प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ–५ स्थित धापासी फैमालचुली मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरिन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भंगालस्थित साविक गाविस भवन मतदान केन्द्रबाट मतदान गरिन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरे।
पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल, शान्तिपुर मतदान केन्द्रबाट मतदान गरे। मतदानपछि उनी आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्वतर्फ प्रस्थान गरेका छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रमा मत हाले।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँ–४ स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरे। यस पटक थापा सर्लाही–४ बाट उम्मेदवार बनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँ–३ अन्तर्गत उपत्यका खानेपानी लिमिटेडको महांकालचौर मतदान केन्द्रमा मतदान गरे। सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुल मतदान केन्द्रबाट मत हाले।
कांग्रेसका नेता तथा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सुर्खेत–१ मेहेलकुनाको सूर्यज्योति माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरे। पूर्वगृहमन्त्री रमेश लेखकले कञ्चनपुर–३ अन्तर्गत वेदकोट नगरपालिका–८ स्थित बैजनाथ माध्यमिक विद्यालय गयलनदी मतदान केन्द्रमा मत हाले।
यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले धरान उपमहानगरपालिका–१८ स्थित कार्मेल बोर्डिङ स्कुल मतदान केन्द्रमा मतदान गरे। नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले रोल्पाको परिवर्तन गाउँपालिका–३ स्थित थुनिकोट मतदान केन्द्रबाट मत हाले। उनले विगतमा चुनाव बहिस्कार गर्दै आए पनि १८ वर्षपछि पहिलो पटक मतदान गरेका हुन्।
यसैबीच, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने मतदान गरेनन्। डडेलधुराबाट लगातार चुनाव जित्दै आएका उनले यसपटक टिकट नपाएपछि चुनावमा सहभागी भएका छैनन्। उपचारको फलोअपका लागि उनी हाल सिंगापुरमा रहेको बताइएको छ।
पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता नारायणकाजी श्रेष्ठले पनि यस पटक मतदान गरेनन्। गोरखाको सिरानचोकस्थित जौबारी मतदान केन्द्रमा उनको नाम भए पनि निर्वाचन क्षेत्रमा व्यस्त रहेकाले मतदान गर्न नपुगेको सचिवालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - १९:५९
काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बिहीबार सम्पन्न मतदानको विश्लेषण गर्दै कम्युनिष्ट आन्दोलनका लागि चुनौतीपूर्ण मतपरिणाम आए...
फाल्गुन २१ गते, २०८२ - १९:३६
बनेपा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई न...
फाल्गुन २१ गते, २०८२ - १९:३५
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा आइतबार उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन ...
फाल्गुन २१ गते, २०८२ - १९:३३
कावासोती । पूर्वी नवलपरासीमा एक जना मतदान अधिकृतले हतियारधारी नेपाली सेनाका एक सैनिकलाई मतदान केन्द्रबाट बाहिर पठाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बन...
फाल्गुन २१ गते, २०८२ - १९:२६
काठमाडाैं । निर्वाचन आयोगले मतपेटिका संकलन भएका स्थानमा आज रातिबाटै गणना सुरु गर्ने जनाएको छ । ललितपुरसहित धेरै ठाउँका मतदान अधिकृतले मतपेटिका संकलन ग...
फाल्गुन २१ गते, २०८२ - १९:२१
ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित सातसल्ले मतदान केन्द्रमा स्थानीयले मतदान बहिष्कार गरेका छन्। मतदानका लागि सम्पूर्ण तयारी पू...
फाल्गुन २१ गते, २०८२ - १९:१२
रुकुम पूर्व । पूर्वी रुकुममा मतगणना भोलि (शुक्रबार) देखि शुरु हुने भएको छ । लुम्बिनीको एक मात्र हिमाली जिल्ला रहेको त्यहाँ सडक पूर्वाधारको कारण मतपेटि...
फाल्गुन २१ गते, २०८२ - १९:०२
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ५ बजेसम्म मतदान केन्द्रम...
फाल्गुन २१ गते, २०८२ - १८:५५
झापा । झापामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयम...
फाल्गुन २१ गते, २०८२ - १८:५४
काठमाडौँ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजे सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार ५ बजेसम्म मतदान ...



प्रतिकृया लेख्नुहोस्: