Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

अमेरिकालगायत २० देशले समर्थन गरेका भेनेजुएलाका विपक्षी नेता गोइदमाथि यस्तो कारवाही

काठमाडौँ । भेनेजुएलाका महाधिवक्ताले शीर्ष अदालतसँग विपक्षी नेता खुआन गोइदोमाथि देश छाड्न प्रतिबन्ध र उनको बैंकको खाता फ्रिज गरिदिन अपिल गरेका छन् । मंगलबार भेनेजुएलाका अटोर्नी जनरल तारेक विलियम सआमले सर्वोच्च अदालतबाट ऐतिहासिक कदम उठाएर गोइदोलाई देश छोड्न प्रतिबन्ध लगाइनुपर्ने र उनको सम्पत्ति फ्रिज गरिदिनुपर्ने माग राखे । अमेरिकाले आफ्ना देशका बैंकमा भएका भेनेजुएलाको खाताको नियन्त्रण गोइदोलाई दिएको बताएको केही दिनपछि भेनेजुएलाले यो कदम उठाएको हो । मादुरोप्रति झुकाव देखाइरहेको सर्वोच्च अदालतले महाधिवक्ताको मागको सम्बोधन गर्दै आदेश जारी गर्नसक्ने अनुमान गरिएको छ । अमेरिकी बैंकमा भएका खाताको नियन्त्रण खुआन गोइदोलाई सुम्पिनुअघि अमेरिकाले भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीभीएसमाथि प्रतिबन्ध लगाउँदै शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण स्विकार गर्न भनेका थियो । यो पूरा विवादमा भेनेजुएलाको सेना मादुरोलाई समर्थन गरिरहेको छ । भेनेजुएलामाथि अमेरिकाको पहिलो ठूलो कारवाही गोइदोले गत हप्ता आफूलाई अन्तरिक राष्ट्रपति घोषित गरेका थिए । तत्पश्चात् भेनेजुएलामा सत्ता संघर्ष निकै चुलिएको छ । अमेरिकासमेत लगभग २० देशले गोइदोलाई राष्ट्रपतिको रुपमा मान्यता दिएको छ जबकी राष्ट्रपति निकोलस मादुरोले रुस र चीनसमेत केही अन्य देशका समर्थन पाएका छन् । यसै महिना राष्ट्रपति मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएका थिए । तर विपक्षीले भोटमा धाँधलीको आरोप लगाउँदै चुनाव बहिष्कार गरेका थिए । त्यसपछि विपक्षी नेता खुआन गोइदोको अपिलपछि भेनेजुएलामा व्यापक विरोध सुरु भएको थियो । संयुक्त राष्ट्रका अनुसार २१ जनवरीदेखि अहिलेसम्म कम्तीमा ४० को मृत्यु भइसकेको छ भने सयौं पक्राउ परेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending