Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

कर्णाली नदीसंग कर्णालीको ईतिहाँस र अर्थतन्त्र जोडिएको छ - मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली नदीसंग कर्णालीको ईतिहाँस, सभ्यता र अर्थतन्त्र जोडिएको बताएका छन् । तेश्रो राष्ट्रिय नदी शिखर सम्मेलन–२०७५को आज सुर्खेतमा उदघाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली नदी कर्णालीवासीको जीवनसंग जोडिएको बताए ।

ईतिहाँसमा रेशमी मार्गका रुपमा परिचित कर्णाली करिडोर वंगाल र भोटको व्यापार जोडने ठुलो आर्थिक करिडोर रहेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले अव पनि कर्णालीलाई मुलुककै ठुलो अर्थतन्त्र निर्माणका लागि जुटनुपर्ने बताए । धार्मिक महत्वको मानसरोवर पुग्ने पर्यटकहरुका लागि कर्णाली करिडोर सवै भन्दा छोटो रुट हुने चर्चा गर्दै मुख्यमन्त्री शाहीले धार्मिक पर्यटनका दृष्टिले पनि कर्णालीको महत्व धेरै रहेको बताए ।

कर्णालीको प्राकृतिक स्वच्छता र सुन्दरताको संरक्षण अपरिहार्य रहेको वताउदै मुख्यमन्त्री शाहीले कर्णालीको सुरक्षाका लागि सरोकारवाला सवै लाग्नुुपर्ने बताए ।

कर्णाली करिडोरमा सडक पुर्वाधारको विकासका लागि प्रदेश सरकार लागिपरेको वताउदै मुख्यमन्त्री शाहीले अवको ५ वर्षभित्र सडकमार्गवाटै पर्यटकहरु मानसरोवर जाने दावी गरे ।

केही महिना अघि नदी संरक्षण संस्थाको अगुवाईमा कर्णाली नदीको उत्पत्ति स्थल तिव्वत देखि गंगा नदी सम्म ४४ दिन लगाएर गरिएको अध्ययनमा आधारित वृत्तचित्र पनि कार्यक्रममा प्रदर्शन गरिएको थियो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज उद्घाटन गरिएको शिखर सम्मेलन दैलेखको राकममा ३ दिनसम्म चल्ने वताईएको छ ।

शिखर सम्मेलनमा नेपाल र नेपाल वाहिरका वैज्ञानिक, नदी संरक्षण अभियन्ता, पत्रकार लगायतको सहभागिता रहेको छ । शिखर सम्मेलनको आयोजक संस्था नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले विविधतायुक्त विश्वका ५ महत्वपुर्ण नदी मध्ये एउटा नदी कर्णाली रहेको कारण कर्णालीको अवस्था अध्ययन, नदी संरक्षण लगायतका विषयमा सम्मेलनमा व्यापक छलफल हुने जानकारी दिए ।
सम्मेलनको अन्त्यमा कर्णाली घोषणापत्र जारी गरिने पनि उनले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies