Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

दक्षिण कोरियाली राष्ट्रपतिको भनाई - शान्तिवार्ताप्रति अमेरिका उत्तर कोरिया प्रतिबद्ध छन्

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले केही समययतादेखि जारी रहेको शान्तिवार्ताप्रति अमेरिका र उत्तर कोरिया दुवै प्रतिबद्ध रहेका बताएका छन् ।

उनले सोमबार राजधानी सोलमा आफ्ना केही निकटस्थ व्यक्तिहरुको बैठकलाई सम्बोधन गर्दै भने – शान्तिवार्ता तथा उत्तर कोरियामा निशस्त्रीकरण गर्ने भन्ने विषयप्रति अमेरिका र उत्तर कोरियाले आफ्नो प्रतिबद्धता देखाएका छन् ।

उनले यस विषयमा दक्षिण कोरिया, उत्तर कोरिया र अमेरिकाको प्रतिबद्धता एकसाथ रहेको र यी देश अब शान्ति प्रक्रिया र निशस्त्रीकरणबाहेकको अर्को कुनै एजेण्डामा पछि फर्किन नसक्ने पनि बताए ।

अमेरिका र उत्तर कोरियाबीचको दोस्रो चरणको वार्ताका क्रममा केही सामान्य कठिनाइका कारण कुनै सम्झौता हुन नसकेको भए पनि आगामी दिनमा वार्ताले निरन्तरता पाउने छ र यी विषयमा हामीहरु एकसाथ अघि बढ्ने छौँ ।

तर सो दोस्रो चरणको अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको बैठकमा पनि शान्ति प्रक्रियालाई निरन्तरता दिने र कोरियाली प्रायद्वीपमा विगतमा जस्तो अशान्तको अवस्था हुन नदिने बारेमा भने सहमति भएको उनले बताए ।

उनको यो भनाई उनी यही अप्रिल ११ मा अमेरिका जानुअघि आएको छ । उनी यही अप्रिल ११ मा अमेरिका भ्रमणमा जादै छन् र त्यहाँ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने छ ।

उनले आफ्नो भ्रमण उत्तर कोरियाको निशस्त्रीकरणका साथै कोरियाली प्रायद्वीपमा शान्ति प्रक्रियालाई पूर्णता दिने विषयमा नै केन्द्रित हुने धारणा राखेको सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।

पछिल्लो समयमा उत्तर कोरियाले आफू निशस्त्रीकरणका लागि तयार भएको बताएको छ भने त्यसमाथि अमेरिकाले विश्वास गरेको छैन ।

यी दुई देशबीच भियतनामको हनोइमा फेब्रुअरी २७ र २८ तारिखमा भेटवार्ता भएको थियो । त्यस उच्चस्तरीय वार्तामा कुनै नयाँ कुरामा सहमति या सम्झौता नभएको भए पनि शान्तिवार्तालाई निरन्तरता दिने बारेमा दुवै देश सहमत भएका बताइएको छ । सिन्ह्वा

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies