Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

जनआन्दोलन र सशस्त्र सङ्घर्षको माध्यमबाट सफलता प्राप्त भयो - मुख्यमन्त्री गुरुङ

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र सङ्घर्षको माध्यमबाट सफलता प्राप्त भएको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्कीले २४ औँ जनयुद्ध दिवसका उपलक्ष्यमा आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधानसभाबाट संविधान निर्माण गर्नमा जनआन्दोलन र जनयुद्धको एकीकृत तथा निर्णायक भूमिका रहेको बताए। उनले भने, “तत्कालिन एमालेले जनआन्दोलनबाट मात्र परिर्वतन भयो भन्ने, अनि माओवादीले जनयुद्धबाट मात्र भयो भन्नु पुरानो मान्यता हो । नेपालको राजनीतिक परिर्वतन शान्तिपूर्ण र सशस्त्र सङ्घर्षको फ्युजनबाट मात्र भएको हो ।” नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले राजनीतिक अधिकार प्राप्तिपछि अव स्वाधिन अर्थतन्त्रको विकास गरेर समाजवाद स्थापनामा लाग्नुपर्ने बताउँदै मुलुकका तिनै तहका सरकारको मुख्य मुद्दा समृद्धि भएको धारणा व्यक्त गरे । “अहिले जनताको जनवादी व्यवस्थामा छौँ, समाजवादमा जान जनवादी व्यवस्थाले लामो समय पार गर्नुपर्दछ”, उनले भने “सुदृढ र स्वाधिन अर्थतन्त्रको विकास गरेर समाजवादमा जाने हाम्रो लक्ष्य छ ।” मुख्यमन्त्री गुरुङले सरकारलाई काम गर्नका लागि अहिले ठूलो अवसर भएको बताउँदै इतिहास र जनताले कदर गर्ने गरी अर्को निर्वाचनमा यो भन्दा ठूलो स्केलमा विजयी हुनेगरी काम गर्न दृढतापूर्वक लाग्न कार्यकर्तालाई निर्देशन दिए । पार्टीका प्रदेश सह इन्चार्ज तथा सङ्घीय संसद्का सदस्य खगराज अधिकारीले केन्द्रमा गुटगत स्वार्थका कारणबाट पार्टीका तत्लो तहको एकीकरणमा ढिलाइ भएको भन्दै अब प्रदेशका गाउँपालिका, नगरपालिका र महानगरमा एकीकरण प्रक्रियाबाट अघि बढाइने बताए। प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डेले विगतमा नेकपा एमाले र माओवादी दुबैले फरक÷फरक तरिकाबाट सङ्घर्ष गरेको चर्चा गर्दै अब एकीकृृत भएको नेकपाले जनअपेक्षाअनुरुप काम गर्ने विश्वास व्यक्त गरे । जिल्ला पार्टी संयन्त्रका सदस्य दामोदर वैरागी तथा बखानसिंह गुरुङलगायतले अधिकारको आन्दोलनका लागि जनयुद्ध र जनआन्दोलनको महत्वपूर्ण भूमिका रेहको चर्चा गरे ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending