Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

राजदूत लक्की शेर्पाले दिइन् राजीनामा, हेर्नुहोस् राजीनामाको पूर्णपाठ

काठमाडौं । अस्ट्रेलियका लागि नेपाली राजदूत लक्की शेर्पाले शुक्रबार राजीनामा दिएकी छन् ।दुई महिनादेखि विवादै विवादमा फसेकी शेर्पाले आज पत्राकार सम्मेलन गरि राजिनामा दिएकि हुन् । बिहीबार अष्ट्रेलियाबाट स्वदेश फर्किएकी उनले आफ्नबारे न्यायिक फैसला हुने अपेक्षासहित राजीनामा दिएर बाटो खोलिदिएको जिकिर गरेकी छन् । राजीनामाको पूर्णपाठ आदरणीय पत्रकार साथीहरु, जिम्मेवारीको हिसाबले अष्टे«लियाको लागि नेपाली राजदुतको जिम्मेवारीमा रहेको हुँदा मेरो बिरुद्ध आएको भ्रम, लान्छना र निराधार आरोपहरु तत्काल चिर्नको लागि कुटनीतिक मर्यादाको कारण आफुमाथि एकोहोरो भ्रम, लान्छना र फरेबको पहाडै खसेपनि मुकदर्शक झै बस्नु परेको यहाँहरुलाई बिदितै छ । म यहाँहरु समक्ष प्रेस बिज्ञप्ती मार्फत सत्य प्रष्ट पार्ने अनुमति चाहन्छु । गलत नियत राखी, एकतर्फी ढंगले आएको अतिरञ्जनाको जवाफ दिन आवश्यक नभए पनि यस्ता बिषयले सर्बसाधारणमा भ्रम सिर्जना भएकोले यसको निवारण गर्न आवश्यक ठानेर नै यो प्रेस बिज्ञप्ती प्रेषित गरेको छु । घटनाको वास्तविकता र यथार्थलाई थाती राखेर एकाध मिडियाको  पछाडि लागेर आफ्नो देशको डिप्लोम्याट जो रातदिन देश र जनताको हितार्थ समर्पित छ त्यस्ता ब्यक्तिहरुलाई मानमर्दन गर्ने परम्पराको थालनी हुनु दुखद छ ।  यस्तो गलत परम्पराले हाम्रो समाज कता जाला, मुलुकलाई कहाँ पुर्याउला ? यो बिचारणीय कुरो छ । शरणार्थी माध्यमबाट पी.आर. पाउने र केही ब्यक्तिले देशकै ब्यवस्थाको मानमर्दन गर्दै पी.आर. दिलाउन एसाईलमको खेती गर्ने कुचेष्टाले मेरो निजी सहयोगी वाङ्छु शेर्पालाई प्रयोग गरी कथिएको भ्रमजाल स्वरुप हामीमाथि आधारहिन, नियोजित तरिकाले निराधार आरोप लगाइएको छ । जतिसक्दो गलत आरोपहरु राजदुत बिरुद्ध संग्रह गर्ने कुचेष्टाले फरक प्रसंगमा प्रत्यक्ष बोलिएका कुराहरुलाई टेलिफोन वार्ता भनेर नियोजित र गैरकानुनी तरिकाले तोडमोड गरेर फरार रहेका ब्यक्तिले जनमानसमा भ्रम सिर्जना गरेको स्पष्ट छ । हामीमाथि संगिन र आधारहिन आरोप लगाउनु भन्दा अगाडि एकचोटी घोत्लिएर सोच्नु जरुरी छ मेरो जीवनको करियरको सुरुवात नै मानबतस्करी  बिरुद्धको अभियानबाट  शुरु भएको हो । गाउँको दुरदराज, झुपडी देखि अन्तराष्ट्रिय मञ्च हुँदै नीतिनिर्माण तहसम्म भूमिका रहेको छ । कैयौ पीडितहरुलाई नयाँ जीवन जिउने आधार दिएको छु । दुखेको घाउमा मल्हमपट्टी लगाउने काम गरेकी छु । मेरो शैक्षिक स्थिति, पारिवारिक पृष्ठभूमि, राजनीतिक सामाजिक आर्थिक हैसियत, साथै पदीय जिम्मेवारीको हिसाबले सभासद हुँदै यहाँसम्म आईपुग्दा सबै तह र तप्काका मानिसहरु मेरोबारे बिबेकशील समाजका कोहीपनि अनभिज्ञ छैनन्् । मेरो जीवन खुला किताब जस्तै छ । मेरो सर्बस्व भनेकै ईमान्दारिता हो । मिथ्या आरोपको बारेमा सम्बन्धित दुताबासहरुसँग सत्यतथ्य जानकारी लिन सकिने सुचनाको हक यहाँहरु सबैमा छ । निजी सहयोगी ल्याउने हकमा मन्त्रालयको आफ्नै किसिमको बिधि प्रक्रिया र स्रोतसाधन छ । यसर्थ सम्बन्धित व्यक्तिको  कार्यगत र भाषिक परिक्षण लिईएता पनि निजको नियत र ईमान्दारिताको परिक्षण लिन चुक्यौ र समस्याको जड त्यहि नै रह्यो । बिदेशमै बस्ने लालसाले अन्ततः जसरी पनि पि.आर. पाउन यसैको सौदाबाजी गर्ने ब्यक्तिको चंगुलमा पुगें । केही सञ्चार माध्यममा काल्पनिक कथा बनाएर बिचार सहि सम्प्रेषण नगरि वास्तविक पीडितहरुको कुरै नसुनी एकपक्षीय रुपमा ठगिमा संलग्न ब्यतिको भनाई मात्र सम्प्रेषण गरी जनमानसमा दिग्भ्रमित पार्ने काम गरेका छन । यो आर्थिकसँग जोडिएका मामिला भएकोले निजले सामाजिक सञ्जालमा दावी गरिएको  हाम्रो बैक खाता लगायत सम्पूर्ण आर्थिक कारोबार अनुसन्धानको लागि खुला राखिएको छ । पत्रकार साथीहरु, मिती २०७४ मंसिर ५ गते देखि नै नेपाल सरकार परराष्ट्र मन्त्रालय लगायत अष्ट्रलियाको सम्बन्धित निकायमा निजको चोरी ठगी सम्बन्धी गैरकानुनी कृयाकलापको बारेमा पत्रमार्फत कारबाहीको लागि पीडितहरुले पठाएको प्रमाणसहित उजुरी पठाउनको साथै २०७४ साल मशिर ११ गते र २०७५ साल मंसिर १६ गते ताकेता गरि परराष्ट्र  मन्त्रालयमा पत्र पठाएको हो । कुटनीतिक माध्यमबाट बर्षौदेखि पठाएको पत्र परिपत्रलाई कुनै सुनुवाई नहुने तर जस्केलाबाट कसैले  चिच्याएको भरमा आफ्नै कुटनीतिक नियोग प्रमुखको बिषयमा छानबिन समिति बनाउने  यो देशको कस्तो बिडम्बना ? कस्तो दुर्भाग्य ? कुटनीतिक प्रतिष्ठा र मर्यादा माथि प्रहार हुने गरी कसैले नियोजित घटना घटायो भने अन्य मूलुकहरुले सत्यको गहिराई पत्ता लगाएर आफ्नो प्रतिनिधिको आवाज सुन्ने गम्भिरता प्रस्तुत गरेका उदाहरणहरु छन् । निजले मेरो बिरुद्ध आरोप लगाएपछि अनुसन्धानमा सहयोग गर्न मैले आफ्नो कुटनीतिक उन्मुक्ती खुला (Diplomatic immunity waive )  अष्ट्रेलियन सरकार समक्ष पेश गरेको अवगतै छ । अष्टे«लियन सरकारले म माथि लागेको सम्पूर्ण आरोप झुठा साबित गर्दै ससम्मान कुटनीतिक रुपमा काम गर्ने हौसला प्रदान गरिएको गरिसकेको जानकारी गराउन चाहन्छु । पत्रकार साथीहरु, अष्ट्रेलियास्थित नेपाली दुताबास सम्हाल्न आई पुगेदेखिनै नेपाल सरकारले दिएको जिम्मेवारी यहाको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका लगायत अष्टे«लियन समाजमा गर्विलो छाप बनाउन सफल भएका थियौ । अष्ट्रलियामा ठुलो संख्यामा नेपाली विद्यार्थीको उपस्थिती रहेको छ नेपाली समुदाय लगायत सेवाग्राहीका लागि बाहै महिना २४ सै घण्टा नेपाली समुदायमा खटिएर काम गरेकी छु यहाँको स्थानीय बिदामा पनि अहोरात्र खटिएर काम गरेको यहाँ सेवाग्राहिहरुकै भनाइबाट बुझ्न साकिन्छ । डिप्रेसन र अनेकौ रोगका शिकार भएकाहरुलाई आफ्नै र कन्सुलर जेनेरलहरुसँग मिलेर नेपाल उनिहरुको स्वेच्छाले फर्काउने काम गरेकी छु, अन्य नेपाली संघसंस्थाले पनि यसमा पहल लिएको छ ।  अनाहकमा झुटा मुद्धा लगाई फसाईएका नेपालीहरुलाई कठोरतम जेल सजाय हुनबाट बचाएको छु । हाल नेपाली समाजमा समस्याकै रुपमा देखा परेको कयौको घरबार टुट्नबाट जोगाउने काम गरेकी छु । कतिपय नेपालीहरुले दुताबासको क्षेत्रधिकारभित्र यस्ता जिम्मेवारी पनि पर्छन भन्दै अचम्मित भएको पाईयो ।  अझ भनौ नेपालीहरुले अभिभावक नेपाली दुताबास हो भन्ने मान्यता स्थापित गर्ने प्रयास गरेकी छु । दुताबासले पनि पीडित र सेवाग्राहिको  पक्षमा यस्तो भूमिका खेल्न सक्छ भन्ने मान्यता स्थापित गर्नको साथै आँट भरोशा नेपाली समुदायलाई दिएकी छु । यि सबै सम्झदा आफुलाई गर्बको अनुभुति हुन्छ । पत्रकार साथीहरु , यहाँहरुलाई दुखको साथ भन्नैपर्ने हुन्छ आफुले ल्याएको निजी सहयोगीको कर्तुतहरु र पीडितहरुले गरेका उजुरीका चाङहरु मसंग छन् । नक्कली ड्राइभिङ लाईसेन्स धन्धामा देशको शिर्षस्थ नेताको समेत  नाम दुरुपयोग गरी कयौलाई ठगी गरेको, भुकम्पपीडितलाई ट्याक्सी  निकालिदिन्छु भनी दर्जनौलाई ठगी गरेको साथै बिदेश लैजान्छु भनी नक्कली कागजात मात्र होईन नक्कली भिषा नै बनाएर कैयौलाई ठगी गरेको   साथै सन २०१७ सेप्टेम्बरमा अष्टे«लियाको टेलिभिजनबाट प्रसारित एक कार्यक्रममा अन्य देशको निजी सहयोगी भागी प्रोटेक्सन भिषा पाएको घटनाबाट प्रेरित भई हामी न्युजिल्याण्ड गएको मौका छोपी कोही नभएको बेला दुताबासबाट चोरी गरी फरार भएपछि पीडितहरुको सप्रमाण सम्बन्धित निकायमा गरेको उजुरिबाट ठगी धन्धामा लागेको थाहा भयो । पी.आर. पाउने गलत मनासायले धेरैलाई ठगी गर्दै गलत बाटो रोजेकोले, ब्रिजिङ भिषामा रहेका ब्यक्तिले प्रोटेक्सन भिषा रहेको भनी सबैलाई गुमराहमा राखेको र निजले केही एसाईलमका धन्धा चलाएर बसेका ब्यक्तिहरुको उक्साहटमा लागेर आफु र नेत्रित्व तहलाई बदनाम गर्ने नियत देखिएको महसुस भई सम्मानित अदालतले म्याद जारी गर्दा पनि हाल फरार रहेका वाङ्छुलाई नेपाल सरकारले अबिलम्ब  नेपाल झिकाई कानुन अनुसार कारबाही गरी पीडितहरुलाई न्याय दिन अनुरोध गर्दछु । मैले कुनै पदको लागि भन्दा पनि देश र जनताको लागि अहोरात्र खटिएर सेवा गर्दै यो पदमा रहेको हुनाले देश र जनताको हितमा अनबरत र अबिचलित रुपमा एकाग्रताको साथ लागिरहने बाचा गर्दै पदभन्दा आफ्नो मानप्रतिष्ठा र ईज्जतलाई सर्बोपरी ठानी मैले आफ्नो नैतिकताको आधारमा राजिनामा नेपाल सरकार समक्ष पेश गरेको छु ।  एक दिन मर्नुपर्ने जीवनमा ईमान्दारिता, कर्तव्यपरायण र मानव सेवाबाट आजसम्म चुकिन र कहिल्यै चुक्ने पनि छैन । देश र जनता प्रतिको जिम्मेवारीमा अनवरत सेवा गरिरहँदा म माथि भएको चरित्रहत्याको न्याय कहिले र कस्ले दिने ? न्यायिक फैसला होस्, सत्य नमरोस्; त्यसैका लागि मैले बाटो खुला गरेको हुँ । अन्त्यमा, अष्ट्रेलिया र न्युजिल्याण्डका नेपाली दाजुभाइ दिदिबहिनीहरु यहाँहरुले दिनु भएको माया, आत्मियता, सद्भभाव र सहयोगी भावना मेरो लागि अबिष्मरणीय हुनेछ । नेपाल सरकार, नेपालीहरुको साझा संगठन एन.आर.एन.ए. ओसियाना, एन आर एन ए, एन.सि.सी. अष्ट्रेलिया, न्युजिल्याण्ड साथै अन्य नेपाली संघसंस्था, बिभिन्न पेशा व्यबसायमा रहनु भएका साथीहरु, बुद्धिजिबी बर्ग, पत्रकार बन्धुहरु, सम्पूर्ण अबैतनिक बाणिज्यदूत साथीहरु, अष्टे«लियन सरकार  र नेपाली दुताबास क्यान्भेराका साथीहरु साथै अष्टे«लिया,  न्युजिल्याण्ड र विश्वभरी रहनु भएका सम्पूर्ण मेरा शुभेच्छुक, शुभचिन्तक मित्रहरुमा यहाँहरुले दिनु भएको अमुल्य सल्लाह, सुझाब र सहयोगको लागि हार्दिक आभार ब्यक्त गर्दै मुरिमुरी धन्यवाद दिन चाहन्छु । धन्यवाद । लक्की शेर्पा अष्ट्रेलियाका लागि नेपाली राजदूत
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending