Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

मलेसिया रोजगारीमा सरकारको आफूखुसी श्रम स्वीकृति

काठमाडौं ।  सरकारले मलेसिया रोजगारीमा आफूखुसी श्रम स्वीकृति दिन थालेको छ । कलिङ भिसा आएका हजारौं युवा उड्न नपाइरहेको अवस्थामा केही सीमित व्यक्ति भने मलेसिया उडिसकेका छन् । आजको अन्नपुर्णमा खबर छ – सरकारले केही समयअघि ३० जना युवालाई श्रम स्वीकृति दिएर भीएलएनमार्फत नै मलेलिया पठाएको हो । भीएलएनकै कारण जेठदेखि मलेसिया रोजगारी बन्द छ । भिसा प्राप्त गरिसकेका अधिकांशको भिसा म्याद सकिन थालेको छ । कलिङ भिसा आएको तीन महिनामा श्रमिक मलेसिया पुगिसक्नुपर्छ । कामदार समयमा नगए कालोसूचीमा पर्ने र पाँच वर्ष मलेसिया जान पाउँदैनन् । तर, पछिल्लो समय नेपालको परिस्थिति भिन्नै भएकाले मलेसियाले भिसाको म्याद थप्दै आएको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलले मलेसिया दूतावासबाट सोझै भिसा प्राप्त गरेका करिब ३० जना कामदारलाई ओटा टनेल क्यायड एसडीएन बीएनडी कम्पनीमा काम गर्न स्वीकृति दिएको हो । विभागका शाखा अधिकृत हरिकृष्ण बुढाथोकीद्वारा प्रेषित पत्रमा मन्त्रालयको सहमतिमा वैदेशिक रोजगार कार्यालय ताहाचाललाई श्रम स्वीकृति दिन निर्देशन दिइएको थियो । यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंस्थित मलेसियन दूतावासको पत्रका आधारमा ती युवालाई मलेसिया रोजगारीका लागि स्वीकृति दिइएको हो । ‘दूतावासले सोझै भिसा संकलन गरेर आउँदा स्वीकृति दिन हामीलाई समस्या छैन’, मन्त्रालय स्रोतले भन्यो । सामाधान खोज्ने उद्देश्यले त्यो बाटोमा गएको मन्त्रालयले जनाएको छ । ‘हामीले दूतावासको पत्रका आधारमा स्वीकृति दिएका हौं’, स्रोतले भन्यो, ‘समस्या कलिङ भिसाकै हो, नयाँ त नयाँ संरचनाबाटै जानेछन् ।’ तर, दूतावासले यसरी कलिङ भिसा प्राप्त व्यक्तिको स्वीकृतिका लागि अनुरोध गर्न सक्छ कि सक्दैन भन्ने मूल प्रश्न रहेको स्रोतले बतायो । दुई देश सम्मिलित प्राविधिक टोलीले कलिङ भिसा प्राप्त व्यक्तिलाई पुरानै भिसामा पठाउने निर्णय गरे पनि मन्त्रालयले स्वीकृति दिएको थिएन । सरकारले कलिङ भिसा प्राप्त गरेका व्यक्तिको फोन तथा इमेलसहित यथार्थ विवरण माग गरेको छ । १५ दिनको सूचना राखेर वैदेशिक रोजगार विभागले विज्ञप्ति जारी गरी म्यानपावर व्यवसायीसँग विवरण मागेको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङले पटकपटक गरी ६ महिनाअघि कलिङ भिसाको विवरण उपलब्ध गराइसकेकाले फेरि दिनु औचित्य नभएको बताए । उनले कलिङ भिसाको संख्या नौ हजार तीन सय ३४ जना रहेको जानकारी दिए । ‘विवरण माग्नुको औचित्य र उद्देश्य देखिएन’ गुरुङले भने, ‘यदि नयाँ तरिकाको विवरण चाहिएको हो भने पनि संघमार्फत माग्न सकिन्थ्यो । तर, त्यसो नगरी आलटाल गर्न खोजिएको प्रष्ट छ ।’ नेपाल र मलेसिया श्रम सम्झौता भएको करिब तीन महिना पुग्दा पनि सम्झौता कार्यान्वयन हुन सकेको छैन । नयाँ संरचना निर्माणका लागि सरकारले मलेसियालाई स्वास्थ्य परीक्षणको मापदण्ड मागेको थियो । मलेसियाले नेपाली श्रमिक पठाउन पुरानै संरचना प्रयोग गर्नुको विकल्प नभएको बताएको छ । उसले ‘भेन्डर’ बदल्ने श्रम मन्त्रालयको चाहनामा पनि पुनर्विचार गर्न नसकिने प्रस्ट पारेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending