Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कुन सम्पादकले कति तलब खान्छन ?

काठमाडौं, पत्रकारले १० हजार तलब नपाएका कथा पटक पटक आउँछन् । २० वर्षअघि जारि भएको  श्रमजीवि पत्रकार कानूनको बारेमा खुबै चर्चापनि हुन्छ । पत्रकार महासंघको विवरण अनुसार अहिले देशभर १२ हजार पत्रकार छन् । ती मध्ये मुस्किलले एक हजार पत्रकार होलान् जसले नियमित रुपमा १० हजार भन्दा धेरै तलब पाउने गरेका छन् । तर,नेपालमा केही औंलामा गन्न सकिने सम्पादकहरु छन् जसको मासिक तलब महिनामा  लाख रुपैयाँ भन्दा धेरै छ । नेपालमा झण्डै एक दर्जन सम्पादकहरु मासिक रुपमा डेढलाख भन्दा बढी कमाउँछन् । महिनामा डेढलाख भन्दा बढि कमाउनेहरुमा बीबीसीका रविन्द्र मिश्र,कान्तिपुरका सुधीर शर्मा,काठमाडौ पोष्टका अखिलेश उपाध्याय,सेतोपाटीका नारायण वाग्ले र अमित ढकाल, खोज पत्रकारीताका शिव गाउँले, राष्ट्रपतिका प्रेस सल्लाहाकार राजेन्द्र दहाल, र मिडिया कन्सल्ट्यान्ट विनोद भट्टराई,रघु मैनाली, नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षितर प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधान पर्छन् । ती मध्ये कतिले कर नतिर्नेगरि मालिकबाट मासिक रुपमा रकम बुझ्ने गर्छन् । एक लाख देखि डेढलाख सम्म महिनामा तलब खानेहरुमा अन्नपूर्ण पोष्टका युवराज घिमिरे,नागरिकका गुणराज लुइँटेल, द हिमालयन टाइम्सका प्रकाश रिमाल, हिमालका किरण नेपाल, नेपालका प्रशान्त अर्याल, कान्तिपुरका हरिबहादुर थापा, साप्ताहिकका सुवास ढकाल, रिपब्लिककाका सुवास घिमिरे, नयाँ पत्रिकाका कृष्णज्वाला देवकोटा पर्छन् । यसै गरि कान्तिपुर टेलिभिजनबाट सरुवा गरिएका तिर्थ कोइराला, हालका सम्पादक दिलभूषण पाठक,  उज्यालो रेडियोका गोपाल गुरागाइँ महिनामा  लाख तलब खानेमा पर्छन् । स्रोत भन्छ यी पत्रकार मध्येपनि कतिले पेरोलमा तलबको अंक एउटा र मालिकबाट अण्डरटेबल अंक बेग्ले बुझ्ने गर्छन्  । विभिन्न  कार्यक्रम बनाएर वा टीभी कार्यक्रम उत्पादन गरेर पनि महिनामा लाख भन्दा बढी कमाउनेहरु छन् । जापानी टिभिका नेपाल संवाददाता लक्ष्मण उप्रेती, प्रशिक्षक मोहन मैनली,  समकोण कार्यक्रमकी निर्मला शर्मा, साझा सवालका दिपक भट्टराई र कार्यक्रम सञ्चालक विद्या चापागाइँको पनि महिनामा लाख भन्दा बढी तलब रहेको बताइन्छ । यसै गरी कारोबारका सञ्जय न्यौपाने र आर्थिक अभियानका मदन लम्साल पनि महिनामा लाख बुझ्ने सम्पद हुन् भन्छन् मिडिया मालिकहरु । आजको साँघु साप्ताहिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies