विदेशी भूमिमा रहेर पनि नेपाली गीतसंगीतमा आफुलाई निरन्तरता दिईरहेका गीतकार अर्जुन रत्न भिकारीको एकल शब्द रचना रहेको एल्बम ‘पञ्चामृत’ सार्वजनिक भएको छ । लोकप्रिय संगीतकार सुनिल मास्केको एक्ला संगीतमा तयार भएको एल्बमलाई राजधानीमा एक कार्यक्रम बीच आइतवार साँझ नेपाली गीतसंगीतका महारथीहरू यादव खरेल , दीप श्रेष्ठ र शम्भुजित बास्कोटाले एकसाथ विमोचन गरेका थिए । लेखनको लागि चिनिने यादव खरेल , गायक दीप श्रेष्ठ र संगीतकार शम्भुजित बास्कोटा तिनै गीतसंगीतका सर्जकलाई प्रमुख अतिथि बनाउदै एल्बम बिमोचन गरिएको हो । पाँच गीतसंग्रहित यो एल्बम दर्शक तथा श्रोताको लागि पञ्चामृत सावित हुने विस्वास यससँग जोडिएको सर्जकको छ । एल्बम विमोचनपछी आफ्नो मन्तव्य राख्दै वरिष्ठ गीतकार यादव खरेलले एल्बममा सबै किसिमको गीत रहेको बताए ।
’अर्जुनजीको शब्दले सबै भाव व्यक्त गर्छ , त्यसैले नाम पनि सुहाएको छ’ उनले भने ’उनको शब्दले व्यक्त गर्ने भावमा दर्शक तथा श्रोता जोडिने ठाउ प्रसस्तै देखेको छु भने कम्पोज पनि उस्तै कर्ण्प्रिय छन् ।’ साथै , अर्जुनको सांगीतिक निरन्तरताको पनि चर्चा भयो । उनले अघिल्लो वर्ष मात्र ’जय माया प्रेम’ एल्बम लिएर आएका थिए । ’शब्द र संगीतलाई न्याय गर्ने स्वर छानिएको रहेछ’ दीपले शुभकामना दिदै भने ’शब्द र संगीतलाई न्याय गर्ने स्वर खोज्नु नै पहिलो सफलता हो , शब्दको भाव र संगीतको गुन्जलाई स्वरले न्याय गरेका छन् ।’ उनले गीत सुनेको र आफुलाई मन परेको प्रतिक्रिया दिए । यसैगरी संगीतकार बास्कोटाले पनि एल्बमको तारिफ गरे । ’समय सुहाउदो शब्द र संगीत छ त्यसैले पनि यो श्रोता र दर्शकको रोजाईमा पर्छ’ संगीतकार बास्कोटाले शुभकामना दिदै भने ’सुनिलजीको कुरा त के गर्ने अर्जुनजीको लेखनमा भविष्य उज्वल छ ।’ आफुले निम्त्याएको प्रमुख अतिथिहरुबाट पाएको प्रतिक्रियाले अर्जुन दंग थिए ।
’मैले गत वर्ष देखि रचना गरेको शब्दलाई गीतको रुप दिएको हु’ अर्जुनले भने ’यसमा सबै किसिमका गीत छन् , आश छ पछिल्लो गीत झैँ यसमा पनि उतिकै माया पाउनेछु ।’ सुनिलले पनि अर्जुनको शब्द राम्रो भएकाले नै एकल कम्पोजमा एल्बम गर्न सहमत भएको बताए । ’हाम्रो प्रयासलाई पहिलो सार्वजनिक गीतले धनले होइन मनले नै प्रस्ट्याउछ’ उनले भने ’उँहाको शब्दले गीतको भावलाई व्यक्त गर्छ , यसैले हामीले सहकार्य गरेका हौ ।’ एल्बम विमोचन समारोहलाई दुई लोकप्रिय सञ्चारकर्मी दिनेश डिसी र नरेश भट्टराईले होस्ट गरेका थिए भने कलाकारहरु किरण केसी , दीपाश्री निरौला , रमेश उप्रेती , निर्मल शर्मा , भिडियो निर्देशक सहेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
यसमा पाँच गीत संग्रहित छन् जसमा धनले होइन मनले , जवानीको ऐना हजुर , परैदेखि , मन मनै त हो , तिम्रा ति झुटा बोलका गीत रहेका छन् जसलाई क्रमश सुरज थापा , मेलिना राई , सुरेश लामा , प्रमोद खरेल र स्वरूपराज आचार्यले स्वर दिएका छन् । एल्बमलाई भाइबस क्रिएसनको तर्फबाट पर्शुराम रिजालले बजार ब्यबस्थापन गरेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: