बर्दीबास। खाडी क्षेत्रमा चर्किँदै गएको युद्धका कारण खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि बर्दीबासका उपभोक्ताहरू विद्युतीय चुल्होतर्फ आकर्षित हुन थालेका छन्। ग्यास अभावसँगै मूल्यसमेत बढ्दै गएपछि बजारमा विद्युतीय चुल्होको माग उल्लेख्य रूपमा वृद्धि भएको व्यापारीहरूले बताएका छन्।
ग्यास अभाव र मूल्य वृद्धिका कारण विद्युतीय चुल्होको प्रयोग तीव्र रूपमा बढे पनि यसको दीगो प्रयोगका लागि नियमित विद्युत् आपूर्ति आवश्यक रहेको उपभोक्ताहरूले औंल्याएका छन्।
स्थानीय व्यापारीका अनुसार खाडी युद्ध चर्कनुअघि महिनामा मुस्किलले ७–८ वटा मात्र बिक्री हुने विद्युतीय चुल्हो अहिले दुई सयभन्दा बढी बिक्री हुन थालेको छ। गृहिणीहरू समेत यसको प्रयोगतर्फ आकर्षित भएसँगै बजारमा कारोबार ह्वात्तै बढेको हो।
बर्दीबासमा रोहण इन्टरप्राइजेज, प्रिन्स भाँडा पसल, श्रेष्ठ इलेक्ट्रोनिक्स, बलस्टर इलेक्ट्रोनिक्सलगायत आधा दर्जनभन्दा बढी पसलले विद्युतीय चुल्होको कारोबार गर्दै आएका छन्।
रोहण इन्टरप्राइजेजका सञ्चालक रोशन श्रेष्ठका अनुसार ग्यास अभाव बढेपछि चैत महिनामा मात्र ६० वटा चुल्हो बिक्री भएको छ। “यसअघि महिनामा २–३ वटा मात्रै बिक्री हुने गथ्र्यो, अहिले माग धान्नै सकिएको छैन,” उनले भने।
विद्युतीय चुल्होको सबैभन्दा बढी कारोबार गर्ने प्रिन्स भाँडा पसलका म्यानेजर सन्तोष सुवेदीका अनुसार अहिले मागअनुसार आपूर्ति गर्न सकिएको छैन। चैत महिनामा मात्र ४२ थान ९७ कार्टुन० भन्दा बढी विद्युतीय चुल्हो बिक्री भएको उनले बताए।
उनका अनुसार पहिले महिनामा ५–७ थान पनि बिक्री नहुने चुल्हो अहिले डिलरले समेत आपूर्ति गर्न नसकेको अवस्था छ। “काठमाडौंको डिलरसँग ५ कार्टुन ९३० थान० मग गरेको थिएँ, एक साता बितिसक्यो अझै आएको छैन,” उनले भने ।
हाल बजारमा इन्डक्सन र इन्फ्रारेड गरी दुई प्रकारका विद्युतीय चुल्हो उपलब्ध छन्। जुनसुकै भाँडा प्रयोग गर्न मिल्ने भएकाले करिब ७० प्रतिशत उपभोक्ताको रोजाइमा इन्फ्रारेड चुल्हो परेको विक्रेताहरू बताउँछन्। तर मागअनुसार आपूर्ति नहुँदा कतिपय ग्राहक खाली हात फर्किन बाध्य छन्।
बर्दीबास–१ की समीक्षा पौडेलले ग्यासको तुलनामा विद्युतीय चुल्हो सुरक्षित, सहज र ढुवानीको झन्झट नभएकाले प्रयोग गर्न थालेको बताए। “इन्फ्रारेड चुल्हो ल्याएदेखि सिलिन्डर चुल्हो थन्काइसकेकी छु,” उनले भने।
यता बर्दीबास ग्यास संघका अध्यक्ष सरोज श्रेष्ठका अनुसार पछिल्लो समय ग्यासको आपूर्ति उल्लेख्य रूपमा घटेको छ। पहिले दैनिक ३०० सिलिन्डर खपत हुने बर्दीबासमा अहिले यो संख्या करिब ८० मा सीमित भएको छ।
“होटल व्यवसायीलाई छोड्ने हो भने सर्वसाधारण ग्राहक आधा सिलिन्डर लिन पनि मान्दैनन्, त्यसैले पनि विद्युतीय चुल्होको प्रयोग बढ्दै गएको हुन सक्छ,” उनले भने।
यद्यपि, विद्युतीय चुल्होको प्रयोग बढे पनि अनियमित विद्युत् आपूर्ति उपभोक्ताका लागि समस्या बनेको छ। बर्दीबास–३ की सुमित्रा देवीले भनिन्, “विद्युतीय चुल्हो सजिलो र सस्तो लाग्यो, तर बत्ती बारम्बार जाने हुँदा समस्या हुन्छ। नियमित बिजुली भए ग्यासको आवश्यकता नै पर्दैनथ्यो।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - १७:२४
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घ...
श्रावण ३ गते, २०८३ - १७:१६
काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार...
श्रावण ३ गते, २०८३ - १६:५०
काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरोले काठमाडौंको टेकुमा गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। ब्युरो प्...
श्रावण ३ गते, २०८३ - १६:४२
काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल–११ स्थ...
श्रावण ३ गते, २०८३ - १६:२६
काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रसहित ठूलो मात्रामा आक्रमण गरेको छ। यो रुस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आ...
श्रावण ३ गते, २०८३ - १६:१३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अ...
श्रावण ३ गते, २०८३ - १६:०६
काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । ...
श्रावण ३ गते, २०८३ - १५:५६
बाँके। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जडान गरिएको पूर्वसूचनामा आधारित सेन्सर साइरनले मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा प्रभावकारी भूमिका...
श्रावण ३ गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश जाने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा अहिले बढेको भए पनि ...
श्रावण ३ गते, २०८३ - १५:२६
राजविराज । सप्तरी कारागारभित्र भएको कुटपिट, अनशन र आत्मदाह प्रयासको घटनाको सत्यतथ्य छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको...



प्रतिकृया लेख्नुहोस्: