काठमाडौं । नेकपा (एफमाले) का नेता गाेकुल प्रसाद बास्काेटाले राजनीतिक झगडाको समाधान अदालतबाट सम्भव नहुने टिप्पणी गरेका छन्। कांग्रेसको आधिकारिकता विवादसम्बन्धी पछिल्लो फैसलातर्फ संकेत गर्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “अन्य झगडामा न्यायका लागि अदालत जानु स्वाभाविक हो। तर राजनीतिक झगडामा राजनीतिक दल अदालत गएर पनि समाधान आउँदैन।”
उनले विगतको नेकपा एकताको उदाहरण दिँदै अदालतको निर्णयले पनि दीर्घकालीन राजनीतिक एकता जोगाउन नसकेको दाबी गरे। “नेकपा मिल्यो, झगडा पर्यो, अदालत धायो। अदालतले निर्णय दियो, तर फेरि मिलेनन्—झर्याम्म झुरुम सिसाझैँ चकनाचुर भए,” उनले उल्लेख गरेका छन्।
बास्कोटाले राजनीतिक एकता कानुनी प्रावधानभन्दा पनि नेतृत्वको नियत र आपसी विश्वासमा निर्भर रहने जिकिर गरे। “राजनीतिक एकता कानुनले होइन, नियतमा निर्भर छ,” भन्दै उनले प्रश्न उठाएका छन्—“कांग्रेस के होला? रबर वा सिसा?”
उनको अभिव्यक्तिलाई कांग्रेसभित्र देखिएको नेतृत्व विवाद र त्यससम्बन्धी न्यायिक निर्णयसँग जोडेर विश्लेषण गर्न थालिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - ०९:४०
आयरल्यान्ड । गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आयोजनामा तथा कर्क नेपाली समाजको सहयोगमा नयाँ वर्ष २०८३ को अवसरमा कर्क सिटीमा भव्य सांस्कृतिक कार...
बैशाख ५ गते, २०८३ - ०९:३७
काठमाडौं । सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । प्रादेश...
बैशाख ५ गते, २०८३ - ०९:३७
काठमाडौँ । चर्चित टेलिभिजन शो कमेडी दरबारको टिमले निर्माण गरेको नयाँ फिल्म 'ककाकिकी'को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले एक पोस्टर सार...
बैशाख ५ गते, २०८३ - ०९:३३
हेटाैंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिनामा २७ अर्ब ९३ करोड ३० लाख दुई हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ। यो रकम वार्षिक ...
बैशाख ५ गते, २०८३ - ०९:१५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
बैशाख ५ गते, २०८३ - ०९:१३
काठमाडौँ । नेपाल चेपाङ संघका अध्यक्ष गोविन्द राम चेपाङले चेपाङ बसोबास भएको ३ जिल्लाको भूगोल गाभेर नयाँ गाउँपालिका बनाउन प्रस्ताव गरेका छन् । उनले च...
बैशाख ५ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरमा जारी ३८औं संस्करणको नोबेल विराट गोल्डकपको उपाधिका लागि शनिबार पूर्व विजेता झापा–११ र घरेलु टोली सम्राट स्पोर्टिङ क्लब भिड्दैछन् ...
बैशाख ५ गते, २०८३ - ०९:०५
आधा सिलिन्डर नीति र बिजुलीमा बढ्दो निर्भरता बीच उद्योगीको चिन्ता
बैशाख ५ गते, २०८३ - ०९:००
गाेरखा । गोरखामा उद्योग तथा व्यापार दर्ताभन्दा खारेजीको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढ्दै गएको छ। जिल्लामा नयाँ उद्योग तथा व्यापार दर्ता ...
बैशाख ५ गते, २०८३ - ०८:५६
काठमाडौं । काठमाडाैं महानगरपालिकाले प्राचीन सहरी बस्ती Asan को मौलिकता जोगाउने उद्देश्यसहित आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ। अब हरेक श...


प्रतिकृया लेख्नुहोस्: