Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ‘ह्याप्पी बेबी जोन’

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा स्थापित गर्ने उद्देश्यका साथ विमानस्थल सुधारका काम तीव्र गतिमा अघि बढाइएको छ । विदेशीको पहिलो प्रभाव पर्ने विमानस्थल नै भएकाले बुटिकको अवधारणाअनुरुप अन्तर्राष्ट्रिय टर्मिनल भवनको भित्री तथा बाहिरी सुधारका काम धमाधम भइरहेको छ । नेपालको परम्परागत, कला र संस्कृति झल्कने वस्तुको सजावटदेखि भवनभित्रका विभिन्न कक्षमा नयाँ कार्पेट विछ्याउनुका साथै बाहिरी सौन्दर्यको कामलाई प्रभावकारी रुपमा अघि बढाइएको विमानस्थलले जनाएको छ । बुटिक विमानस्थलको अवधारणाअनुरुप विमानस्थल सुधार र साज सज्जावटको काम तीव्र रुपमा भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । जहाजबाट ओर्लेपछि टर्मिनल भवनको बाहिरतर्फको क्षेत्र तथा विमानस्थलको गोल्डेनगेट र पार्किङ क्षेत्रमा आकर्षक बगैँचा निर्माण गरिँदैछ । केही दिनअघि होटल एशोसिएशन अफ नेपाल ९हान० को सहयोगमा विमानस्थल प्रवेश गर्ने गोल्डेनगेट नजिकै दुबैतर्फ कलात्मक चौतारा उद्घाटन गरिएको थियो । टर्मिनल भवन अगाडिको अव्यवस्थित पार्किङ हटाई त्यहाँ सुन्दर बगैँचा बनाउने काम अघि बढाइएको छ । यसैबीच विमानस्थलमा पहिलो पटक ‘ह्याप्पी बेबी जोन’ तथा ‘लस्ट एण्ड फाउण्ड युनिट’ को स्थापना गरिएको छ । सुत्केरी आमा र बच्चालाई ध्यानमा राख्दै विमानस्थलले सुविधायुक्त बेबी जोनको स्थापना गरेको महाप्रबन्धक क्षेत्रीले बताए । उनले अन्तर्राष्ट्रिय उडानका लागि जहाजको पर्खाइमा रहेका बेला बच्चालाई राख्न र दूध खुवाउनका लागि समस्या नहोस् भन्ने उद्देश्यका साथ विमानस्थलभित्रै बेबी जोन सञ्चालनमा ल्याइएको उल्लेख गरे । यो कक्षमा जहाज पर्खाइमा रहेका बेला बच्चालाई सुताउन र सुत्केरी आमाहरुलाई आराम गर्न प्रयोग गर्न सकिनेछ । बेबी जोनभित्र बच्चालाई राख्न, सुताउन र खेलाउनका लागि विशेष ठाउँ बनाइएको छ । विमानस्थलमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको बेबी जोन हिमालय हर्बलको सहयोगमा स्थापना भएको हो । यस्तै, विमानस्थलमा हराएका सामग्री खोज्न र भेटिएको सामग्री राख्न लस्ट एण्ड फाउण्ड युनिट खडा गरिएको छ । महाप्रबन्धक क्षेत्रीका अनुसार यात्रुले छाडेका सामग्रीलाई सो युनिटले सम्बन्धित व्यक्तिलाई खबर गर्ने र हराएका सामग्री खोज्न सहयोग गर्ने उद्देश्यले लस्ट एण्ड फाउण्ड युनिट बनाएको हो । भेटिएका सामग्री तत्कालै विमानस्थलको वेबसाइटमा राखिने र टेलिफोनमा जानकारी गराइने छ । यस्तै कुनै यात्रुको सामग्री हराएमा उजुरीको आधारमा सिसी क्यामेरामा हेरेर खोजतलास गरिन्छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित २९ वटा वायुसेवा प्रदायक कम्पनीले विभिन्न २३ वटा गन्तव्यमा हवाई सेवा सञ्चालन गर्दैआएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending