Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

यसकारण विपक्षीलाई भेटेनन् जापानी मन्त्रीले

काठमाडौं । दुई दिने औपचारिक भ्रमणमा बुधबार काठमाडौं आएका जापानका विदेशमन्त्री तारो कोनोले प्रमुख प्रतिपक्ष दलका नेतासँग दुईपक्षीय औपचारिक भेटघाट नगरी फर्केका छन्। परराष्ट्र मन्त्रालयले नभेट्न सुझायो वा उनले आवश्यकता महसुस गरेनन् यो विषयमा सरकार पक्ष अनविज्ञ छ। प्रतिपक्ष दल राज्य संयन्त्रमा नदेखिएको भनिरहेको अवस्थामा सदाबहार मित्र एवं दातृ मुलुकको संज्ञा पाएको जापानी राजनीतिक नेतृत्वले सत्ता पक्षसँग दुईपक्षीय औपचारिक छलफल तथा शिष्टाचार भेट गर्दा प्रमुख प्रतिपक्षलाई बिर्सनु अस्वभाविक हो। आजको अन्नपुर्ण पोष्टमा खबर छ – औपचारिक भ्रमणमा सत्ता पक्षसँगको भेट जत्तिकै महत्व प्रमुख प्रतिपक्ष दलसँगको छलफल पनि हुने गर्छ। सत्ता र बाहिर रहेको पक्षसँग समानान्तर छलफलपछि मात्र भ्रमण पूर्ण हुने कूटनीतिक अभ्यास छ। चार–पाँच घण्टाको संक्षिप्त भ्रमणमा समेत प्रमुख प्रतिपक्षलाई भेट्ने र सत्तापक्षप्रति प्रमुख प्रतिपक्षको धारणा बुझ्ने काम हुन्छ। लोकतन्त्रिक पद्धतिको अभ्यासमा सत्तापक्षले सरकार चलाउँछ भने प्रमुख प्रतिपक्षले संसद्। यस्तो मोडलमा रहेको संसदीय अभ्यासमा जापानले प्रमुख प्रतिपक्षलाई चटक्कै बिर्सनुलाई अस्वभाविक भन्दै विपक्षी दलका नेताले आगन्तुक भन्दा पनि ‘होस्ट राष्ट्र’ को नेतृत्वबाट भएका कमी कमजोरी सुधार गर्न आवश्यक रहेको टिप्पणी गरेका छन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल भ्रमणमा आउने पाहुनाले भन्दा पनि यस्ता विषयमा परराष्ट्र मन्त्रालयले ध्यान दिनुपर्ने टिप्पणी गरे। ‘आवश्यक समन्वय गर्न नसक्नु परराष्ट्रको अपरिपक्वता वा फराकिलो सोच नहुनु नै हो’, उनले अन्नपूर्णसँग भने, ‘सत्तामा रहनेले कुन तवरले मुलुकको पछिल्लो राजनीतिक अवस्था बारेमा ब्याख्या गरे यसमा प्रमुख प्रतिपक्षको चासो रहन्छ।’ भ्रमण हुने मुलुकको परराष्ट्र मन्त्रालयले उनीहरूलाई कुन कुन भेट को कोसँग कसरी गराउने भन्ने योजना निकै पहिले बन्छ, तर त्यसमा परराष्ट्र मन्त्रालय नै संकुचित भएको हुनसक्ने आशंका प्रवक्ता शर्माले ब्यक्त गरे। विदेशमन्त्री कोनो बुधबार काठमाडौं ओर्लने वित्तिकै नेपाली समकक्षीसँग दुईपक्षीय वार्ता गरे। फर्कनु अघि उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरे। उनले पाटन दरवार स्क्वायर समेत भ्रमण गर्न भ्याए। तर, कोनोले प्रमुख प्रतिपक्ष नेतालाई भेट्न समय मिलाएनन्। पूर्वराजदूत डा।दिनेश भट्टराईले जापान हाम्रो प्रमुख विकास साझेदार मुलुक रहेकाले उच्चस्तरको भ्रमणको आफ्नो महत्व रहेको बताए। जापानबाट ६ वर्षपछि यो स्तरको भ्रमण भएकाले यसमा प्रमुख प्रतिपक्षलाई भुल्न नहुने थियो, तर किन चुके यसमा कांग्रेसले अध्ययन गर्न आवश्यक रहेको पूर्वराजदूत भट्टराईले बताए। ‘सरकारले लोकतान्त्रिक पद्धतीलाई पछ्याएको छैन भन्ने धारणाको यो एक उदाहरण हो’, भट्टराईले भने, ‘उच्चस्तरको राजनीतिक नेताको भ्रमण हुँदा प्रमुख प्रतिपक्ष दलका नेतासँग औपचारिक शिष्टाचार भेट गराउन आवश्यक हुन्छ।’ प्रमुख प्रतिपक्षले पनि कूटनीतिक समुदायमा आफ्नो प्रभाव उत्तिकै देखाउन सक्नुपर्ने उनको सुझाव छ। जापानसँग जनस्तरको सम्बन्ध समेत बढी रहेको अवस्थामा उनीहरूले यसमा ध्यान दिनुपर्ने उनले बताए। नेपाली समकक्षी प्रदीप ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणमा आएका उनले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग छुट्टाछुट्टै भेट गरेका थिए। उनलाई प्रधानमन्त्री ओलीले जन्मदिनको शुभकामना समेत दिएका थिए। ओलीले उनलाई पुष्प गुच्छा दिँदै जन्मदिनको शुभकामना दिएका हुन्। ओली–कोनोले नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको अधिकारीले बताए।प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट भइरहेको सहयोगप्रति धन्यवाद दिँदै थप सहयोगको अपेक्षा गरे। सरकारको विकास निर्माणका प्राथमिकता, कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा उत्पादन, पूर्वाधार विकासलगायत क्षेत्रमा सहयोग गर्न प्रधानमत्रीले आग्रह गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले बताए। सार्क र बिम्स्टेक जस्ता क्षेत्रीय संगठनको विकासमा कोनोले जोड दिएको पनि उनले बताए। उनले इन्डो प्यासिफिक र उत्तर कोरियाको विषयमा छलफल गरेको बताइएको छ। भारतमा समेत राजनीतिक भेटघाट गरी आएका उनले नेपालमा विश्व शान्ति र यो क्षेत्रको समृद्धिका बारेमा छलफल गरे। कलंकी–नागढंगा सुरुङमार्ग, सूर्यविनायक–धुलिखेल सडक विस्तार र नेपाली श्रमिकलाई जापानमा रोजगारीलगायतको क्षेत्रमा छलफल भएको बताइएको छ। परराष्ट्रमन्त्री स्तरमा बुधबार भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल भएको थियो। नेपालसँग हवाई सेवा सम्झौता पुनरावलोकन गर्दै सिधा उडानको आरम्भको ढोका खोलेका उनी सत्तापक्षका नेतृत्वसँग छलफल गरी बिहीबार फ्रान्सतर्फ उडेका छन्। पाटनका सम्पदाप्रति चासो जापानी विदेशमन्त्री कोनोले पाटन दरबार स्क्वायरस्थित सम्पदाको बिहीबार बिहान अवलोकन गरेका छन्। कोनोले पाटन दरबार स्क्वायरमा रहेको मूलचोक, सुन्दरीचोक, भण्डारखाल बगैंचाको बारेमा जानकारी लिए। यसैगरी पाटन दरबार स्क्वायरमा पुनर्निर्माण हुँदै गरेको कृष्ण मन्दिर, चार नारायण मन्दिरको कला र त्यसको महत्वको बारे सोधखोज गरे। जापानी विदेशमन्त्री कोनोले काष्ठकला, धातुकला र ढुंगामा खोपिएको कला चासोपूर्वक जिज्ञासा राखेको महानगरका सम्पदा सल्लाहकार डा।रोहित रंजितकारले बताए। भूकम्पमा क्षतिग्रस्त पाटन दरबार स्क्वयारका सम्पदाको पुनर्निर्माणको सन्दर्भमा कोनोले चासो व्यक्त गरेको पनि रंजितकारले बताए। विदेशमन्त्री कोनोको स्वागतमा महानगरका मेयर चिरीबाबु महर्जन, उपमयेर गीता सत्याल र ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी अग्रपंतिमा थिए। मेयर महर्जनले सम्पदाका बारेमा जानकार हुन जापानका विदेशमन्त्री कोनो उत्सुक भएको बताउँदै भने, ‘अर्को पटकको भ्रमणमा पाटनका लागि एक दिन छुट्याउने प्रतिबद्धता उहाँको छ।’
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending