Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

अठार वर्षदेखि सिक्रीले बाँधिएर गाइगोठको बासमा छन् फुलराम, कसरी यस्तो भयो ?

बर्दिया। गोठ मानिसले आफूले पालेका गाईगोरु, भैँसी बाँध्ने ठाउँ हो । गोठमा गाई, भैँसी, बाख्रा नै राखिन्छ, बाँधिन्छ तर बाँसगढी नपा–४ शङ्खरियाका ४० वर्षीय फुलराम थारू त्यही गोठमा गाईगोरुसँगै नजिकै बाँधिएर बस्न थालेको १८ वर्ष पुगिसक्योभन्दा विश्वास नलाग्ला तर त्यही सत्य हो । आफ्नै घर छेउमा रहेको गोठमा उनी १८ वर्षदेखि खुट्टामा सिक्रीले बाँधिएर पशुसरह बस्न बाध्य छन् । घरका सदस्यले उनलाई रहरले बाँधेर राखेको भने होइनन् । १८ वर्ष अघिसम्म उनी अन्य सामान्य मानिससरह दैनिकी कार्य गर्दै जीवन बाँचीरहेका थिए तर अचानक उनको बानी व्यवहारमा सामान्यभन्दा फरक आनीबानी देखिन थाल्यो । एक शुरमा हिँड्न थाले । कसैले बोलाइ दिए वा चलाइ दिए नजिक भेट्टाएको जुनकुनै हतियारले आक्रमण गर्न थालेपछि भने परिवारका सदस्यलाई समस्या पर्न थालेपछि बाँधेर राख्नुको विकल्प नरहेको बुबा आइतबारी थारूले बताए । घरकै आफ्नै दाजुलाई लाठ्ठीले हानेर बेहोस बनाएका थिए । आफैँले जन्माएको छोरालाई निधारमा हानेर घाइते बनाए । उनको निधारमा लागेको घाउमा टाँका लगाउन परेको थियो । त्यसपछि झनै फुलरामलाई गोठमै हल गोरुसँगै बाँधिएर बस्न परेको छ । गोठको सबैतिर खुला छ । एकातिरको खम्बामा सिक्रीले बाँधेर उनको खुट्टा पनि बाँधिएको छ । बस्न र सुत्नका लागि छेउमै दुईवटा काठको पटरा राखिएको छ । उनी उठेर हिँड्न परेको खण्डमा आधा मिटर वरिपरि मात्रै हिँड्न सक्छन् । सुत्न पर छेउमै राखिएको दुई काठको पटराकै सहारा लिनुको विकल्प छैन । फुलराम जो कोहीले गरेको कुराकानी बुझ्छन् । कसैले उनीसँग कुरा गर्न खोजे पनि उनी कुनै प्रतिक्रिया दिँदैनन् । भोक लागेको अवस्थामा आमा भोग लाग्यो खाना ल्याउँ भन्छन् । आफू खान मन लागेको खानेकुरा माग्छन् । आफू मात्रै खान्छौँ । मलाई दिँदैनाँै भन्दै रिसाउँछन् । बाँधिएको ठाउँमा उनको नजिक गएर सरसफाइ गर्न नसक्ने अवस्था भएकाले समस्या भएको आमा पार्वती थारूले बताए । फुलरामलाई मानसिक समस्या देखिन थाले पनि उनको परिवारले शुरुआतमा उपचार पनि गराएका हुन् । आर्थिक अवस्था कमजोर भएका कारण नेपालगञ्जसम्म लगेर मात्र उपचार गर्नसकेको बुबा आइतबारी थारूले बताए । सम्पत्तिको नाममा सुकुम्वासी आयोगले दिएको पाँच कट्ठा जमीन र बस्नलाई सानो छाप्रा मात्र छ । सबै बेची उपचारमा लगाउँ भने परिवार पाल्न समस्या हुने भएकाले जे होला सहन पर्ला भन्दै छोरालाई बाँधेर राख्नुको विकल्प नभएको दुखेसो बाबु आइतवारीले पोखे । बाँसगढी नपा–४ का वडाध्यक्ष रजमान थारूले फुलराम मानसिक रोगी रहेको र उनको अवस्था हेरि अपाङ्गताको रातो परिचयपत्र बनाउनका लागि सहयोगबाहेक केही पनि नगरेको र गर्न पनि नसकिने बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending