Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

राजनीतिक दलसँग पूर्व राष्ट्रपतिको यस्तो आग्रह

काठमाडौँ। पूर्व राष्ट्रपति डा रामवरण यादवले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन राजनीतिक दलसँग आग्रह गरेका छन् । नाइटिङ्गेल अन्तर्राष्ट्रिय माध्यमिक विद्यालयको २६औँ वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा यादवले अब जनताको एक मात्र चाहना विकास र समृद्धि भएको हुँदा त्यसतर्फ केन्द्रित हुन सरकार र राजनीतिक दलका नेतालाई आग्रह गरेको हो । “जनताको लामो सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको छ, संविधान पनि जारी भएको छ, अब विकास नगर्नका लागि दलहरुले कुनै बाहना बनाउन पाउँदैनन्, व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको विकासमा लाग्नुको विकल्प छैन”, उनले भने । मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी, बेरोजगारी, महिला हिंसा, बलात्कारसँगै सबै प्रकृतिका विभेद र उत्पीडनको अन्त्य गरी सुशासन कायम गर्दै देशमा शान्ति र समृद्धि कायम गर्नुपर्ने पूर्व राष्ट्रपति यादवको भनाइ छ । निजी विद्यालयभन्दा सरकारी विद्यालयको स्तर झन्झन् खस्कँदै गएको सन्दर्भमा पूर्व राष्ट्रपति यादवले सरकारले व्यावहारिक शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । उनले भने, “तपाइँ अभिभावकले मेरो छोराछोरीले यही नै विषय अध्ययन गर्नुपर्छ भनेर बल नगर्नुहोस्, उसको इच्छा के छ त्यहीअनुसार अध्ययन गर्न दिनुहोस्, उसले त्यसैमा प्रगति गर्न सक्छ ।” कार्यक्रममा प्रतिनिधिसभाका सांसद तेजुलाल चौधरीले गरीब, दलित, दुर्गम, वा आर्थिक–सामाजिक हरेक क्षेत्रबाट पछाडि पारिएको समुदायलाई सरकारले शिक्षामा पूर्ण निःशुल्क गर्नुपर्नेमा जोड दिए । सरकारद्वारा राष्ट्रभरिमै सर्वोकृष्ट विद्यालय घोषित भई लगातार तीन पटकसम्म राष्ट्रिय र क्षेत्रीय पुरस्कारद्वारा विभूषित नाइटिङ्गेल स्कूल विसं २०४९ मा स्थापना भएको हो । कार्यक्रममा विभिन्न विधामा सर्वोकृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending