Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

सरकारका प्रवक्ता गोकुल बाँस्कोटा भन्छन्- डा. केसीको अनशनको औचित्य सकियो

काठमाडौँ  । प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि डा. केसीको अनशनको औचित्य पनि समाप्त भएको छ । उनको मागभन्दा एक कदम अगाडि बढेर विधेयक पास भएको छ । यतिवेला केसीका लागि बोल्ने शक्ति अदृश्यजस्तो भएको छ । जसले बोक्यो अब उसैले उनलाई अवतरण गराउनुपर्छ । अनशनलाई बेवास्ता गर्दै राष्ट्रिय सभाबाट पनि विधेयक पास आजको नयाँ पत्रिका दैनिकमा खबर छ - चिकित्सा शिक्षा विधेयक बिहीबार राष्ट्रिय सभाले पनि पास गरेपछि डा. गोविन्द केसी अनशन लम्ब्याउने निष्कर्षमा पुगेका छन् । राष्ट्रिय सभाको निर्णय आफ्नो पक्षमा हुने अपेक्षा केसीले गरेका थिए । निकट व्यक्तिसँग उनले अनशनलाई थप ऊर्जासहित निरन्तरता दिनुको विकल्प नभएको निष्कर्ष सुनाएका छन् । बिहीबार नै सोलिडारिटी फर डा. केसी अलायन्सले विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा सुधारको अभियानलाई सार्थक निष्कर्षमा पुर्‍याउन सत्याग्रहलाई थप ऊर्जासहित निरन्तरता दिने जनाएको छ । ‘१५औँ सत्याग्रहमा सरकारसँग भएको सहमतिको मर्मविपरीत चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट समेत पारित भएको छ । यसले हामीलाई राज्य र सत्तारुढ दलको नियत र इमानमाथि गम्भीर प्रश्न उठाउन बाध्य बनाएको छ,’ डा. जीवन क्षेत्री र डा. सुमन आचार्यले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘सत्याग्रहलाई थप ऊर्जासहित निरन्तरता दिनुको विकल्प छैन ।’ उनीहरूले डा. केसीको जीवनरक्षा तथा उनले बोकेका जनमुखी एजेन्डाको जितका लागि थप सक्रिय र रचनात्मक भूमिकासहित योगदान पुर्‍याइदिन पनि सबैमा अनुरोध गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको सुझाब अनशन तोडेर अर्को बाटो अपनाउनोस् तपाईंसँग सहमति भएका आधारमा हामीले जुन अध्यादेश ल्यायौँ, सोही आधारमा विधेयक पास हुनुपर्छ भनेर हामी अन्तिमपटक बिहीबारसम्म लड्यौँ । हामीसँग संसद्मा कम संख्या भएका कारण कार्यान्वयन गर्न सकेनौँ । तर, अब लडाइँ सकियो भनेको होइन । यो सरकारसँग धेरै लड्नुपर्ने छ र हामीलाई तपाईंकै नेतृत्व चाहिन्छ । अब ज्यानको सुरक्षाका लागि पनि अनशन अन्त्य गर्नुस् । लडाइँको अर्को बाटो अपनाउनुस् । शुक्रबार ओपिडी सेवा बन्द अनशनको २३औँ दिन पूरा हुँदासमेत सरकारले डा. केसीको जीवनरक्षाका लागि पहल नगरेको भन्दै नेपाल चिकित्सक संघले शुक्रबार देशभरका स्वास्थ्य संस्थामा ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको छ । डा. केसी संघको आजीवन सदस्य भएकाले एक दिनका लागि सांकेतिक रूपमा सेवा बन्द गर्ने निर्णय गरेको संघका महासचिव डा. लोचन कार्कीले विज्ञप्तिमार्फत भनेका छन् । आकस्मिक सेवा भने पूर्ण रूपमा सञ्चालन हुने उनको भनाइ छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending