Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

आठ महिनासम्ममा पनि टुंगिएन नेकपाको एकीकरण, शीर्ष नेताहरूको आ–आफ्नै दाउपेच

काठमाडाैं । तीन महिनाभित्र पूर्णता दिने घोषणासहित अघि बढेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण आठ महिनासम्म टुंगिन सकेको छैन । ३ जेठमा एकीकरण घोषणालगत्तै भदौ पहिलो साताभित्र पार्टीका सबै संगठन र तहमा एकता टुंग्याउने भनिए पनि चारवटा कार्यदल बनेर काम गर्दासमेत अल्झिरहेको छ । आजको नयाँपत्रिकामा खबर छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालको समूहगत सन्तुलन मिलाउने गरी १२ पुसमा स्थायी समिति बैठकले गठन गरेको ९ सदस्यीय शक्तिशाली कार्यदलसमेत अलमलमै दिन काटिरहेको छ । पुस मसान्तसम्म एकीकरणको सम्पूर्ण खाका तयार गर्ने म्यान्डेट पाएको कार्यदलका सदस्यबीच नै विवाद भएपछि प्रगति जहाँको तहीँ छ । बादल र पौडेलले बोलाएनन् बैठक एकीकरण कार्यदलमा सचिवालयबाट नेता रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल छन् । वरीयतामा अघि रहेका कारण बादललाई कार्यदलमा संयोजनको जिम्मेवारी तोकिए पनि बैठक भने महासचिव पौडेलले बोलाउ“दै आएका छन् । पुसको तेस्रो सातायता ७ माघसम्म बढीमा दुई घन्टाको दरले सातपटक कार्यदलको बैठक बसेको छ । २४ पुसमा छैटौँपटक बसेर स्थगित बैठक दुई सातापछि बसे पनि पछिल्लोपटक एजेन्डाकेन्द्रित छलफल नै नभएको कार्यदलका एक सदस्यले बताए । ‘७ माघमा विषयकेन्द्रित भएर लगातार छलफल गर्ने सहमतिसहित बैठक स्थगित भएको थियो, तर संयोजक र महासचिव दुवैले तीन दिनयता खबरै गर्नुभएन,’ ती सदस्यले भने, ‘बैठकमा एउटा सहमति हुन्छ, उहा“हरूले अर्कै कार्यशैली देखाउनुहुन्छ, हामीले केही पनि बुझ्न सकेका छैनौँ ।’ नेता लेखराज भट्टले भने माघ दोस्रो साताभित्र प्रतिवेदन बुझाउने गरी तयारी भइरहेको बताए । ‘कार्यदलले प्रतिवेदन बुझाउने गरी नै काम गरिरहेको छ,’ भट्टले भने, ‘अब लगातार लामा–लामा छलफल हुनेछन् ।’ यसरी बनेका थिए तीन कार्यदल केन्द्रीय कमिटीको एकीकरणपछि ७ जेठमा बसेको केन्द्रीय सचिवालय बैठकले सात प्रदेश, केन्द्रीय सम्पर्क समन्वय कमिटी, प्रवास कमिटी र जनसंगठनहरूको एकीकरणका लागि छुट्टाछुट्टै कार्यदल बनाएर १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । तर, कुनै पनि कार्यदलले समयमा काम गर्न नसकेपछि म्याद थप्दै जाने काम भयो । अन्ततः भदौ पहिलो साताभित्र प्रतिवेदन बुझाउने अन्तिम अल्टिमेटम दियो, तर जिम्मेवारी पूरा गर्न सकेनन् । त्यसबीचमै सचिवालयको निर्देशनअनुसार प्रदेश तहमा बनेका एकीकरण कार्यदललाई सघाउन सबै जिल्लामा तत्कालीन एमाले र माओवादीका इन्चार्ज र पदाधिकारी रहेको दोस्रो कार्यदल बन्यो । जिल्ला तहमा बनेको कार्यदलले प्रदेश कार्यदललाई तत्कालीन एमाले र माओवादीमध्ये कहा“ कसको हिस्सा कति रहने तथा जिल्ला नेतृत्व कसले पाउनेजस्ता विषय टुंगो लगाउन सहयोग पु(यायो । तर, यी दुई कार्यदलले पनि काम सम्पन्न गर्न नसकेपछि गत ८ कात्तिकमा विष्णु पौडेल र रामबहादुर थापा नेतृत्वको छुट्टै कार्यदल बन्यो । यो कार्यदलले प्रदेश कमिटीमा रहनेको नाम टुंगो लगाएपछि केन्द्रीय सचिवालयबाट सर्कुलरका रूपमा सार्वजनिक ग(यो । तर, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालनिकट नेताहरूले असन्तुष्टि राखेपछि १२ पुसमा सम्पन्न स्थायी समितिमा मापदण्डअनुसार एकीकरण टुंग्याउने गरी ९ सदस्यीय अर्को कार्यदल गठन भयो । शीर्ष नेताहरूको आ–आफ्नै दाउपेच एकीकरणका सन्दर्भमा शीर्ष नेताहरूको आ–आफ्नै दाउपेच छ । अहिलेसम्म तत्कालीन एमाले र माओवादीले जिल्ला नेतृत्व र संख्यात्मक हिस्सेदारी टुंगो लगाइसकेका छन् भने २२ मध्ये चार जनसंगठनबाहेकमा कसले नेतृत्व लिने टुंगो लागेको छैन । तत्कालीन पार्टीगत रूपमा जिल्ला नेतृत्वको भागबन्डा टुंगिए पनि पूर्वएमालेभित्र समूहगत भागबन्डा मिलेको छैन । संस्थापन र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिस्सेदारीमा प्रतिष्ठाको लडाइँ छ । नेपालले सचिवालय बैठकमा जिल्ला नेतृत्वको सिफारिस जथाभावी भएकाले मापदण्डअनुसार गरिनुपर्नेमा जोड दिँदै आएका छन् । उनलाई सचिवालयमा अर्का वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतमको पनि साथ छ । नेतृत्व छान्दा तत्कालीन पदाधिकारीको पोर्टफोलियोमा वरिष्ठतालाई आधार मान्नुपर्ने उनको तर्क छ । तर, पूर्वएमालेभित्र संस्थापन समूहले तत्कालीन पदाधिकारीको पोर्टफोलियोभन्दा पनि वरिष्ठतालाई मात्र आधार मान्नुपर्ने तर्क गरिरहेको छ । यस विषयलाई नेपालनिकट सदस्यहरूले कार्यदलमा पनि प्रवेश गराउने तयारी गरेका छन् । यसले शीर्ष नेताहरूको दाउपेच कार्यदलमा पनि भित्रिँदै छ । पूर्वमाओवादीले पनि प्रदेश कमिटी सदस्य चयनमा छुटेका पोलिटब्युरो र केन्द्रीय सदस्यलाई समेट्ने कोसिस गरिरहेको छ । पूर्वएमाले नेताहरूले नै मनोनीत १० प्रतिशत कोटामा प्रदेशमा छुटेकाहरूलाई समेट्नुपर्ने माग गरेपछि पूर्वमाओवादी नेताहरू कार्यदलमा मौन बसेका छन् । अध्यक्ष प्रचण्डले पनि छुटेकालाई मनोनीत गरेर जान सकिने या पहिल्यै टुंगिएकाहरूका नामलाई सदर गर्न सकिने मध्यमार्गी लाइन लिएकाले पनि पूर्वमाओवादी नेताहरू कार्यदलमा मौन रहेको स्रोतले जनायो । पहिलो कार्यदल सदस्य स् प्रदेश १ मा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले, प्रदेश २ मा सत्यनारायण मण्डल, विश्वनाथ शाह, नागेन्द्र चौधरी र प्रभु साह, प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, काशीनाथ अधिकारी र नारायण दाहाल, गण्डकीमा किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी, प्रदेश ५ मा शकंर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन, कर्णालीमा युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा, सुदूरपश्चिममा भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी, यस्तै प्रवास एकीकरणका लागि नारायणकाजी श्रेष्ठ, बिन्दा पाण्डे, युवराज कार्की र टेकबहादुर पाठक । म्यान्डेट: सातै प्रदेश, केन्द्रीय सम्पर्क समन्वय कमिटी, प्रवास कमिटी र जनसंगठनहरूको एकीकरणको खाका पेस गर्ने । काम: प्रदेश १ र २ तथा कतिपय जनसंगठनका कार्यदलले प्रतिवेदन नै बुझाएनन् । दोस्रो कार्यदल सदस्य स् पहिलो कार्यदललाई सहयोग गर्न गठित जिल्लास्तरीय कार्यदलमा तत्कालीन एमाले र माओवादीका सबै जिल्लाका इन्चार्ज, सहइन्चार्ज र पदाधिकारी । म्यान्डेट स् प्रदेश कार्यदललाई जिल्ला तहको नेतृत्व र संख्या पेस गर्ने । काम स् थोरै जिल्लामा सर्वसम्मत र अधिकांशमा दुई वा दुईभन्दा बढी आकांक्षीको नामसहित पेस । तेस्रो कार्यदल सदस्य:  विष्णु पौडेल र रामबहादुर थापा बादल । म्यान्डेट:  प्रदेश कमिटीको सदस्यको खाका पेस गर्ने । काम: सबै प्रदेशका सदस्यको नामावली केन्द्रीय सचिवालयमा बुझाए । तर, सचिवालयबाट सार्वजनिक गरिएको कतिपय नाममा माधव नेपाल समूहले असन्तुष्टि जनाएपछि समस्या । चौथो कार्यदल सदस्य :  रामबहादुर थापा बादल, विष्णु पौडेल, योगेश भट्टराई, लेखराज भट्ट, वर्षमान पुन, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, बेदुराम भुसाल र रघुवीर महासेठ । म्यान्डेट:  संगठनात्मक एकीकरणको बाँकी कामको खाका तयार पार्ने, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिटब्युरो गठन, विधान परिमार्जन, प्रदेश कमिटी गठनको समीक्षासहित प्रतिवेदन बुझाउने । काम :  पुस मसान्तसम्म प्रतिवेदन बुझाउनुपर्नेमा कार्यदलमा छलफल नै पातलिँदै ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending