Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

मृत्यु भएका चीनियाँ सङ्गीतकार जीवितै रहेको देखिने भिडियो सार्वजनिक

हिरासतमै मृत्यु भएका भनिएका उइगर सङ्गीतकार जीवितै रहेको देखिने भिडिओ चिनियाँ सरकारी सञ्चार माध्यमले सार्वजनिक गरिदिएको छ। फेब्रुअरी १० तारिखमा खिचिएको त्यो भिडिओमा अब्दुरेहिम हेयित जीवितै रहेको र उनले आफ्नो ुस्वास्थ्य राम्रोु रहेको बताएको देख्न सकिन्छ। यसअघि टर्कीले अब्दुरेहिमको हिरासतमा मृत्यु भएको भन्दै चीनको उत्तर पश्चिमी सिन्जियाङ प्रान्तका बन्दीगृहहरू बन्द गर्न चीनलाई आह्वान गरेको थियो। चिनियाँ सरकारी रेडियो चाइना रेडियो इन्टरन्याशनलको तुर्केली भाषा सेवाले अब्दुरेहिम हेयित बोलिरहेको भिडिओ सार्वजनिक गर्दै उनको मृत्यु भएको दाबीका साथ चीनको आलोचना गर्ने टर्कीको कदममा कुनै तुक नभएको बताएको थियो। त्यो भिडिओमा हेयितले आफूले देशका कानुन मिचेको अभियोगमा अनुसन्धान भइरहेको बताइरहेको जस्तो सुनिन्छ। चर्चित संगीतकारको मृत्युपश्चात् टर्की र चीनबीच टकराव आशङ्का किन ? तर हेयित जीवितै देखिने भिडिओ कत्तिको सही हो भन्नेबारे सिन्जियाङका मुस्लिम उइगर समुदायका मानिसहरूले प्रश्न उठाएका छन्। अमेरिकास्थित उइगर मानव अधिकार आयोजनाकी अध्यक्ष नुरी तुर्केलले त्यो भिडिओका केही पक्ष शङ्कास्पद रहेको बीबीसीलाई बताएकी छन्। मुस्लिम समुदायका उइगरहरू टर्कीको भाषासँग मिल्दोजुल्दो भाषा बोल्छन् र उनीहरू चीनको पश्चिम उत्तरी सिन्जियाङ क्षेत्रमा बसोबास गर्छन्। टर्कीसँग भाषा र संस्कृति मिल्ने हुनाले थुप्रै उइगरहरू हालैका वर्षहरूमा चीनबाट भागेर टर्की गएका छन्। उनीहरूका क्रियाकलापमाथि चीनले हालैका वर्षहरूमा कडा निगरानी राख्दै आएको छ। टर्कीको विदेश मन्त्रालयले बन्दीगृहमा राखिएका उइगरहरूलाई यातन दिइएको भन्दै चिन्ता व्यक्त गरेपछि चीन र टर्कीबीच तनाव देखिएको छ। बीबीसी https://twitter.com/i/status/1094606833061228549
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending