Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

बजेट नआउँदा खानेपानी आयोजना अलपत्र

काभ्रेपलाञ्चोक। पुनःनिर्माण योजनाअन्तर्गत शुरु गरिएका जिल्लाका खानेपानी आयोजना थप बजेट नआउँदा अलपत्र अवस्थामा छन् । केन्द्रीय सरकारको पुनःनिर्माण शीर्षकको बजेटबाट विसं २०७३ देखि विभिन्न मितिमा शुरु गरिएका ९० खानेपानी आयोजनामध्ये हाल १० मात्रै सम्पन्न भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चौताराका प्राविधिक शिवप्रसाद शर्माले काभ्रेपलाञ्चोकमा बाँकी ८० खानेपानी आयोजनाको थप बजेट नआउँदा अलपत्र अवस्थामा रहेको बताउनुभयो । बनेपा नगरपालिका–३ चुनातालका लिफ्टिङ खानेपानी उपभोक्ता समिति अध्यक्ष टेकप्रसाद दाहालले रु ३० लाखको खानेपानी योजनाको विसं २०७३ साउनमा पहिलो किस्ता १० लाख लिएर शुरु गरिएको बताउँदै त्यसपछि थप बजेट नआउँदा काम अलपत्र अवस्थामा रहेको जानकारी दिए । “बजेट केन्द्र वा प्रदेश सरकारले पठाउनेबारे टुङ्गो नलागेकाले थप बजेट नआएको भन्छन्, हामीलाई योजना छिटो सकेर खानेपानी उपभोग गर्नपाए हुन्थ्यो भन्ने छ”, उनले भने । दाहालका अनुसार यस योजनाको मूलदेखि लिफ्ट गर्ने स्थानसम्म पाइप र एउटा १० हजार लिटरको ट्याङ्की मात्रै निर्माण गरिएको छ भने एउटा रिजर्भ ट्याङ्की निर्माण गरी मुख्य पाइपलाइन र घरघरमा खानेपानी पु¥याउने पाइप विस्तार गर्न बाँकी रहेको छ । खानेपानी आयोजनाअनुसार बजेट छुट्याइए पनि पहिलो किस्तावापतको रकमले शुरु गरिएपछि केही आयोजनाले मात्रै कार्यप्रगतिको आधारमा दोस्रो किस्ता लिएर काम गरेको प्राविधिक शर्माले बताए । उनका अनुसार मुलुक सङ्घीयतामा गएसँगै खानेपानी आयोजनाको बाँकी बजेट रकम केन्द्र सरकार वा प्रदेश सरकारमार्फत आउने भन्ने अन्योलका कारण निर्माणाधीन आयोजना अलपत्र अवस्थामा पुगेका हुन् । मुलुक सङ्घीयतामा गएपछि गत साउनमा काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय हाल सिन्धुपाल्चोकको चौतारामा सारिएको छ । त्यस कार्यालयको कार्यक्षेत्र अब दुवै जिल्ला रहेको छ । डिभिजन कार्यालय प्रमुख राजेन्द्र न्यौपानेले पुनःनिर्माण कार्यक्रमअन्तर्गतको निर्माणाधीन खानेपानी आयोजनाका लागि केन्द्र सरकार वा प्रदेश सरकार कहाँबाट आउने भन्ने अझै अन्योलता रहेको बताए। उनले भने, “यसबारे पहिला प्रदेश सरकारसँग बुझेर मात्रै प्रक्रिया अघि बढाउने योजना बनाएका छौँ ।” उनका अनुसार बजेटको अन्योलताकै कारण डिभिजन कर्यालयको क्रमागत खानेपानी योजना काभ्रेपलाञ्चोकमा ७५ र सिन्धुपाल्चोकमा ६५ वटा अलपत्र अवस्थामा रहेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending