
उनका अनुसार पाकिस्तान र भारतले त्यो समस्याको समाधान खोजे भने बाँकी सबै कुरा सजिलै तरिकाले सुल्झिन सक्छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: