Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

दाङमा सवारी दुर्घटना, ६६ जनाको मृत्यु

दाङ। गत पुस ६ गते तुलसीपुर उपमहानगरपालिकाको–३ राम्रीमा भएको बस दुर्घटनामा परी कलिला विद्यार्थी, शिक्षक, चालक गरी २३ जनाको मृत्यु भयो । त्यसैगरी गत मङ्सिर २८ गते दुलही लिएर जाँदै गरेको बिहेको गाडी लमही नगरपालिकाको रिहार नजिकै दुर्घटनामा परी दुलाहाका बुबा आमासहित ६ जनाको ज्यान गयो । यी दुवै दुर्घटनाले दाङवासीसहित सबैलाई निकै स्तब्ध बनायो । त्यस्तै मृतकका आफन्त तथा घरपरिवारलाई झन जीवनभरि नै भुल्नै नसक्ने गरी पीडा दियो । ती दुवै घटनाको थप अनुसन्धान जारी छ । तर प्रारम्भिक अनुसन्धानले दुवै घटनामा चालकको कमजोरी रहेको दाङ ट्राफिक प्रहरीले जनाएको छ । त्यसैले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अहिले यहाँका प्रहरी, प्रशासन, सरकारी निकाय, व्यवसायी, नागरिक समाज, दलका प्रतिनिधि तथा पत्रकारसमेत जिल्लामा बढ्दो सडक दुर्घटनालाई न्यूनीकरणका लागि विभिन्न अभियानमा जुट्न थालेका छन् । अभियानमा सहभागी सबैले बढ्दो सवारी दुर्घटनाप्रति चिन्ता र चासो व्यक्त गरेका छन् । उनीहरुले चालकलाई लक्षित गरी बाटोमा नै सवारी साधनबाट ओरालेर स्वास्थ्य परीक्षण गराएका छन् । त्यस्तै सडक सुरक्षा तथा ट्राफिक नियम सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गर्दैआएका छन् । तर जिल्लामा दिनहुँ जसो सवारी दुर्घटना भइरहेका छन् । हिजो शनिबार तुलसीपुरबाट गोल्टाकुरीतर्फ जाँदै गरेको यात्रुवाहक बस तुलसीपुर उपमहानगरपालिका–१२ को हरीपौरीमा दुर्घटना हुँदा २५ जना घाइते भए । घाइतेमध्ये ७ जनालाई थप उपचारको लागि कोहलपुर लगिएको छ भने घाइने अन्य राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्केका छन् । त्यसैगरी शनिबार नै जिल्लाका अन्य दुई स्थानमा पनि मोटरसाइकल दुर्घटना भएका छन् । सो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दाङमा चालू आर्थिक वर्षको हालसम्म अर्थात माघ ५ गते सम्ममा १३४ वटा सवारी दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदन कुँवरले ती दुर्घटनामा परी ११० जना गम्भीर घाइते भएको जानकारी दिए ।सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल ६९, बस १८, ट्र्याक्टर १५, जीप तथा कार १४ रहेका छन् । त्यस्तै टेम्पो सात, ट्रक छ र टिपर दुई रहेका छन् । गत वर्ष सो अवधिमा ९५ वटा सवारी दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको थियो । ट्राफिक प्रहरीले चालु आवको हालसम्मको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १६ हजार ७८१ जना चालकलाई कारवाही गरेको छ । यस अवधिमा मोटरसाइकलका ६५५५, बसका २००६, जीपकार २०५२, ट्याक्टर १९९४, टेम्पो ६८१, ट्रक तथा ट्रिपर ३४९३ का सवारी चाचलकालाई कारवाही गरिएको थियो । कारवाहीस्वरूप रु। एक करोड दुई लाख ३३ हजार राजश्व सङ्कलन गरिएको टाफिक प्रहरी निरीक्षक कुँवरले जानकारी दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies