Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

उत्तर फर्केर सुते हृदयघात ! कति सुत्ने ? कसरी सुत्ने ?

काठमाडौं। स्वास्थ्यका लागि आराम एकदमै महत्वपूर्ण हुन्छ। आरामका लागि मानिसले आनन्दसँग सुत्नुपर्ने हुन्छ। तर, सुत्दा लापरवाही गरेमा स्वास्थ्यलाई प्रतिकूल असर पर्छ। कुन दिशामा शिर अनि कुन दिशामा गोडा पारेर सुत्दा राम्रो हुन्छ भन्ने कुरामा ध्यान पुर्‍याउनु पर्दछ।

दक्षिण दिशामा शीर अनि उत्तर दिशामा गोडा पारेर सुत्नु सर्वोत्तम मानिन्छ। यसरी सुत्दा धेरै बिमारी भइँदैन। वातावरणमा चुम्बकीय शक्ति रहेको हुन्छ र यो शक्ति दक्षिणबाट उत्तरतिर गइरहेको हुन्छ। हामीले दक्षिणतिर शीर पारेर सुत्दा यो ऊर्जा हाम्रो शिरबाट पसेर गोडाको बाटो हुँदै निस्कन्छ। यसरी ऊर्जाको यात्राको क्रममा भोजन पनि मजाले पच्छ। यसरी सुतेर बिहानीपख उठ्दा हाम्रो दिमाग शान्त हुन्छ र हामी ताजापन महशुस गर्छौं।

यसको ठीक उल्टो दक्षिण दिशामा गोडा पारेर सुत्दा चुम्बकीय ऊर्जा गोडाबाट छिरेर शीरतिर पुग्छ। त्यो चुम्बकीय ऊर्जाले तपाईंको मस्तिष्कमा अनावश्यक दबाब दिन्छ किनकि शरीरका विभिन्न अंगलाई छुँदै छिरेको ऊर्जालाई मस्किष्कले सोस्छ र भारी बढाउँछ। त्यो अवस्थामा तपाईं ५ देखि ६ घण्टा रहनुभयो भने दिमागलाई लगातार दबाब परिरहन्छ र रोगहरू लाग्न थाल्छ।

दक्षिण दिशातर्फ शीर पारेर सुत्न सकिएन भने पूर्व दिशामा शीर अनि पश्चिम दिशामा गोडा पारेर सुत्नु राम्रो हुन्छ। सूर्य पूर्व दिशाबाट उदाउँछ र बिहान पूर्व दिशातर्फ शीर हुँदा सूयको पहिलो प्रकाश पर्छ।

दक्षिण दिशामा किन सिरानी बनाउनुपर्छ ? यसको धार्मिक महत्व के छ ? वैज्ञानिक रहस्य के छ ? किन उत्तरतर्फ सिरानी बनाउनु हुँदैन ? उत्तर वा पश्चिमतर्फ सिरानी बनाए के हुन्छ ? खासमा राम्रो स्वास्थ्यका लागि पौष्टिक आहार, योग ध्यानका साथसाथै नियमित दिनचर्या पनि जरुरी छ। दिनचर्यामा सही समयमा उठ्ने र सुत्ने तालिका पनि चाहिन्छ।

यसमा आफ्नै किसिमको धार्मिक महत्व दर्शाइएको छ । यद्यपि कतिपय धार्मिक मान्यतामा वैज्ञानिक अर्थ एवं रहस्य पनि लुकेको हुन्छ । जस्तो कि, सिरानी कुन दिशामा लगाउने वा कता टाउको फर्काएर सुत्ने भन्ने कुराको पनि वैज्ञानिक कारण छ ।

के छ त वैज्ञानिक अर्थ ?

खासगरी पृथ्वीमा चुम्बकीय तत्व हुन्छ। यसमा दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकिय तरंग प्रवाहित भइरहेको हुन्छ। जब हामी दक्षिणतर्फ शीर अर्थात टाउको राखेर सुत्छौं, तब यी उर्जा हाम्रो शरीरमा प्रवेश गर्छ। र खुट्टाबाट निस्किएर बाहिर जान्छ। यही कारण बिहान उठ्दा मान्छेले ताजगी महशुस गर्छन्।

तर, यदि उत्तरतर्फ टाउको फर्काएर सुत्छौ, तब ठीक विपरित ढंगले हाम्रो शरीरमा चुम्बकीय तरंग प्रवाह हुन्छ। जस्तो कि खुट्टाबाट प्रवेश गरेर शीरबाट निस्कन्छ। यसको साइड इफेक्ट भनेको हामीलाई मानसिक समस्या हुन्छ। अल्जाइमर वा मस्तिष्कसम्बन्धी समस्या हुन्छ। उच्च रक्तचापमा पनि यसको कारण मानिएको छ। त्यसैले दक्षिणतर्फ टाउको फर्काएर वा सिरानी बनाएर सुत्नुपर्छ।

सिरानी कता बनाउने भन्ने कुरा पृथ्वीको चुम्बकीय अवस्थितिलाई आधार मानेर तय गरिएको हो। कुन दिशातर्फ सिरानी बनाउँदा सही हुन्छ र कुन दिशा गलत हुन्छ भन्ने कुरा यसैले निर्धारण गर्छ। त्यसो त पूर्वी दिशामा पनि सिरानी बनाएर सुत्न सकिन्छ। यसले पनि स्वास्थ्य एवं मानसिकतामा राम्रो प्रभाव पार्ने बताइन्छ। यद्यपि, सूर्योदय हुने स्थानमा खुट्टा पारेर सुत्नु हुँदैन, अर्थात पश्चिमतर्फ सिरानी राख्नु राम्रो होइन।

शरीर विज्ञान के भन्छ ?

हाम्रो मुटु शरीरको तल्लो आधा भागमा छैन, त्यो तीन चौथाइ माथिल्लो भागमा छ । किनभने मुटुले रक्त प्रवाह गराउँदा शरीरको तल्लो भागभन्दा माथिल्लो भागमा बढी गाह्रो हुने गर्छ, गुरुत्वाकर्षणको कारण। त्यसैले मुटुभन्दा तलको भागमा रक्त प्रवाह हुने धमनीभन्दा मुटुबाट माथि रक्त प्रवाह गर्ने धमनी बढी परिष्कृत हुन्छ । माथिल्लो भागमा रगत प्रवाह गराउँदा त्यो अत्यन्तै सानो सिरामा हुन्छ, अर्थात कपालको रौं बराबर।

यदि त्यसमा अतिरिक्त रगतको बूँद थपियो भने, त्यो फुटेर रक्तश्राव हुनसक्छ। धेरैजसो मान्छेको मस्ष्तिकमा रक्तश्राव हुन्छ। यसले खासै ठूलो हानी गरिरहेको हुँदैन। तर, सामान्य असर भने गरिरहेकै हुन्छ। ३५ वर्षपछि मान्छेको स्मरणशक्ति वा ग्रहण गर्ने क्षमतामा ह्रास आउनुमा पनि यस्तै कारण हुन्छ ।

जब हाम्रो शरीरमा रगतसँग जोडिएको कुनै समस्या हुन्छ, जस्तो कि एनीमिया वा रक्तअल्पता, तब चिकित्सकले आयरन अर्थात् फलाम सेवन गर्नुपर्ने सुझाव दिन्छन्। हामीले पृथ्वीको चुम्बकीय क्षेत्र अर्थात् म्याग्नेटिक फिल्डको बारेमा सुनेकै छौं। पृथ्वीमा चुम्बकीय शक्ति शक्तिशाली हुन्छन्।

यदि हामी सुत्दा उत्तर दिशातर्फ टाउको बनाएर सुत्यौ भने वा लगातार यस्तै अवस्थामा ६–७ घण्टा बितायौं भने, चुम्बकीय आकर्षणको दबाव हाम्रो दिमागमा पर्छ। यसले टाउकोको रक्तप्रवाहमा पनि पूरै प्रभाव पार्छ। चुम्बकीय आकर्षणको कारण टाउकोमा बढी रक्तश्राव हुन्छ, त्यही कारण तपाई उत्तेजित भएर उठ्नुहुनेछ, अर्थात तपाईंको निद्रा बीचमै टुट्नेछ।

अहिलेका मानिसहरु धेरै अनिद्राको समस्या झेलिरहेका छन्। धेरैको निद्रा खल्बलिएको छ। यसो हुनुमा हाम्रो खराब जीवनशैली, दिनचर्या, खानपान, चिन्तन मूल कारण हो। यदि हामीले हाम्रा पिता पूर्खाले अभ्यास गर्दै आएका तौर तरिकालाई पालना गरेको भए यस्तो समस्या हुँदैनथ्यो। हामीले परम्पराभित्र विज्ञान छ भन्ने बुझ्न सकेको भए अनिद्राको समस्या टर्थ्यो।

जब तपाईं उठ्नुहुन्छ, दायाँतर्फ घुम्नुहोस् र बिछ्यौनाबाट बाहिर आउनुहोस्। किनभने निद्राबाट उठ्नसाथ मेटाबोलिक प्रक्रिया एकदम धीमा हुन्छ। यस्तो अवस्थामा अचानक ओछ्यान छाड्दा मुटुमा दबाव पर्छ। उठ्नसाथ हात दुवै हात रगड्नुहोस्। यसले गर्दा तपाईंको सबै नाडी सक्रिय हुन्छ। उठ्नसाथ मन्द मुस्कुराउने अभ्यास गरौं। किनभने हरेक बिहान हाम्रो निम्ति नयाँ जीवन हो।

कति सुत्ने, कसरी सुत्ने ?

सुत्ने ओछ्यान सही दिशामा, सही ढंगले राखेको हुनुपर्छ। शयन कक्षा शान्त, खुला हावा आउजाउ गर्ने हुनुपर्छ। नियमित तालिका अनुसार सुत्नुपर्छ। खाना खाए लगत्तै सुत्नु हुँदैन। सुत्नुअघि मनलाई शान्त बनाउनुपर्छ ।

व्यवहारिक कुराहरु मनमा खेलाउनु हुँदैन। राति चाडै सुत्ने र बिहान चाडै उठ्ने बानी गर्नुपर्छ। कम्तीमा सात वा आठ घण्टा मस्त निदाउनुपर्छ।

हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुुस्। यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ। मनमा डर, अहम र खराव सपना समेत आउँदैन। सपनाविहिन सुताइले शरीर पुनर्जाग्रित हुन्छ।

सुत्ने बेला सिरानीमुनी फलामको उपकरण राख्नु राम्रो मानिन्छ। यसले तपाईको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ। वालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण चलेको हो।

सुत्ने समयमा सिरानीमुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुन्छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र बिहान उठ्दा ताजा महशुस हुने समेत शास्त्रले उल्लेख गरेको छ। पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: