Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

सांसद योगेश भट्टराईको भावुक वक्तव्यः प्रिय बहिनी विद्या म कुनै शब्दले सहानुभुती ब्यक्त गर्न सक्दिन

काठमाडौं । नेकपाका नेता तथा सांसद योगेश भट्टराइले आफ्ना अनन्य मित्र तथा पर्यटनमन्त्री
रविन्द्र अधिकारीको निधनमा शोक व्यक्त गरेका छन् । आफ्नो घनिष्ट मित्र गुमाउनुको पिडामा भावुक हुँदै मर्मस्पर्शी वक्तव्य जारी गरेका छन् ।

\'हिजो फाल्गुन १५ गते दिउसो साढे १ बजे तीर ताप्लेजुङ जिल्लाको फुङलिङ्ग नगरपालिका – १० सिस्नेभीरमा एआर डाईनेस्टीकको हेलिकप्टर दुर्घटनामा परी सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रविन्द्र अधिकारी, हवाई उड्डयन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यलयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर के।सी। र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु ।

यो दुर्घटनाबाट देशले आशालाग्दो, भरोसायोग्य, विश्वासीलो र दुरदिृष्टी भएको एक युवा राजनीतिकर्मी मेरा अत्यन्तै घनिष्ट मित्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य रविन्द्र अधिकारीलाई गुमाउन बाध्य भएको छ । पृथ्वीनारायण क्याम्पस पोखराको मुखपत्र “माछापुछ्रे” को प्रकाशनको तयारीका शिलशिलामा २०४५ सालमा कीर्तिपुर छात्रावासमा मेरै कोठामा केहि समय रविन्द्र अधिकारी बस्नुभयो । त्यहीबाट हाम्रो चिनजान भयो । त्यहाँदेखि आजसम्म तिनदशक लामो सहयात्रामा मैले रविन्द्र अधिकारीलाई अत्यन्तै सहृदयी मित्र, सरल स्वाभावका, जनप्रिय कार्यशैली, सकरात्मक सोच, देशभक्तिपूर्ण भावना, विकासप्रेमी, दुरदृष्टी र बहुआयामीक संभावना अन्तरनिहित रहेका आत्मीय साथी, प्रिय कमरेड र हाम्रो पुस्ताको भरोसायोग्य राजनीतिक नेताका रुपमा बुझेको छु ।

राजनीतिका अत्यन्तै अप्ठयारा र अनकण्टार क्षणमा उहाँ र म सँगै बसेर सम्भावनाको खोजि गर्दथ्यौ । हामीले देखेको सपना र बनाएका योजनाको कार्यन्वयनमा उहाँको सक्रियता, गतिशिलता तथा सृजनात्मकता मेरा लागी सदैब अनुकरणीय रहे र रहिरहने छन् । पारिवारीक रुपले पनि हामी अत्यन्त निकट रह्यौ । “राजनीतिकको अपराधिकरण र अपराधको राजनीतिकरण” विरुद्ध रविन्द्र अधिकारीको अभियान म र नयाँ पुस्ताका लागि प्रेरक बनिरहने छन् ।

संविधान निर्माण र संसदमा उहाँले खेल्नुभएको भुमिकाले रविन्द्र अधिकारीलाई अनुभवी र सफल विघायकका रुपमा स्थापित गरेको छ । नेपालको संसदमा उहाँको अनुपस्थिति खड्कीरहनेछ । नेपाल सरकारको मन्त्रीका रुपमा गएको एक बर्षमा उहाँको सक्रियता र जिम्मेवारी पुरा गर्ने हुटहुटीको मैले कुनै बयान गर्न सक्दिन सायद आफ्नो यात्रा छोटिदै गएको नियतिप्रति उहाँलाई संकेत थियो की १ म स्तब्ध छु । प्रिय साथी, भौतिक रुपमा गयौं तर म भित्र तिमि सधै रहिरहनेछौं ।

प्रिय बहिनी विद्या तिम्रो पिडामा म कुनै शब्दले सहानुभुती ब्यक्त गर्न सक्दिन । तिम्रो आफ्नै अनुभव, सहास र लाखौ लाख शुभचिन्तकको मायाँले तिम्रो यात्रा निरन्तर अधि बढ्ने छ । आमा÷बुवा छोराहरु, भाई÷बुहारी लगायत समस्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
दुर्घटनामा नेपालको हवाई उड्डयन तथा पर्यटनको क्षेत्रका सुपरिचित व्यक्तित्व आङछिरिङ शेर्पा, नेपाल सरकारका कुशल प्रशासक उपसचिव युवराज दाहाल, हवाई प्राधिकरणका अनुभवि र बरिष्ठ कर्मचारी विरेन्द्रप्रसाद श्रेष्ठ, ध्रुवदास भोछिभया, युवा पाईलट प्रभाकर के।सी। र कर्तव्यनिष्ठ अंगरक्षक अर्जुन घिमिले जीवन गुमाएका छन् । म सबैप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

दुर्घटनाको खवर पाउनासाथ घटनास्थलमा पुगेर परिस्थितीको सुचना दिने, मृतकका शवहरु संकलन गरी सुकेटार विमानस्थलमा पठाउने काममा ताप्लेजुङ जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार, व्यवसायी तथा जनसमुदायको सहासीक कार्यको म मुक्तकण्ठले प्रशंसा गर्दछु । अनकन्टार भौगोलिक अवस्था, प्रतिकुल मौसम, रातभरीको हिमपात, बर्षा, असिना अनि भोक तिर्खाको पर्वाह नगरी उपरोक्त कार्यमा जुट्ने सुरक्षाकर्मी, राष्ट्रसेवक तथा स्थानीय जनसमुदायलाई सम्मानीत गर्न म नेपाल सरकार समक्ष माग गर्दछु । साथै अत्यन्त प्रतिकुलताका विचमा पनि आफ्नो शाहस र कौशल प्रर्दशन गर्ने नेपाली सेनाका पाईलट तथा स्टाफहरुको उच्च कदर गर्न समेत सरकारको ध्यानाकर्षण गर्दछु ।\'

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending