Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

नेकपाको पोलिटब्युरोः पूर्वमाओवादीको ५० प्रतिशत दाबी, पूर्वएमाले भन्छ ६० र ४० हुन्छ, अब के हाेला ?

काठमाडौं । नेकपाको पोलिटब्युरोमा पूर्वमाओवादीले ५० प्रतिशत दाबी गरेको छ । कार्यदल बैठकमा सम्मानजनक एकताका लागि भन्दै पूर्वमाओवादीले बराबरी हुनुपर्ने तर्क गरेको हो । ‘पोलिटब्युरोमा ५०र५० प्रतिशत भागबन्डा हुनुपर्ने दाबी गरेका छौँ’ पूर्वमाओवादीका एक नेताले भने, ‘तर, पूर्वएमालेले ६०र४० का आधारमा हुनुपर्ने अडान लिएको छ ।’ आजको नयाँ पत्रिकामा खबर छ – ४४१ सदस्यीय केन्द्रीय समितिको एकतिहाई पोलिटब्युरोमा रहनेछन् । छलफल जारी रहेकाले सार्वजनिक गर्न नमिल्ने कार्यदल सदस्य वेदुराम भुसालले बताए । ‘कार्यदलभित्र बाहिर केही नबोल्ने आचारसंहिता बनाएका छौँ’ भुसालले भने, ‘सहमति भएपछि सबै थाहा पाइहाल्नुहुन्छ ।’ भूमिगत रूपमा कार्यदल बैठक नेकपा कार्यदल बैठक भूमिगत रूपमा बस्दै आएको छ । अनौपचारिक रूपमा धेरै छलफल भए पनि औपचारिक रूपमा सातपटक बैठक बसेको कार्यदलका एक सदस्यले बताए । छलफलकै क्रममा विषयबाहिर आउने र सहमतिका लागि कठिन हुने भएकाले स्थान गोप्य राखिएको ती सदस्यको तर्क छ । माघ पहिलो सातासम्म प्रतिवेदन बुझाउने तयारी कार्यदलको छ । कार्यदलमा विष्णु पौडेल, रामबहादुर थापा, लेखराज भट्ट, वेदुराम भुसाल, योगेश भट्टराई, रघुवीर महासेठ, वर्षमान पुन, सुरेन्द्र पाण्डे र शंकर पोखरेल छन् । सात महिनासम्म टुंगिएन विधान तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट नेकपा बनेको साँढे सात महिना बित्दा पनि विधान टुंगिन सकेको छैन । राजनीतिक प्रतिवेदन, पार्टीको कार्यदिशा, विधानलगायत महत्वपूर्ण विषय एकीकरणकै क्रममा टुंगिसके पनि नेकपाभित्र अहिले विधान परिमार्जनको विषयले प्रवेश पाएको हो । संगठनात्मक एकीकरणको बाँकी काम टुंगो लगाउन स्थायी समितिको पछिल्लो बैठकबाट गठित कार्यदलमा विधान परिमार्जन र प्रदेश कमिटीको नामावली हेरफेर गर्ने किन नगर्ने विषयबाट छलफल अघि बढेको छ । ‘अहिले हामी स्थायी समितिमा उठेको विधानमा छुटेका शब्द, स्थायी समितिको अधिकार र प्रदेश एकीकरण गर्दा मापदण्डबाहिरबाट परेका व्यक्तिको हकमा के गर्ने विषयमा बढी छलफल गरिरहेका छौँ,’ कार्यदलका एक सदस्यले नयाँ पत्रिकासँग भने ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending