माघ १४ गते, २०७५ सोमवार 28th January, 2019 Mon०६:४३:२२ मा प्रकाशित
काठमाडौं । लामो समयदेखि दर्ता भएर पूर्णरूपमा सञ्चालनमा आउन नसकेका दुई दर्जनभन्दा बढी निजी उद्योगलाई रुग्ण घोषणा गर्ने सरकारले तयारी गरेको छ। सरकारले यस वर्ष १४ वटा उद्योग रुग्ण घोषणा गर्ने तयारीमा छ।
अाजकाे अन्न्पुर्ण पाेष्ट दैनिकमा खबर छ - औद्योगिक व्यवसाय ऐन २०४९ मा लगातार पाँच वर्षदेखि घाटामा सञ्चालन भएका उद्योग रुग्ण घोषणा गर्ने व्यवस्था छ। ती उद्योगले उत्पादन क्षमताको २० प्रतिशत वा त्यसभन्दा कम उत्पादन गर्ने उद्योगलाई सरकारले उचित देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी रुग्ण उद्योग घोषणा गर्न सक्ने व्यवस्था छ।
सरकारी सुविधा लिन निजी क्षेत्रबाट सञ्चालित उद्योग रुग्ण उद्योग घोषणा (सुविधा)मा आकर्षित देखिएका छन्। रुग्ण घोषणा भएका उद्योगले आवश्यकता अनुसार विशेष सुविधा पाउँछन्। मन्त्रिपरिषद् बैठकले त्यस्ता उद्योगको आवश्यकताका अनुसारमा सुविधा दिने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए।
त्यस्ता उद्योगले उद्योग विस्तार तथा विविधीकरण गर्न आयात गरिने मेसिनरीमा कुनै महसुल, शुल्क तथा कर नलाग्ने व्यवस्था गरिएको छ। सरकारबाट सहुलियत पाइने भएपछि निजी क्षेत्र पछिल्लो समयमा रुग्ण घोषणामा लालायित देखिएका हुन्। सरकारले यसअघि १० वटा उद्योगलाई रुग्ण घोषणा गरेको थियो।
औद्योगिक व्यवसाय ऐन २०४९ मा लगातार पाँच वर्षदेखि घाटामा सञ्चालन भएका उद्योग रुग्ण घोषणा गर्ने व्यवस्था छ।
प्रवक्ता भट्टराईले विभिन्न जिल्लामा दर्ता भएका उद्योग सञ्चालनमा कठिनाइ भएपछि १४ उद्योग रुग्ण घोषणा (सुविधा)का लागि आएको बताए। सरकारले उद्योग रुग्ण घोषणाको अन्तिम तयारी गरेको हो। समिति, उपसमिति बनाएर उद्योगको अध्ययनपश्चात मात्रै रुग्ण घोषणा गरिन्छ। ‘चार्टर्ड एकाउन्टेन्डको सहायताले ती उद्योगको वित्तीय विवरण र बन्द हुन परेको कारण खोज्छौं’, उनले भने।
मन्त्रालयका अनुसार औद्योगिक क्षेत्रमा सञ्चालित उद्योग पनि रुग्ण घोषणाका लागि धाएका छन्। बालाजु औद्योगिक क्षेत्रमा अवस्थित काठमाडौं मैदा मिल प्रालि, ललितपुर औद्योगिक क्षेत्रमा सञ्चालित संघाइ फ्लास्टिक इन्डस्ट्रिज प्रालि र पोखरा औद्योगिक क्षेत्रको एभरेस्ट इन्डस्ट्रिज प्रालि उद्योग रुग्ण प्रस्तावका लागि लगेका हुन्। यस्तै चितवनको डल्लाकोटी पोल्ट्री फर्म, पर्साको सन इन्डस्ट्रिज प्रालि, पाँचथरको न्यौपाने पानी घट्ट वाटर टरवाइन, रूपन्देहीको शौभाग्य इन्डस्ट्रिज प्रालि, रौटहतको श्रीराम सुगर मिल्स प्रालि रुग्ण घोषणा तयारी भएको हो।
काठमाडौंका सूर्य कार्पेट इन्डस्ट्रिज प्रालि, नेपाल स्टिल इन्डस्ट्रिज प्रालि र झापाको श्यामसुन्दर टी स्टेट प्रालि, श्याम शक्ति सेलर राइस मिल, श्यामशक्ति इँटा र सगरमाथा फिड इन्डस्ट्रिज प्रालि रुग्ण उद्योग घोषणा तयारी गरिएको उपसचिव विनिता आचार्यले जानकारी दिइन्।
सरकारले यसअघि १० वटा उद्योगलाई रुग्ण घोषणा गरिसकेको छ। मन्त्रालयका अनुसार नेपाल बोडर्स लिमिटेड बाजुरा, विराट लेदर इन्डस्ट्रिज प्रालि हेटौंडा, विराट सु इन्डस्ट्रिज प्रालि काठमाडौं, आशुलिंग सुगर एन्ड जनरल इन्डस्ट्रिज प्रालि कैलाली, सुमी फर्मास्युटिकल्स प्रालि नवलपरासी, फ्युचर हिमालयन लि पर्सा, श्रीअन्तु टी इन्डस्ट्रिज प्रालि इलाम, गैडा वाइल्ड लाइफ क्याम्प प्रालि चितवन, द फूलबारी रिसोर्ट कास्की, डलफिन्स मैनर होलट बर्दिया घोषणा भएका हुन्। यी उद्योगलाई औद्योगिक व्यवसाय ऐन २०४९ को दफा २५ क अनुरूप सरकारले २०७१ जेठ २६ गते रुग्ण उद्योग घोषणा गरेको थियो।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: