Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

नेपाल–अमेरिका सम्बन्ध चिसाे, सरकारको ब्रिफिङमा अमेरिकी राजदूत आएनन्

काठमाडौँ । भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल–अमेरिका सम्बन्ध थप पेचिलो बनेको छ । आजको कान्तिपरमा खबर छ – अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गर्न वासिङटन डिसीस्थित नेपाली राजदूत अर्जुन कार्कीलाई विदेश मन्त्रालयमा बोलाएर प्रस्टीकरण लिएको छ । यता प्रधानमन्त्री केपी शर्मा ओलीसहितले कूटनीतिक समुदायलाई गरेको ब्रिफिङमा शुक्रबार काठमाडौंमा रहेका अमेरिकी राजदूत अनुपस्थित भएका छन् । अमेरिकी सरकारले नेपालसँग पार्टीको वक्तव्य र सरकारको धारणा एउटै भएरनभएको बारेमा डिसी र काठमाडौं, दुवै ठाउँमा जानकारी लिइएको काठमाडौंस्थित अमेरिकी दूतावासका एक प्रवक्ताले कान्तिपुरलाई जानकारी दिएकी छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बोलाएको र प्रधानमन्त्री ओली सरिक ब्रिफिङमा अमेरिकी राजदूत र्‍यान्डी बेरी नआई उपप्रमुख माइक गोन्जालोजलाई पठाएका थिए । राजदूत काठमाडौंमै हुँदा त्यसरी सरकारको सर्वोच्च ब्रिफिङमा सहभागी नहुनुलाई सरकारसँग सम्बन्ध चिसिएको प्रमाणका रूपमा जानकारहरूले लिएका छन् । सरकारले होटल अन्नपूर्णमा मध्याह्न कूटनीतिक नियोगका प्रमुखहरूलाई आफ्नो पञ्चशीलमा आधारित विदेश नीति र चैतमा आयोजना गर्न लागिएको लगानी सम्मेलनबारे जानकारी गराइरहँदा अमेरिकी राजदूत बेरी आफ्नै निवासमा केही सम्पादक र पत्रकारहरूसँग अनौपचारिक छलफलको तयारीमा थिए । दाहालकै धारणासँग मिल्ने गरी सरकारको पनि वक्तव्य मंगलबार आएलगत्तै अमेरिकी दूतावासले सञ्चारकर्मी र कूटनीतिक वृत्तका मानिसलाई अनौपचारिक रूपमा भेटघाट गरी भेनेजुएलाबारेआफ्नो सरकारको धारणा जानकारी गराउन थालेको छ । प्रस्टीकरणको जवाफका रूपमा आएको सरकारको वक्तव्यले केही पनि प्रस्ट नभएको बरु मामिला झनै बोझिलो भएको अमेरिकी दूतावासको बुझाइ छ । राजदूत बेरीले परराष्ट्रमन्त्री ज्ञवालीसँग पनि भेटिसकेका छन् । त्यसबाट समेत अमेरिकाको जिज्ञासा शान्त हुन नसकेको जानकारहरूले अथ्र्याएका छन् । यता शुक्रबार दाहालले पुनस् वक्तव्य निकाल्दै भेनेजुएलामा अमेरिकाको साम्राज्यवादी हस्तक्षेप भएको भन्ने आफ्नो अघिल्लो वक्तव्य सही भएको र आफू त्यसमा अडिग रहेको बताएका छन् । काठमाडौंमा भएको कूटनीतिक ब्रिफिङमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको कूटनीति सबैसँग मित्रता र कसैसँग पनि वैरभाव नराखी चल्ने बताएका थिए । उनले चैतमा हुन लागेको लगानी सम्मेलनमा दस वर्षपछि मध्यम आयको राष्ट्र बन्ने नेपालको सपना साकार पार्ने गरी लगानी भित्र्याउन आर्थिक कूटनीति अवलम्बन गर्न लागेको पनि बताए । सरकारले आममाफी दिने गरी संक्रमणकालीन न्यायको विधेयक ल्याउन लागेको भन्दै त्यसको विरोधमा केहीअघि संयुक्त वक्तव्य जारी गरेको कूटनीतिक समुदायलाई सम्बोधन गर्दै ज्ञवालीले त्यस्तो कदापि नहुने आश्वासन दिए । ज्ञवालीले ब्रिफ गरेपछि राजदूतहरूले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउने वातावरण कसरी बनाइँदैछ र त्यसको विश्वसनीय आधार के हो भनी प्रश्न गरेका थिए । त्यसको जवाफमा अर्थमन्त्री युवराज खतिवडाले कानुनहरू संशोधन गरेर लगानी सुरक्षाको पूर्ण प्रत्याभूति दिने प्रतिबद्धता जनाएका थिए । छलफलको अन्तमा प्रधानमन्त्री ओली आएर नेपाल आर्थिक कूटनीतिको क्षेत्रमा अघि बढेको भन्दै लगानी सम्मेलनलाई सफल पार्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका थिए । प्रधानमन्त्री ओली डावोसबाट फर्केलगत्तै कूटनीतिक समुदायलाई बोलाएर ब्रिफिङ गर्ने तयारी परराष्ट्रले गरेको थियो । ओली डावोस हुँदै अमेरिकासहित पश्चिमा राष्ट्रका कूटनीतिक प्रमुखहरूले संक्रमणकालीन न्यायका बारेमा सरकारको धारणा प्रस्ट हुनुपर्ने भन्दै पीडितलाई आममाफी दिने गरी संशोधित विधेयकको तयारीबारे चासोसाथ संयुक्त वक्तव्य जारी गरेका थिए । त्यसबाट असन्तुष्ट प्रधानमन्त्री ओलीले जुरिचमै हुँदा शान्ति प्रक्रियामा नेपाललाई कसैलाई सिकाइरहनु नपर्ने भन्दै उक्त पश्चिमा वक्तव्यको विरोध जनाएका थिए । प्रधानमन्त्रीसहितको ब्रिफिङमा अमेरिकी राजदूतको अनुपस्थिति अमेरिकी असन्तोषको प्रस्ट संकेत भएको पूर्वराजदूत दिनेश भट्टराईले बताए । लोकतान्त्रिक व्यवस्था भएका बेला नेपाल र अमेरिकाबीच यस्तो उतारचढाव पहिलोपल्ट भएको एक अनुभवी कूटनीतिज्ञ तथा अमेरिकाका लागि पूर्वराजदूतले कान्तिपुरलाई बताए । ‘यो हाम्रो कच्चा कूटनीतिक व्यवहारको परिणाम हो,’ नाम नलेख्ने सर्तमा उनले भने, ‘कुनै पनि कूटनीतिक सम्बन्ध नभएको भेनेजुएलाबारे बोल्नै नपर्ने विषयमा बोलिदिएर हामीले सुखदुस्खको मित्र अमेरिकालाई ज्यादै नराम्रोसँग चिढयाइदियौं, जसको असर आउने दिनहरूमा झनै देखिनेछ ।’ आफूसँगको अनौपचारिक कुराकानीमा नियोगका अधिकारीहरू सरकारको आधिकारिक धारणाबाट नाखुस रहेको प्रस्टै खुलेको उनको बुझाइ छ । ‘दाहालको विज्ञप्ति आएपछि सरकारको धारणा के के हो भनेर अमेरिकाले मागेको प्रस्टीकरणको उत्तर दिने समयमा बिग्रन लागेको सम्बन्ध सुधार्ने मौका प्रधानन्त्रीलाई थियो,’ उनले भने, ‘तर, त्यसलाई सदुपयोग गर्नुको साटो पार्टी अध्यक्ष दाहालकै लाइनमा दुई अर्थ लाग्ने वक्तव्य निकालेपछि अमेरिका थप रुष्ट भएको हो ।’
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending