फाल्गुन १२ गते, २०७५ आइतवार 24th February, 2019 Sun१६:५३:३६ मा प्रकाशित
काठमाडौँ। चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले रु १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा गर्ने र एक हजार ७५० जनालाई रोजगारी दिने लक्ष्यका साथ उद्योग स्थापनाको प्रतिबद्धता आएको हो ।
उद्योग विभागमा दर्ता भएका उद्योगको आधारमा पछिल्लो समय निजी क्षेत्र सिमेन्ट उद्योग स्थापनाका लागि आकर्षित भएको र ठूलो मात्रामा लगानी गर्न तयार भएको देखिएको छ । खाना पकाउने ग्यासको व्यवसाय गर्दै आउनुभएका उद्योगी शिवप्रसाद घिमिरेसहित नयाँ उद्योगीले समेत सिमेन्ट उद्योगमा लगानी गर्ने इच्छा देखाएका हुन् ।
विभागको विवरणअनुसार पछिल्लो दिनमा झापाको तोपगाछीमा ए प्लस सिमेन्ट उद्योग स्थापना गर्ने भन्दै उद्योगी गुणराज खत्रीले आवेदन दिनुभएको छ । कूल पूँजी रु ४० करोड ८० लाख बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ । सो उद्योगले छ हजार मेट्रिक टन पिपिसी र छ हजार मेट्रिक टन ओपिसी सिमेन्ट उत्पादन गर्ने र ६० जनालाई रोजगारी दिने छ ।
यस्तै स्याङजाको वालिङ–१ मा अथर्व सिमेन्ट उद्योग स्थापना गर्ने गरी उद्योगी पिताम्बर गैरेले विभागमा उद्योग दर्ता गराउनुभएको छ । उद्योगमा कूल पूँजी रु एक अर्ब ५० करोड बराबरको लगानी हुनेछ । सो उद्योगले २५० जनालाई रोजगारी दिनेछ । उद्योगले एक लाख ५० हजार मेट्रिक टन ओपिसी, एक लाख ५९ हजार मेट्रिक टन पिपिसी र ८८ हजार ९८० मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने छ ।
कपिलवस्तुको शिवराज नपा–८ मा उद्योग स्थापना गर्ने गरी उद्योगी राहुलकुमार अग्रवालले सिनर्जी सिमेन्ट प्रालिले विभागमा उद्योग दर्ता गराउनुभएको छ । सो उद्योगमा रु नौ अर्ब ७८ करोड ५८ लाख ९५ हजार बराबरको लगानी गरिनेछ । उद्योगले ३९९ जनालाई रोजगारी दिनेछ । विभागमा प्रस्तुत गरिएको विवरणअनुसार उद्योगले आठ लाख ३८ हजार २०० मेट्रिक टन ओपिसी र तीन लाख ३० हजार मेट्रिक टन पिपिसी सिमेन्ट उत्पादन गर्नेछ ।
यस्तै हाल सञ्चालनमा रहेको मारुती सिमेन्ट उद्योगले सिरहा गोलबजार–९ मा सोही उद्योगको नयाँ शाखा उद्योग स्थापना गर्ने भएको छ । सो उद्योगले रु दुई अर्ब ५७ करोड ८८ लाख २५ हजार बराबरको लगानी गर्नेछ । उद्योगले ५८७ जनालाई रोजगारी दिनेछ । उद्योगबाट छ लाख ६० हजार मेट्रिक टन ओपिसी र १३ हजार २०० मेट्रिक टन क्लिङ्कर उत्पादन गर्नेछ ।
यस्तै उद्योगी देवीप्रसाद मैनालीले काबेली सिमेन्ट इन्ड्रस्ट्रिज विभागमा दर्ता गराउनुभएको छ । झापा हल्दिबारीमा उद्योग स्थापना गर्ने तयारी गरिएको छ । उद्योगले रु ५० करोड लगानी गर्ने भएको छ । कूल ७६ जनालाई रोजगारी दिने लक्ष्य राखेको उद्योगले एक लाख ५० हजार मेट्रिक टन ओपिसी र एक लाख मेट्रिक टन पिपिसी सिमेन्ट उत्पादन गर्नेछ ।
यस्तै ग्याँस व्यवसायी शिवप्रसाद घिमिरेले पनि गरुड सिमेन्ट उद्योग स्थापना गर्ने तयारी गर्नुभएको छ । कूल ३७८ जनालाई रोजगारी दिने लक्ष्यसहित सो उद्योगमा व्यवसायी घिमिरेले कूल पूँजी रु चार अर्ब ८९ करोड १७ लाख ९२ हजार ५०० बराबरको लगानी गर्ने तयारी गर्नुभएको छ । उद्योगले छ लाख २३ हजार ७०० मेट्रिक टन ओपिसी सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
सरकारले लिएको नीतिका कारण नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । सो उद्योगमा रु दुई खर्बको लगानी भएको र वार्षिक रु एक खर्ब ५० अर्बको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यसै वर्षदेखि आत्मनिर्भर भएको हो । निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले अर्को वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने बताउनुभयो ।
संसारमा सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भए पनि नेपालमा सन् १९६० देखि मात्रै उत्पादन शुरु गरिएको थियो । नेपालमा हिमाल सिमेन्टले पहिलो उत्पादन शुरु गरेको थियो । निजी क्षेत्रबाट भने १६ वर्ष पहिलेदेखि मात्रै लगानी शुरु गरिएको हो । नेपालमा हाल ५६ सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन् । उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारी स्वामित्वको हो ।
नेपालमा गत वर्ष ९० लाख टन सिमेन्ट उत्पादन भएको र झण्डै त्यति नै खपत भएको छ । नेपालका उद्योगको क्षमता भने एक करोड ३० लाख टन रहेको छ । विश्वमा सिमेन्टको कूल उत्पादन वार्षिक चार अर्ब २० करोड टन रहेकामा सबैभन्दा बढी चीनले सिमेन्ट उत्पादन गर्दै आएको छ । कूल उत्पादनको ५५ प्रतिशत चीनले उत्पादन गर्ने गरेको छ । खानी तथा भूगर्भ विभागका अनुसार १६८ उद्योगलाई उत्खनन अनुमति दिइएको र ४० वटालाई उत्खनन अनुमतिको प्रक्रियामा रहेको छ । रासस
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: