Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

यी छ स्थानको आकाशे पुल असारसम्म सकिने, कुन - कुन ठाउँमा बन्दै छ ?

काठमाडौँ। चिनियाँ सरकारले निर्माण सम्पन्न गरेको कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल निर्माण आगामी असारसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । चिनियाँ निर्माण कम्पनीले तीन ठाउँमा पुल निर्माण सम्पन्न गरेकामा नेपाल सरकारले थप छ ठाउँमा आकाशेपुलको निर्माण गरिरहेको हो । चिनियाँ निर्माण कम्पनीले कोटेश्वर, बागडोल र ग्वार्को गरेर तीन स्थानमा पुल निर्माण सम्पन्न गरेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ । सडक विभागले बालकुमारी, सातदोबाटो, एकान्तकुना, सानेपा, बल्खु र महालक्ष्मीस्थानमा ठेक्का सम्झौतामार्फत् आकाशे पुल निर्माण गर्न लागेको योजनाले बताएको छ । सरकारले आकाशे पुल निर्माण गर्न लागेको छ ठाउँमध्ये पाँच ठाउँमा ठेक्का सम्झौता भइसकेर काम भइरहेको इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए। उनका अनुसार पाँच ठाउँमा काम भइरहेको छ भने महालक्ष्मीस्थानमा छिट्टै ठेक्का सम्झौता हुनेछ । उनले भने, “काम भइरहेका ठाउँमा कुनै पनि अवरोध नभएकाले समयमा नै सकिएला ।” दश किलोमिटर लम्बाइको यो सडकमा चिनियाँ सरकारले निर्माण गरेको तीन आकाशे पुल पर्याप्त नभएको भन्दै सरकारले छ ठाउँमा पुल निर्माण शुरु गरेको थियो । यी छ आकाशे पुल निर्माण सकिएपछि चक्रपथको यस खण्डमा मुख्यमुख्य सबै चोकमा आकाशेपुल हुने आयोजनाले बताएको छ । चार वर्ष पहिले निर्माण शुरु भएको यो सडक गत मङ्सिर २९ मा निर्माण सम्पन्न भएको थियो । काठमाडौँस्थित चिनियाँ दूतावासले गत माघमा सरकारलाई सडक हस्तान्तरण गरेको थियो । चक्रपथकै दोस्रो खण्ड कलङ्कीदेखि महाराजगञ्जसम्मको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० चिनियाँ पक्षले तयार गरिसकेको अर्यालले बताए।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending